सेतीको बाढीले हेम्जामा वस्ती विस्थापित

E-mail Print
(1 vote, average 5.00 out of 5)
मनोज अधिकारी, पोखरा, असार ४- रातभरिको वर्षापछि सेती नदीमा आएको बाढीले हेम्जाको म्याम्दीमा धार परिवर्तन गरी सिंगो वस्तीलाई नै खतरामा पारेको छ। हेम्जा‍-१ को याम्दीमा धार बदलेर आएको बढीले सोमबार बस्ती छेउमा पहिरो खसाल्दा ९ घर विस्थापित भएका छन्। ती घरमा केही पसल र रेष्टुरेन्टसमेत थिए।
 

विहान ४ बजेतिर भीषण बाढी बस्तीतर्फ सोझिएर भित्तामा ठोक्किएपछि पोखरा-बाग्लुङ राजमार्ग छेउका घरहरु नै थर्कने गरि पहिरो खसेको स्थानीयले बताए। केही घरका जगसम्मै पहिरो पुगेपछि स्थानीयबासीको भागाभाग भएको थियो। सो क्रममा घरबाट फाल हालेर भाग्न खोज्दा १५ वर्षीया उषा लालचन घाइते भएकी छिन्। हात भाँच्चिएपछि उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।

बाढीले मर्दीखोला-पोखरा खानेपानी आयोजनाको नयाँ पाइप लाइन पनि बगाएको छ। गत वैशाख २३ गतेको सेतीको भीषण बाढीले यसैगरी पाइप र ट्रस ब्रिज बगाउँदा पोखरामा खानेपानीको आधा आपूर्ति घट्न गई अभाव हुँदै आएको छ। सेती नदीको किनारै-किनार भएर ढुंगा-बालुवा ओसार्ने र सुकुम्बासी बस्तीसम्म पुग्ने करिब एक सय मिटर सडक समेत बाढीले बगाएको छ। सोही सडकमुनि पुरिएको खानेपानीको २० इन्चको पाइपसमेत बाढी बगाएको प्रहरीले जनाएको छ। बालुवा ओसार्ने ग१ख ३७१० नम्बरको ट्रक पनि बाढीले बगाएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता