बैद्यको पार्टीको हालत मालेको जस्तो हुनेछ : किराँती

E-mail Print
(2 votes, average 3.00 out of 5)
भानुभक्त निरौला, सोलुखुम्बु, असार ६- एकीकृत नेकपा माओबादीका पोलिट्व्यूरो सदस्य गोपाल किँरातीले मोहन बैद्य नेतृत्वको नयाँ पार्टीको हालत नेकपा मालेको जस्तै हुने दाबी गरेका छन्।

आज रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पोलिट व्यूरो सदस्य किराँतीले बैद्यले पार्टी फुटाएर समग्रमा राम्रो गरेको टिप्पणी गरे। 'बादलजीको बामदेब जस्तै हुन्छ, सि.पि.गजुरलको सिपि मैनालीको जस्तै हुन्छ, उनीहरु पतनको बाटोमा हिँडिरहेका छन्' किराँतीको टिप्पणी छ।

अब हुने निर्वाचनमा बैद्यको नयाँ पार्टीको एक सिट भन्दा नआउने जिकिर समेत गरे। 'एकिकृत माओबादीले सहानुभुति देखाए महासचिब बादलले मात्र चुनाव जित्न सक्छन्, अरुको त संभावनै छैन' किराँतीले भने।

एक फरक प्रसंगमा पूर्वमन्त्री किराँतीले कुनै हालतमा मंसिर ७ मित्र चुनाव हुने र मंसिर ७ मा चुनाव हुन नदिए एकिकृत नेकपा माओबादी जनविद्रोहमा जाने समेत चेतावनी दिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता