Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

अन्तत: एकीकृत माओवादी फुट्यो

E-mail Print
(11 votes, average 3.55 out of 5)
काठमाडौं, असार ४ (नागरिक) - दुई दिनअघि सुरु भएको नेकपा मा‌ओवादी वैद्य विचार समूहको राष्ट्रिय भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ। भेलामा सहभागी नेताका अनुसार औपचारिकरुपमा नै एकीकृत नेकपा माओवादी फुटेको हो। नयाँ पार्टी गठनको औपचारिक घोषणा भने भोलिमात्रै गरिनेछ। नयाँ पार्टीको नाम नेकपा, माओवादी (बीचमा कमा) रहने बताइएको छ।



यसअघि भेलाले २१ समूहमा छलफल चलाउँदा ९५ प्रतिशत बढीले नयाँ पार्टीको घोषणा गरी अघि बढ्नुपर्ने राय दिएका थिए। कार्यकर्ताको रायअनुसार नै माओवादी पार्टी फुट्ने भएको हो।


यसैबीच आज दिउसो बसेको संस्थापन पक्षको केन्द्रीय समिति वैठकले पार्टीलाई एकै राख्‍न कठीन भएको निश्‍कर्ष निकालेको थियो। अध्यक्ष पुष्पकमल दाहालले फोनबाट उपाध्यक्ष मोहन वैद्यलाई फुटबाट जोगाउन आग्रह गरेका थिए। तर, वैद्यले पूरै नकारेपछि संस्थापन पक्षले थप प्रयास नगर्ने निधो गरेको थियो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता