Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

माओवादी पार्टी कार्यालयमा संस्थापनको तालाबन्दी

E-mail Print
(1 vote, average 5.00 out of 5)
वैद्य पक्ष कार्यालय नछाड्ने अडानमा-
झडपको डरले प्रहरी परिचालन-

चाँदनी हमाल, चितवन, असार ६- एमाओवादी फुटेर मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बनेलगत्तै चितवनको भरतपुर कृष्णपुर स्थित पुरानो पार्टी कार्यालयमा दुवै पक्षले दाबी गर्न थालेका छन्।

सो क्रममा बुधबार संस्थापन पक्षले नयाँ पार्टी पक्षलाई पार्टी कार्यालय छाड्न चेतावनी दिँदै तालाबन्दी गरेका छन्। वैद्य पक्षका नेता तथा कार्यकर्ताले भने कुनै पनि हालतमा कार्यालय नछाड्ने अडान लिएका छन्। दुवै पक्षले कार्यालय आफूले लिने भन्ने विवाद उठेपछि एमाओवादी पार्टी कार्यालयमा दुई पक्षको झडप हुने शङ्कामा सुरक्षाका लागि प्रहरी परिचालन भएको छ।

संस्थापन पक्षका नेता तथा कार्याकर्ताले कार्यालयको मुख्य कोठा, मिटिङ हलसहित सातवटा कोठामा तालबन्दी गरेका हुन्। यसअघि वैद्य निकटको वर्चस्वमा रहेको पार्टी कार्यालयमा सोही पक्षले लगाएको ताला फोडेर संस्थापन पक्षले नयाँ ताला लगाएका छन्। संस्थापन पक्षका सह इन्चार्ज घनश्याम दाहालको नेतृत्वमा गएको नेता तथा कार्यकर्ताको समूहले सात दिनभित्र कार्यालय छाड्न वैद्य पक्षलाई चेतावनी दिए।

पहिले अनिल (अनिल शर्मा) जी इन्चार्ज हुनुहुन्थ्यो, त्यसैले छाडेका थियौं तर अब पार्टी नै फुटेपछि कार्यालय त संस्थापनकै हो नि, सहइन्चार्ज दाहालले भने- भोलिदेखि हाम्रो कार्यालय हामी नै चलाउँछौ। पार्टी फुटिहाल्छ भन्ने कल्पना गरेकै थिएनौं, दाहालले थपे- त्यसैले पनि अनिलजीले जे गरी चलाए पनि हामीले आपत्ति जनाएनौं, अब पार्टी नै दुईवटा भएपछि एउटै कार्यालय त हुने भएन। आफूहरुले कार्यालय कोठाहरुमा ताला लगाए पनि वैद्य निकट कार्यकर्ता बसिरहेको आवास गृहमा भने ताला नलगाएको उनले बताए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता