वैद्य पक्षको फुट यान्त्रिक, सङ्कीर्ण र जडसूत्रवादी : अध्यक्ष दाहाल

E-mail Print
(3 votes, average 3.33 out of 5)
उजिर मगर, काठमाडौं, असार ६- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीमा भएको फुटलाई यान्त्रिक, सङ्कीर्ण, जडसूत्रवादी बताएका छन्। उनले यसलाई राजनीतिकरुपले वामपन्थी लफ्फाजी, विसर्जनवादी र सङ्गठनात्मकरुपले अराजकतावादी विचलन पनि भनेका छन्।
उनीहरुले लगाउँदै आएका आरोपबाट उनीहरुलाई ग्रस्त भएको किरण समूहको फुटको घोषणाले पुष्टि भएको पनि उनले बताएका छन्। वैद्यको फुट घोषणाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई निषेध गर्न खोजेको छ भन्दै दाहालले केन्द्रीय एकता अधिवेशनद्वारा पारित माओवादी विचारलगायतको आधारभूत नीति र एकीकृत नाम बदल्ने काम महाधिवेशनबाहेक अरुले गर्न खोज्नु मार्क्सवादी मान्यताको खिल्ली उडाउनुमात्रै भएको पनि बताएका छन्। उनले विज्ञप्तिमा यस्तो जनाएका हुन।

यसैबीच स्थायी कमिटी बैठकले २५, २६ र २७ गते पोलिट्ब्युरो बैठक तथा २८, २९ र ३० मा केन्द्रीय समिति बैठक गर्ने र १ देखि ५ गतेसम्म विस्तारित बैठक गर्ने निर्णय पनि गरेको छ। विस्तारित वैठक यही महिनाको १५ गते गर्ने तय थियो।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता