जंगली च्याउले छिन्यो काखे बालकका बा-आमा

E-mail Print
(0 votes, average 0 out of 5)
रमेशकुमार पौडेल, चितवन, असार ५- जंगली च्याउले एकजना काखे बालकको जन्म दिने आमा बाबु दुवै छनेको छ। छ महिनाअघि जन्मेका ति बालकले तीन दिनको बीचमा बाबु आमा र दुई दाजु गुमाएका छन्। अब उनको साथमा बृद्ध हजुरबुबा, हजुर आमा र तीन वर्षका एकजना दाइ मात्रै छन्। जेठ ३१ गते जंगली च्याउ खाएर बिरामी भएपछि उपचार गराइ रहेका पाँचजनामध्ये चारजनाको ज्यान गएको हो। चितवनको कविलास-७, मा पर्ने पहाडी गाउँ चौकी डाँडाका बुद्धिबहादुर चेपाङको सोमबार बिहान भरतपुर अस्पतालमा निधन भयो। च्याउले विरामी बनाएपछि सो अस्पतालमा उनकी श्रीमती सोमतीका साथै जेठो छोरा अर्जुन, माइला मानबहादुर र साइला सन्तकुमार चेपाङ जेठ ३२ गते उपचारका लागि भर्ना भएका थिए।

 
बुद्धिबहादुरको निधनअघि सोमती र मानबहादुर चेपाङको आइतबार निधन भएको थियो। त्यस्तै सन्तकुमार चेपाङको शनिबार मृत्यु भएको थियो। बुद्धिबहादुरका जेठा छोरा अर्जुनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) उउपचार भइर रहेको छ। बुद्धिबहादुरका जेठा दाजु लिलबहादुर चेपाङलका अनुसार अर्जुनको अवस्था झन्पछि झन् नाजुक हुँदै गएको छ।

विषालु च्याउले कलेजोमा असर गर्ने र कलेजोले काम गर्न छाडेपछि बिरामीको निधन हुने चिकित्सकहरु बताउँछन्। 'च्याउको विषले कलेजोलाई असर गर्छ। कडा विषले कलेजोमा असर परेपछि बिरामीको बाच्ने सम्भावना रहन्न। बचाउनलाई कलेजो नै फेर्नु पर्ने हुन्छ' उपचारमा संलग्न भरतपुर अस्पतालका चिकित्सक डा.कालिदास अधिकारीको भनाइ छ।

बुद्धिबहादुरका तीन वर्ष र छ महिनाका अरु छोरा पनि छन्। उनका बुबा ७६ वर्षीया मइते र आमा ७९ वर्षीया सनसरी पनि उनैसँग बस्दथे। तर जेठ ३१ गते बुबा जेठा दाजु लिलबहादुरको घरमा गएका थिए भने आमा सनसरी विरामी भएकाले केही खाइनन्। तीन वर्ष र छ महिनाका छोराहरुले पनि च्याउ खाएनन्।

'छोरो त्यति सानो छ। भाइ बुहारी दुवै गएपछि बिचल्ली होला भन्ने डर लाग्यो' लिलबहादुरले चिन्ता प्रकट गरे। उनी भाइको घरभन्दा केही पर बस्छन्। आमा अस्पताल भर्ना भएपछि सानो छोरो निकै रोएको थियो। शनिबार दुध चुसाउन भनेर गाउँबाट ल्याएर पनि आएका थिए। तर चिकित्सकले दुध चुसाएमा विषले असर गर्न सक्छ भनेपछि त्यसै फिर्ता पठाएका थिए।

प्रया चेपाङहरु पहाडी पाखो पखेरामा बस्छन्। आफ्नो खेतको उब्जनीले छ महिना खान पुग्ने चेपाङ नगन्य छन्। खेतको अन्न सकिएपछि जंगली कन्दमुल गिठ्ठा र भ्याकुरा खाने गर्छन्। तरकारीमा च्याउ खोजेर खान्छन्। यसअघि विस २०६७ जेठ १५ मा जंगली च्याउ खाँदा चितवनको विकट पहाडी गाविस लोथर-९, कान्दामा एकै घरका आठजना चेपाङको निधन भएको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता