पुगे प्रधानमन्त्री ब्राजिल

E-mail Print
(0 votes, average 0 out of 5)
कृष्ण सापकोटा, रियो द जेनेरियो (ब्राजिल), असार ६- प्रधानमन्त्री बाबुराम भट्टराई दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिने सिलसिलामा मङ्गलबार यहाँ आइपुगेका छन्। असार ६ देखि ८ गतेसम्म हुने सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्थानीय समयअनुसार अपराह्न ३ बजे आइपुगेका हुन्।

प्रधानमन्त्रीलाई नेपाली राजदूत प्रद्युम्नविक्रम शाह, ब्राजिलको विदेश मन्त्रालयका शिष्टाचार अधिकृत जोनास्पालोस्ची र राष्ट्रसङ्घीय अधिकृतहरुले रियो द जेनेरियो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्रधानमन्त्री भट्टराईले सम्मेलनको प्लेनरी बैठकलाई बुधबार बिहान सम्मेलनस्थल रियोसेन्ट्रो कन्भेन्सन सेन्टरमा सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले राष्ट्रसङ्घीय महासचिव वान-कि मुन र नर्वेली प्रधानमन्त्रीलाई सम्मेलनकै सिलसिलामा बुधबार भेट्नेछन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता