अर्की भित्र्याउने आठ जोईका पोइको रहर

E-mail Print
(1 vote, average 5.00 out of 5)
समुन्द्र पौडेल, तनहुँ, असार ५- उमेरले ८० काटे पनि उनी आफूलाई अझै जवान सम्झन्छन्, ढोरफिर्दी-१, गुर्दुमका टोपबहादुर महत। आठ पत्नी भित्र्याएका महतलाई अझै एक विवाह गर्न चाहन्छन्। 'नौवटी पुर्‍याउनुपर्छ जस्तो लाग्छ,' गाला चाउरी परिसकेका महतले भने, 'बुढेसकालमा एउटा सहारा चाहिँदो रहेछ।'

२००९ सालमा केन्द्रकुमारीसँग विवाह गरेका उनले दुई वर्ष नबित्दै लीलाकुमारीसँग दोस्रो विवाह गरे। कारण थियो- पुत्रमोह।
'छोराको रहर थियो, छोरी पाएपछि अर्की भिœयाए,' उनले भने, 'लीलाकुमारीले पनि एउटा मात्र छोरी जन्माई।'

दुवै पत्नीबाट छोरा नभएपछि महतले २०२३ सालमा एकै वर्ष तीनवटी भिœयाए- विष्णुमाया, कालीमाया र जिमकुमारी। 'जिमकुमारीलाई त झन् पञ्चेबाजा बजाएरै घर भिœयाएको हुँ,' उनले सम्झे।

विवाहको क्रम रोकिएन। २०२४ सालमा दमन्तकुमारीसँग विवाह गरे भने २०२७ सालमा स्थायीमायासँग। 'सातवटी ल्याउँदा पनि छोरा भएनन्,' महतले भने, 'सबै विवाह गर्न राजीखुसी थिए, आखिर कसले भो भनोस् टोपबहादुरलाई!'

२०३० सालमा बल्ल छोराको रहर पूरा भयो। जिमकुमारीले परिवारमै पहिलो छोरा जन्माइन्। 'जिमकुमारीले छोराको रहर मेटिदिई,' उनले भने, 'विवाहको रहर भने अझै सकिएको छैन।'

जीवित पाँचवटै पत्नी घरधन्दामा व्यस्त भएकाले अर्को विवाह गर्न चाहेको उनले लुकाएनन्। 'घाँसदाउरा गर्न जंगल जाँदा आँखामा कसेरा पर्दा कसले झिकिदिन्छ?' उनले भने, 'सबै कामधन्दामै हुन्छन्, जति श्रीमती ल्याए पनि बुढ्यौलीमा एक्लै भएँ।'
महतले छोरा जन्मिएको १२ वर्षपछि धनकुमारीसँग विवाह गरेको बताए। 'अहिले त आठ छोरा र आठ छोरी भइसके,' उनले सुनाए, 'तर छोराको आश गर्नुमात्र भयो, साथ पाइनँ।'
छोराहरुले क्यानडा, अरब र दुबईमा राम्रो गरे पनि आफूलाई नहेरेको उनले बताए। 'छोराकै आशमा यत्रो विवाह गरेँ,' महतले भने, 'छोराहरुले दायित्वबोध गरेनन्।'

जिम्मल खानदानका महत परिवार तीन पुस्तादेखि नै घरमा धेरै पत्नी भिœयाउन कहलिएको छ। हजुरबाबु हर्कबहादुरले ११ वटी भित्र्याए भने बाबु जगतबहादुरले सातवटी।
कान्छी लालकुमारीको कोखबाट उनको जन्म भएको हो। उनी एक्ला छोरा हुन्। 'हजुरबाले ११ भिœयाए, मेरा बाले सातवटी,' उनले नागरिकसँग भने, 'बाबुलाई जिते पनि हजुरबालाई भने जित्न सकिनँ।'

पतिले धेरै विवाह गरे पनि दिदीबहिनीबीच कहिल्यै झगडा नभएको स्थायीमायाले बताइन्। 'अरुको घरपरिवारमा त सौता सौता लड्ने र झैझगडा गर्ने सुनिन्छ' उनले भनिन्, 'हाम्रो परिवारमा आजसम्म झैझगडा भएको थाहा छैन।'

जीवित रहेका विष्णुमाया, काली माया, जीमकुमारी, स्थायीमाया र धनकुमारीमध्ये विष्णुमाया दुलेगौडा गाविसमा र अन्य ढोरफिर्दीमै बस्दै आएका छन्। टोपबहादुर समय मिलाएर पाँचवटै पत्नीकहाँ पुग्छन्।

'सात श्रीमती छन् भन्ने थाहा पाउँदापाउँदै विवाह गरेकी हुँ,' कान्छी धनकुमारीले भनिन्, 'हामी सबै खुसीसाथ बस्दै आएका छौं।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता