एकल जातिय पहिचान एमालेद्वारा अस्वीकार

E-mail Print
(2 votes, average 3.00 out of 5)
काठमाडौं, असार ६ (नागरिक) - एकल पहिचानमा जान नसकिने, पहिचानलाई अस्वीकार पनि गर्न नसकिने ठहर गर्दै एमाले भेलाले सम्झौताका आधारमा बहुपहिचानको खाका ल्याउन नेतृत्वलाई सुझाएको छ। बहुपहिचानका सात वा आठ प्रदेशको नाम र सीमा तय गर्न भेलाले केन्द्रीय कमिटीलाई जिम्मेवारी दिएको छ।

odule google ad 160x600|none}अध्यक्ष झलनाथ खनाल, अनुशासन आयोग र सल्लाहकार परिषदका तीनै प्रतिवेदन पारित गर्दै भेलाले राज्य पुनर्संरचनाबारे नेतृत्वकै प्रस्ताव अनुमोदन गरेको हो। भेलामा सहभागी अधिकांश प्रतिनिधिले बहुजातीय पहिचानको आधारमा प्रदेश बनाउने खाका प्रस्तुत गर्न पार्टी नेतृत्वलाई सुझाएका छन्।

मंगलबार साँझ सकिएको दुईदिने भेलाका अधिकांशले तत्काल राज्य पुनर्र्सरचनाबारे स्पष्ट धारणा ल्याउन आग्रह गरेका थिए। 'सहभागीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशको प्रतिबिम्ब हुनेगरी प्रदेश निर्माण गर्न सुझाव दिएका छन्,' वैकल्पिक पोलिटब्युरो सदस्य थममाया थापामगरले नागरिकसँग भनिन्, 'बहुपहिचानका आधारमा ७ वा ८ प्रदेश निर्माण गर्न सुझाव आएको छ।'

पार्टीले एकल जातीय पहिचानको विषयलाई ध्यान नदिएको भन्दै उपाध्यक्ष अशोक राईसहित जनजाति-मधेसी पोलिटब्युरो, केन्द्रीय कमिटीका गरी करिब एक दर्जन नेताले भेला बहिस्कार गरे। तर भेलाका अधिकांश सहभागीले एकल पहिचानको आधारमा संघीयता निर्माण गर्न नहुने सुझाव दिएका छन्। कार्यकर्ता भेलाबाट आएको सुझावका आधारमा केन्द्रीय कमिटीले प्रदेशको संख्या, नाम र सीमा तोक्ने योजना छ।

एमाले शीर्षनेतृत्वमा पनि कोसी-किराँत-लिम्बुवान, जनकपुर-मिथिला-भोजपुरा, बाग्मती-नेवा-ताम्सालिङ, गण्डकी-तमुवान-मगरातजस्ता मिश्रित नामकरण गरेर प्रदेश निर्माण गर्ने विषयमा छलफल चल्दै आएको छ।  बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै पार्टी अध्यक्ष झलनाथ खनालले सम्झौताको रुपमा बहुपहिचानमा जान सकिने बताएको एक सहभागीले जनाए । 'एमाले एकल जातीय पहिचानमा जान सक्दैन,' खनाललाई उद्धृत गर्दै ती सदस्यले भने, 'साझा पहिचान भनेर अहिले अघि बढ्ने अवस्था छैन। पहिचानका विषयलाई बेवस्ता गर्न सकिने अवस्था नभएकाले सम्झौताका आधारमा बहुपहिचानका प्रदेश निर्माणमा जान सकिन्छ।'
उनले अहिले राष्ट्रियता कमजोर अवस्थामा रहेको औंल्याएका थिए। खनालले भने, 'माओवादी र मधेसी मोर्चाका कारण राष्ट्रियता कमजोर बनेको छ। '


भेलामा सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले संघीयताका कुरा विदेशका लागि चासो विषय बनेको बताए। 'विश्वका शक्तिराष्ट्रहरुका लागि हाम्रो संघीयता चासोको विषय बनेको छ, उनले भने, 'हामीले संघीयताबारे निर्णय गर्दा अमेरिका-चीनको सम्बन्धलाई पनि ध्यान दिनुपर्छ।'


भेलामा स्थायी कमिटीका सदस्य केपी शर्मा ओलीले जातीय सद्भावना बिथोलिने कुनै पनि निर्णय गर्नु नहुने बताएका छन्। उनले यस विषयमा सतर्क रहन सचेत पनि गराए।

भेलामा सहभागी अधिकांश जिल्ला अध्यक्षले खनालले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सही भएको बताएका थिए। जनसंगठन र पाँचवटै विकास क्षेत्रको एकएकवटा टोली निर्माण गरेर खनालको प्रस्तावमा छलफल गराइएको थियो।

भेलामा पदाधिकारी, सल्लाहकार, केन्द्रीय सदस्यहरु, जनवर्गीय संगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिव, जनसंगठन विभागका सदस्य, जिल्ला कमिटीका अध्यक्ष, अञ्चल सम्पर्क मञ्चका अध्यक्ष, अञ्चल कमिटीका सचिवलगायत सहभागी थिए।

परिवर्तित राजनीतिक परिस्थितिबारे धारण बनाउन राजधानीमा आयोजना गरिएको दुईदिने भेलामा देशभरका करिब ५ सय कार्यकर्ता थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता