Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

चिनियाँ टोलीले पहिरो निरीक्षण गर्‍यो

E-mail Print
(0 votes, average 0 out of 5)
धुन्चे (रसुवा), असार ६- चिनियाँ अधिकारीहरूको टोलीले मङ्गलबार पासाङल्हामु मार्गअन्तर्गत रसुवाखण्डको पहिरोको स्थलगत निरीक्षण गरेको छ। रसुवाको सीमावर्ती क्षेत्रका गाविसमा चीन सरकारले उपलब्ध गराउने वस्तुगत सामग्रीबारे छलफलका लागि जिल्ला विकास समितिको निमन्त्रणामा आएको केरुङ प्रशासक दोलासहितको चिनियाँ अधिकारीको टोलीले पहिरोको स्थलगत निरीक्षण गरेको हो।

सो टोलीले राम्चे गाविस- ९को तेम्राङ, वडा नं. ३ को ग्राङ, वडा नं १ को मूलखर्क तथा फुलखर्क क्षेत्रका पहिरोको स्थलगत निरीक्षण गरेको रसुवाका प्रशासक कमलकान्त रेग्मीले जानकारी दिए।

अन्तर्राष्ट्रिय नाकासँग सम्बन्ध विस्तार भइसकेको रसुवाको राजमार्ग वर्षायाममा बर्सेनि अवरुद्ध हुँदा उत्तरी रसुवाका २५ हजार ग्रामीणवासीका लागि यातायातको समस्या उत्पन्न हुँदैआएको थियो।

लामो समयदेखि विकराल रूप लिँदै आएको सो पहिरो रोकथामका लागि कतैबाट पनि प्रयास नभइराखेको अवस्थामा चिनियाँ अधिकारीद्वारा अभिरुचिपूर्वक स्थलगत निरीक्षण हुनु र यसबारेमा एकपटक बैठक बस्ने आश्वासन पाइनुले चीन सरकारले पहिरो रोकथाममा सहयोग गर्ने आशा पलाएको रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष केसाङ नुर्पु तामाङले बताए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता