वटाला गाउँमा १४ जना वृद्धवृद्धा र १५/२० जना वालवालिका झाडापखालाबाट प्रभावित भएको स्थानिय पदमसिंह वटालाले बताए। उनले भने, 'एक साता यता मात्रै गाउँमा ६ जना वृद्ध वृद्धाको पखालाका कारण मृत्यु भएपछि हामी अत्तालिएका छौ।' स्थानिय स्वास्थ्य चौकीमा झाडापखालाको औषधी नभएपछि विरामीहरु मर्न थालेको स्थानिय चक्र कठायतले बताए।
काडामाण्डौ स्वास्थ्य चौकीमा अहेव विष्णुराज जोशी दुई सातादेखि आएका छैनन्। अहिले मासिकाको भरमा चलेको स्वास्थ्य चौकीमा पखालाको औषधी नहुँदा विरामीहरु उपचारका लागि निजी क्लिनिकमा जान थालेको चक्र कठायतले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीले पखालाबाट मृत्यु भएको खवर पाए पनि त्यस ठाउँमा औषधी के कति छ भन्ने थाहा नभएको बताए।
