किशोरी बेच्न खोज्ने महिलालाई गाउँलेले पक्रे

E-mail Print
(0 votes, average 0 out of 5)

ध्रुव दंगाल, सिन्धुपाल्चोक, असार ५- जागिर र पढाइ दिने प्रलोभन देखाएर १४ वर्षीया किशोरी विक्री गर्न खोजेको आरोपमा गाउँलेले एक महिलालाई पक्रेर प्रहरीलाई बुझाएका छन्। डेढ महिनाअघि पांग्रेटार-७ की ती किशोरी हराउँदा देखिएकी महिला आइतबार पुनः गाउँमै भेटिएपछि स्थानीयले पक्रेका हुन्। गाउँलेद्वारा पक्रेर इलाका प्रहरी कार्यालय बाह्रविसेमा बुझाइएकी चिलंखा-७ दोलखाकी अनुजा गुरुङ श्रेष्ठले किशोरीलाई आफूले लगेको स्वीकारेकी छिन्। प्रहरीले उनीविरुद्ध मानव वेचविखन तथा ओसारपसारविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।


वैशाख १५ गते काठमाडौंको टोखा पुर्‍याइएकी किशोरी महिना दिनपछि जेठ १५ गते भागेर घर आउन सफल भएकी थिइन्। अनुजा तेस्रो प्रयासमा किशोरीलाई पकाउन सफल भएकी थिइन्। किशोरीले स्वीकारेपछि उनले कोकमा लठ्याउने औषधी मिसाएर पिलाइन्। कोक पिएपछि लठि्ठएकी उनलाई गाउँबाट हिडाएर लामोसाँघु बजार पुर्‍याइ खाडीचौरसम्म यात्रु बस र त्यहाँबाट कारमा राखी काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

स्थानीय विद्यालयको कक्षा सात मा पढ्ने किशोरीको अनुजासँग घटनाको दुई दिनअघि मात्र चिनजान भएको बताइन्। 'बैशाख १३ गते गाउँकै एक विवाहमा उनीसँग भेट भएको थियो। उनले एकान्तमा बोलाएर मलाइ काठमाडौं लगेर जागिर लगाइ दिने र पढाइ दिने भन्दै फकाएइन। म नमानेर घर गएको थिएँ,' चौतारास्थित पुनःस्थापना केन्द्रमा राखिएकी किशोरीले भनिन्।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजनकुमार राजभण्डारीका अनुसार घटनाको दिन बैशाख १५ गते अनुजा दोस्रो पटक किशोरीकै घरमा पुगिन्। शुक्रबारको त्यस दिन बा-आमा काममा गएपछि उनी विद्यालय गएकी थिइनन्। किशोरी नफक्किएपछि उनी फर्किन। त्यही दिन दिउँशो घरनजिकैको खेतमा किशोरी घाँस काटिरहेको बेला अनुजा हातमा दुईवटा कोकको बोतल लिएर पुगिन्। उनले एउटा आफूले खाँदै अर्को किशोरीलाई दिइन्। गर्मीले असिनपसिन किशोरीले दिनासाथ कोक पिइन्। 'त्यसपछि मलाई केही थाहा भएन। थाहा हुँदा म घरमा नभएर अन्तै थिएँ,' ती किशोरीले भनिन्।

प्रहरीका अनुसार किशोरीलाई टोखास्थित कटेज आकारको एक घरमा बन्धक बनाएर राखिएको थियो। एउटा कोठामा चौविसै घण्टा थुनेर राखिएकी उनलाई बेलुका मात्र एक छाक खाना खान दिइन्थ्यो। त्यहाँ रहँदा अनुजाले किशोरीलाई आफ्नो घर भारतको बम्बइ रहेकाले जागिर खान त्यही लैजाने बताउँथिन्। जेठ १५ गते उनलाई थुनेर राखेको कोठामा एक पुरुष पुगे। 'मधेशी मुलका देखिने उनले मलाई जथाभावी गर्न खोजे। मैलै रुदै नमानेपछि तिमी विक्री भइसक्यौ भन्दै ढोका थुनेर हिँडे,' उनले सम्भि्कन्।

ती पुरुष निस्किएको केही समयपछि कोठामा झुण्डाइएको एउटा झोलामा भेटिएकी हम्मरले ढोका फोरेर आफू भाग्न सकेको उनले बताइन्। भागेर सडकमा निस्कदा भेटिएकी एक वृद्धलाई सबै बताएपछि केही दिन उनैकोमा बसेर किशोरी परिवारको सम्पर्कमा पुगेकी थिइन्। उनले परिवारलाई घटनाबारे दिएको जानकारीका आधारमा अनुजालाई गाउँलेले पक्रेका हन्। उनी आइतबार सेतो रंगको कार लिएर पांग्रेटार पुगेकी थिइन्। सुरुमा आफू निर्दोष दाबी गरेकी उनले पछि किशोरी सामुन्नेमा लगेपछि घटना स्वीकारेको इन्स्पेक्टर राजभण्डारीले बताए। उनले अनुजा विगतदेखि नै बेचविखनमा संलग्न भएको हुन सक्ने आशंका गर्दै सबै तथ्य बताउन चाहेनन्। 'उनी विरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छौं,' उनले भने।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता