जनजाति एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा किन गएनन् ?

E-mail Print
(5 votes, average 3.40 out of 5)
काठमाडौँ, असार ४ -नेकपा (एमाले) का उपाध्यक्ष अशोक राईलगायतका असन्तुष्ट नेताहरुले आफूहरु आजबाट सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नहुनुका विभिन्न कारण र अडान सार्वजनिक गरेका छन्। उनले आफूहरुले अघि सारेको नौ वुँदे माग लत्याइएकोसमेत आरोप लगाएका छन्।


उपाध्यक्ष राईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानसभाको विघटन भएको सन्दर्भमा गत जेठ ३० गते नौबुँदे मागसहितको 'वर्तमान परिस्थितिका सम्बन्धमा हाम्रो मत' नामक दस्तावेज दुईपक्षीय छलफल चलाई उपयुक्त निष्कर्ष निकालिने काम हालसम्म नभएको बताए।

सो सन्दर्भमा उनले राष्ट्रिय भेलामा नौबुँदे मागलाई औपचारिकरुपमा प्रस्तुत गर्न पार्टीको उपयुक्त निकायबाट निर्णय गराई अविलम्ब औपचारिक जानकारी पठाइनुपर्ने अडान राखेका छन्।

यसैगरी, सोलुखुम्बु जिल्ला कमिटी उपसचिव आङकाजी शेर्पालाई स्थायी कमिटीको निर्णयबाट पार्टी सदस्यबाट समेत हटाइएकामा उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरिएको छ।

उपरोक्त मुद्दालाई सम्बोधन नगरिए राष्ट्रिय भेला र पार्टीका आगामी कार्यक्रम र बैठकहरु बहिष्कार गर्ने आफूहरुले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।


एमालेको राज्य पुनःसंरचनाको विषयमा पार्टीले पुरानो नीति त्यागेको भन्दै केही आदिवासी जनजाति र मधेसी नेताहरुले असन्तोष जनाउँदै आएको छ। -रासस

प्रतिक्रियाहरू (1)Add Comment
0
Sanuram
June 18, 2012
49.244.220.120
भोट: +26
...

अशोक राईहरु जस्तो नेताले गर्दा नेपालमा जातीय सदभाब बिथोलियको हो यिनीहरु जातीय स्वार्थको राजनीति गर्छन् यसले कसैको पनि भलाई गर्दैन।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता