चुनावलाई प्रभाव पार्ने गरी सरकारद्वारा ५ एआइजी र १९ डिआइजी सरुवा

E-mail Print
(2 votes, average 1.00 out of 5)
अर्जुन सुवेदी/केपी ढुंगाना काठमाडौं, असार ४ - निर्वाचनलाई प्रभाव पार्ने गरी कामचलाउ सरकारले नेपाल प्रहरीका ५ एआइजी र १९ डिआइजीको सरुवा गरेको छ। प्रधान मन्त्री बाबुराम भट्टराई ब्राजिल जानुअघि बसेको मन्त्रिपरिषदको वैठकले यस्तो निर्णय गरेको हो।

वैठकले प्रधान मन्त्रीको भ्रमणलाई स्विकृत गर्दै कार्यवाहक प्रधान मन्त्रीकारुपमा उप प्रम तथा गृह मन्त्री विजयकुमार गच्छदारलाई जिम्मेवारी सुम्पेको छ। बैठकपछि मन्त्री बद्री न्यौपानेले वैठकपछि राष्ट्र प्रमुखका हैसियतले प्रधान मन्त्री ब्राजिल जाने निर्णय अनुमोदन गरेको बताए। साथै वैठकले नेपाल टेलिभिजनका महा प्रवन्धकलाई यथावत काममा फिर्ता गराउने निर्णय गरेको छ।

महानगरीय प्रहरी आयुक्त कार्यालमा मानव स्रोतका एआइजी नवराज ढकाल आएका छन्। कुवेर राना कार्य विभाग प्रमुखमा सरुवा भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखामा केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख उपेन्द्रकान्त अर्याल सरुवा भएका छन्। व्युरोमा डिआइजी सुरेन्द्र शाह आएका छन्।  

चुनावलाई लक्षित गरी गरिएको यो सरुवाले राजनीतिक विवाद निम्त्याउने सम्भावना रहेको एक प्रहरी अधिकारीले बताए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता