बस र ट्र्याक्टर ठोक्किँदा ५ को मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
कञ्चनपुर, असार ४-पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको कृष्णपुर वनदेवी मन्दिरनजिक भीमदत्तनगरबाट धनगढीतर्फ यात्रु बोकेर गइरहेको म१ख ४१६ नम्बरको बस र विपरीत दिशातर्फ बाट गइरहेको से१प १६४८ नम्बरको ट्र्याक्टर एकआपसमा गएराति ठोक्किँदा ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी १४ यात्रु घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। गएराति १० बजे भएको दुर्घटनामा परी देखतभुलीका निवास राना, सोही ठाउँकी लक्ष्मी रानाको मृत्यु भएको छ भने मृत्यु भएका अन्य दुई जनाको हालसम्म सनाखत हुन नसकेको प्रहरीले बताएको छ। पाँचै जनाको उपचारका क्रममा मृत्यु भएको हो। घाइतेको कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परी मृत्यु भएकाहरुको शव परीक्षणका लागि कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घाइतेको राति नै प्रहरीले उद्धार गरी अस्पतालमा भर्ना गराएको थियो। रासस

 


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता