Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

असन्तुष्ट पक्षलाई पार्टी एकतामा आउन एमाओवादी बैठकको आग्रह

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौँ, असार ४ - एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको बैठकले पार्टीको असन्तुष्ट पक्षलाई पार्टी एकतामा आउन आग्रह गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले पार्टी उपाध्यक्ष मोहन वैद्य पक्षलाई पार्टी एकतामा आउन र भेलाबाट पार्टी एकताको प्रस्ताव पारित गर्नसमेत आग्रह गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै पार्टी प्रवक्ता दीनानाथ शर्माले उपाध्यक्ष मोहन वैद्य पक्षलाई पार्टी एकतामा आउन आग्रह गरिएको बताए।

यसैगरी बैठकमा प्रधानमन्त्रीले आजदेखि गर्न लागेको ब्राजिल भ्रमण र सरकारले हिजोको मन्त्रिपरिषद्को बैठकले पारित गरी राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको दुईवटा अध्यादेशको विषयमा समेत छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए।

यसैगरी पार्टीले यही असार १५ देखि १७ गतेसम्म बोलाएको सातौँ विस्तारित बैठकलाई सफल पार्नका लागि पार्टीको सबै तह र तप्का लागिपर्ने निर्णयसमेत गरेको छ। -रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता