विदेशी चलखेलले संविधानसभा भंग भएको ४ दलको ठहर

E-mail Print
(3 votes, average 4.33 out of 5)
गोविन्द परियार, काठमाडौं, असार ६- एकीकृत माओवादी नेतृत्वको सरकारले एक पक्षीय रुपमा चुनावको घोषणा गरेपछि राजनीतिक ध्रुवीकरण चुलिँदै गएको बेला बुधबार कांग्रेसको अगुवाइमा मुख्य ४ दलका शीर्ष नेताबीच सम्वाद भएको छ। बैठकमा सहभागी नेताहरु विदेशी चलखेलका कारण संविधानसभा भंग भएको ठह गर्दै अबदेखि संविधानसभालाई खुला मैदान नबनाउने विषयमा एकदमत देखिएका छन्। 
बैठकमा सहभागी  एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विदेशी चलखेलका कारण संविधानसभा भंग भएको बारे छलफल भएको जानकारी दिए। 'संविधानसभा लगायत सबै प्रक्रियामा विथोल्न विदेशी हस्तक्षेपले काम गर्‍यो भन्नेमा छलफल भयो', बैठक सकिएपछि उनले भने- 'त्यसले गर्दा संविधानसभा विघटन भएको हो भन्ने बुझाइ सबैको रह्यो। अब यो खुला मैदान बनाउनुहुन्न।'

कुन मुलुक वा शक्तिले विथोल्यो भनेर छलफल भएको भन्ने चाहिँ उनले खुलाएनन्।

जेठ १४ मा संविधानसभा भंग भएपछि मुख्य राजनीतिक शक्तिहरुबीच पहिलो पटक सम्वाद भएको हो। बैठकबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिमा जोड दिए।  'राष्ट्रिय सहमति एक मात्र विकल्प हो', दाहालले भने- 'संवैधानिक कानुनी र राजनीतिक सबै जटिलताको समाधान सहमति नै हो।त्यसको लागि आज कांग्रेसको अग्रसरता प्रयास सुरु भएको छ। यसलाई निरन्तरता दिएर निकास निकाल्नुपर्छ।'

बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस र एमालेका शीर्ष नेताहरु तथा मधेसी मोर्चाका नेता सहभागी थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता