किशोरकिशोरी यौन र प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न थाले

E-mail Print
(0 votes, average 0 out of 5)
वीरगन्ज, असार ६- केही समयअघिसम्म 'यौन' र 'प्रजनन' शब्द सुन्नेबित्तिकै लजाउने किशोरकिशोरी अहिले यसबारे खुलेर कुरा गर्न थालेका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सा र नेपाल परिवार स्वास्थ्य कार्यक्रमले युवा तथा किशोरकिशोरीका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न थालेपछि जनसङ्ख्या, व्यवस्थापन, प्रजनन स्वास्थ्य एवम् परिवार नियोजनसम्बन्धी कार्यक्रममा उनीहरूको सहभागितामा वृद्धि हुँदै गएको पाइन्छ।

किशोरकिशोरीहरूको उमेरमा वृद्धिसँगै शरीरको अङ्गहरूमा आउने परिवर्तन र यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी समस्याबारे उनीहरु साथीसङ्गीसँग कुरा गर्नेमात्र होइन अभिभावकसँग सल्लाह गरेर समाधानसमेत गर्न थालेका छन्।

आफ्नो शरीरका अङ्गहरूमा भएको परिवर्तन र रजस्वला हुँदा आफ्नै परिवारका सदस्यहरूलाई भन्न नसकेको तीतो अनुभव सँगालेकी बिरुवागुठी गाविसकी लक्ष्मी श्रेष्ठ अहिले यौन र प्रजनन स्वास्थ्यबारे घन्टौँसम्म बहस गर्नसक्ने भएकी छिन्।

यौन र प्रजनन स्वास्थ्यबारे खुलस्त भएर निर्धक्कका साथ कुरा गर्ने श्रेष्ठ रजस्वला हुने समयमा महिलालाई हुने गरेको पीडा र परम्परागत विचारका कारण कैयौँ किशोरीको पढाइ तथा शरीरमा बाधा व्यवधान उत्पन्न हुने गरेको बताउँछिन्।

यौन र प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावका कारण महिलाको प्रजनन स्वास्थ्यमा समेत ठूलो समस्या पर्ने गरेको नेपाल परिवार स्वास्थ्य कार्यक्रमका अधिकृत रीता लामिछाने बताउँछिन्।

विद्यालय तथा क्याम्पसमा यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा दिइने भएपनि खुलेर शिक्षा पाउने स्थिति नरहेको सन्दर्भमा युवा तथा किशोर किशोरीहरूलाई सोही उमेरका किशोर किशोरीहरूबाट दिइने शिक्षासमस्या समाधान गर्न प्रभावकारी हुने भएकाले नेपाल परिवार स्वास्थ्य कार्यक्रमले वर्षमा दुई-तीनपटक यौन र प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आफ्नो उमेरको वृद्धिसँगै शरीरको अङ्गहरूमा हुने परिवर्तन र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावबाट किशोरीहरू मात्र होइन, किशोरहरूसमेत पीडित हुने गरेका जिल्ला जनस्वास्थ्य कार्यालयका निमित जनस्वास्थ्य प्रशासक सच्चितानन्द सिंहले बताए।

कैयौं किशोरले अझै पनि आफ्ना अभिभावक र साथीहरूसँग यौन स्वास्थ्यसम्बन्धी कुरा खुलेर गर्न हिच्किचाउने गरेको बताउँदै उनले यौन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावमा अधिकांश किशोर सुरुसुरुमा हीनताबोधबाट ग्रस्त हुने गरेको उल्लेख गरे।

पर्सा जिल्लामा परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्य र वालस्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले नेपाल परिवार स्वास्थ्य कार्यक्रम दोस्रो चरणले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी सन् २००८ देखि २०१२ सम्म यस क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

सरकारले सुरक्षित गर्भपतनको व्यवस्था गरेपछि गत साल भन्दा यो वर्ष गर्भपतन गर्न आउनेको सङ्ख्यासमेत वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता