Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

माओवादी प्रजातन्त्र सिध्याउने खेलमा : कङ्ग्रेस सभापति कोइराला

E-mail Print
(1 vote, average 5.00 out of 5)
रोशन सिल्पकार, भक्तपुर, असार ४ - नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादी प्रजातन्त्र सिध्याउने खेलमा तल्लिन रहेको आरोप लगाएका छन्। राधेश्‍याम जोन्छेको १३ औं पूण्य तिथिमा उनले भने, 'प्रजातन्त्र सिध्याउन खोज्नेहरु पछि आफै समाप्त भएर जानेछन्।' 


नेपाली कङ्ग्रेसका वरिष्ठ नेताहरुले पार्टी एक ढिक्का भएर जानुको विकल्प नरहेको बताएका छन्। उनीहरुले तत्‍कालै पार्टी एकतामा नआए पार्टी समाप्त भएर जाने चेतावनीसमेत दिए। पार्टी एकता भए मात्र शक्ति कायम रहने उनीहरुको भनाई थियो। 


सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पार्टी एकताको विकल्प नरहेको बताएका छन्।

'माओवादीले राधेश्यामलाई लोकतन्त्र सिध्याउने हिसाबले आक्रमण गर्‍यो,' सभापति कोइरालाले भने।

अर्का नेता देउवाले अहिले निकासको लागि सहमतिको विकल्प नरहेको बताए। उनले माओवादीले एकलौटीरुपमा संविधान सभाको विघटन गरेका कारण सहमति नबनेको आरोप लगाए। 'निकास निस्किने छाँटकाँट छैन,' उनले भने, 'यस्तै रहे समस्या फेरि बल्झिनेछन्। उनले यसको सबै जिम्मेवारी माओवादीले लिनुपर्ने जिकिर पनि गरे।

उपसभापति पौडेलले माओवादीले प्रजातान्त्रिक शक्तिलाई समाप्त पार्न खोजेको आरोप लगाए। उनले पार्टी एकता भएमात्र माओवादी सकिने बताए। पार्टीभित्र देखिएको विवादकै कारण प्रजातन्त्र कमजोर बन्दै गएको जिकिरसमेत उनको थियो।

कङ्ग्रेसका विमलेन्द्र निधि, बालकृष्ण खाँ, गोपालमान श्रेष्ठलगतयका केन्द्रीय नेताहरुको उपस्थिति थियो।

सभापति कोइराला र नेता देउवाले संयुक्तरुपमा राधेश्याम जोन्छेलाई सहिद घोषणा गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र बुझाएका छन्।

जोन्छेलाई ६९ साल भादौ १६ गते तत्‍कालीन माओवादी विद्रोहीले गोली हानेर हत्या गर्ने प्रयास गरेका थिए। त्यही बेलादेखि बिरामी पर्दै आएका उनको १३ दिनअघि मृत्यु भएको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता