Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

दैनिक पत्रिका र रेडियोमा समेत माओवादी फुटको असर

E-mail Print
(0 votes, average 0 out of 5)
अमर खड्का, इटहरी, असार ६- एकीकृत माओवादी फुटेर नयाँ पार्टी घोषणा भएपछि त्यसको असर सञ्चार संस्थामा पनि पर्न थालेको छ। पार्टी फुटेर मोहन वैद्यको अध्यक्षतामा नेकपा-माओवादी नामक अर्को पार्टी घोषणा भएपछि पूर्वको रेडियो गणतन्त्र र जनविद्रोह दैनिकमा समेत असर परेको हो।
यी दुवै सञ्चार माध्यम माओवादीले १० वर्षे युद्ध सञ्चालन गर्दा सञ्चालनमा आएका थिए।

माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि दुवै सञ्चार माध्यम सर्वसाधारणको समेत लगानीमा सहकारी माध्यामबाट सञ्चालन हुँदै आए पनि पुराना कामदारको पार्टीप्रतिको आस्थाले असर देखा परेको हो।

रेडियो गणतन्त्रमा अहिले सञ्चालक समितिका अध्यक्ष शिव डाँगी संस्थापन पक्षका हुन्। रेडियोका निर्देशक राजेन्द्र किराँतीसहित आधा कर्मचारी भने वैद्य पक्षधर छन्। 'झन्डै एक दर्जन कर्मचारीमध्ये दुवैतर्फ आधा–आधा बाँडिएका छौं,' किराँतीले भने- समग्र पार्टी नै फुटयो, रेडियो त एउटा सानो अंशमात्र हो।

अधिकांश कामदार पार्टीको पूर्णकालीन कार्यकर्तासमेत रहेकाले गर्दा त्यसको असर भने पर्ने निश्चित भएको उनले बताए। 'हुन त अरुको पनि लगानी छ तर राजनीति नगरौ भन्दाभन्दै  पनि परिस्थति र व्यवहारमा त फरक पर्छ नै'- किराँतीले भने।

संस्थापन पक्ष र नवगठित पार्टी दुवैले सञ्चार माध्यमलाई आ–आफनो  पकडमा पार्ने दाउमा लागेका छन्। जनयुद्धको महत्वपूर्ण चिनो भएकाले पनि दुवै पक्ष कसको पकडमा राख्‍ने अभियानमा लागेको रेडियोका एक कर्मचारीले बताए। संस्थापन पक्षका कर्मचारी गणेश तिम्सिना भने राजनीतिलाई टाढै राखेर व्यावसायिक मर्यादाअनुसार नै सञ्चालन गर्दा समस्या नआउने जिकिर गरे।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता