Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

नियम विपरित जिल्ला शिक्षाले ८ लाख रुपैयाँ बाँड्यो

E-mail Print
(0 votes, average 0 out of 5)
सर्लाही, असार ६-जिल्ला शिक्षा कार्यालय महोत्तरीले योजनाबिना नै नियमविपरीत शिक्षक क्षमता अभिवृद्धि तालिम (टिपिडी)को साढे आठ लाख रुपैयाँ स्रोत व्यक्तिहरुलाई बाँडेको छ।

odule google ad 160x600|none}तालिम समन्वय समितिको निर्णय र आदेश बेगर नै कार्यालयले नियम मिचेर १० वटा स्रोत केन्द्रका स्रोत व्यक्तिहरुलाई जनही रु ४७ हजार ८५० रुपैयाँका दरले चार लाख ७८ हजार ५०० र सुखदेव मावि सुगाका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई थप तीन लाख ७२ हजार रुपैयाँ गरी जम्मा आठ लाख ५० हजार ५०० रुपैयाँ बाँडेको हो।

शिक्षा कार्यालयले एक जना स्रोत व्यक्ति अशोक कार्कीलाई पेस्की नदिई चौधरीलाई पेस्कीमाथि पेस्की गरी चार लाख १९ हजार ८५० रुपैयाँ भुक्तानी दिएको लेखा शाखा प्रमुख लक्ष्मण रायले बताए।

नियम मिचेर जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरे, लेखाप्रमुख राय र विद्यालय निरीक्षक वरुणकुमार चौधरीले रकम बाँडेर कार्याक्रमलाई निष्प्रभावी र रकम दुरुपयोग गर्न खोजेको सरोकारवालाहरुले आरोप लगाएका छन्।

आर्थिक वर्ष २०६८-६९ मा सो कार्यक्रमका लागि ३० लाख ९६ हजार रुपैयाँ बजेट छुट्ट्याइएको थियो। जिल्लाको १० वटा स्रोत केन्द्रमा तालिम भइरहेको शिक्षा कार्यालयले दाबी गरे पनि अधिकांश ठाउँमा कागजमा मात्रै तालिम सम्पन्न भएको देखाइएको छ।

अघिल्लो वर्ष पनि कागजमै तालिम सम्पन्न भएको देखाएर नक्कली बिल भर्पाई पेस गरी ३० लाख रकम अनियमितता गरिएको थियो। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता