विषालु च्याउ खाएर मर्ने चार पुगे

E-mail Print
(0 votes, average 0 out of 5)
चाँदनी हमाल, चितवन,असार ४- विषालु च्याउ खाए र चेपाङ्ग परिवारमा मृत्यु हुनेको संख्या चार पुगेको छ। भरतपुर अस्पतालमा उपचाररत ३४ वर्षिय बुद्धीबहादुर चेपाङको सोमबार बिहान मृत्यु भएपछि मर्नेको संख्या चार पुगेको हो। यसअघि आइतबारसम्म तीनजनाको मृत्यु भैसकेको थियो।

आइतबार मृत्यु हुनेमा ३० वर्षकी सोमती चेपाङ उनका ९ वर्षीय छोरा मानबहादुर चेपाङ र शनिबार ६ वर्षीय छोरा सन्तकुमार चेपाङको मृत्यु भएको थियो । एकमात्र जिवित छोरा वर्ष १८ का अर्जुन चेपाङको भरतपुर अस्पताल स्थित आईसियुमा उपचार भैरहेको छ।

गत जेठ ३२ गते बिहान विषालु च्याउको तरकारी खाएका उनीहरुलाई सिकिस्त अवस्थामा भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

कविलास गाविस ७ चौकिडाडा गाउँ नजिकैको जसवान जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाने वित्तिकै उनीहरु विरामी परेका थिए। स्थानिय गाउँलेको सहयोगमा ३२ गते दिउँसो भरतपुर अस्पताल ल्याईपुर्‍याईएको थियो।

च्याउ खाएर बिरामी परेका सोमतीका श्रीमान वर्ष ३५का वुद्धिबहादुर चेपाङ उपचार भैरहेको छ। चितवनका विकट ग्रामिण क्षेत्रका चेपाङ्ग सहित जनजाती समुदायहरु जंगली गिठा ,भ्याकुर, च्याउ लगायत जंगली खाना खाने गर्छन।

दुई वर्ष अघि चिवतनको लोथरको कान्दा गाउँमा विषालु च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता