नेविसङ्घको एक घन्टा चक्काजाम

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ४-नेपाल विद्यार्थी सङ्घले आफ्ना विद्यार्थी नेताहरुमाथि प्रहरी दमन भएको विरुद्धमा आज विभिन्न क्याम्पस क्षेत्रमा एक घन्टा चक्काजाम गरेको छ। नेविसङ्घले काठमाडौँ उपत्यकाका रत्नराज्यलक्ष्मी क्याम्पस, शङ्करदेव क्याम्पस, वाल्मीकि क्याम्पसलगायतका देशैभरिका सबै क्याम्पस ढोका अगाडि बिहान ९ देखि १० बजेसम्म चक्काजाम गरेको हो।

आइतबार साँझ राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने, कामचलाउ सरकारका प्रधानमन्त्री विदेश भ्रमण जान नहुने भन्दै मसाल जुलुस प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच मुठभेड हुँदा ७० जना विद्यार्थी नेता घाइते भएका थिए।

नेविसङ्घआबद्ध कुन्दन काफ्ले, लक्ष्मी दाहाल, सुरज भट्टलगायत घाइतेको प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये पाँचको अवस्था चिन्ताजनक रहेको नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले जानकारी दिए। उनले प्रहरीले नेविसङ्घको अन्दोलन दबाउन खोजेको भन्दै जस्तोसुकै प्रहरी दमन भए पनि राष्ट्रिय सहमतिको सरकारका लागि आफूहरु अझ कडा आन्दोलनमा उत्रिने चेतावनी दिए। रासस

प्रतिक्रियाहरू (1)Add Comment
0
dikhukpa
June 18, 2012
110.44.126.21
भोट: -1
...

aafnu mau party congress kai astitwa sakisake ko bela ma yo nebisang chai ke nautangki garirahanchha hau, pahila aafnu mau party lai bachau ani aru kaam gara

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता