गच्छदारद्वारा निर्वाचन आयोगको सहमतिमै प्रहरी सरुवा गरिएको दाबी

E-mail Print
(0 votes, average 0 out of 5)
अजित तिवारी, विराटनगर, असार ६- निर्वाचन आयोगले सहमति नदिएको सार्वजनिकरुपमै बताइरहेका बेला गृह मन्त्री विजयकुमार गच्छदारले भने निर्वाचन आयोगको ‘सहमती’ मै नेपाल प्रहरीका उच्च अधिकारीको सरुवा गरिएको दाबी गरेका छन्। उनले आयोगलाई पत्र लेखेपछि मात्रै एआइजी, डिआइजीको सरुवा गरिएको बताएका छन्।

‘सरुवाको सम्बन्धमा निर्वाचन आयोगलाई पत्र लेखेर एक हप्ताअगाडि नै जानकारी दिएको थिएँ’, बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै गृह मन्त्री गच्छदारले भने- आयोगले सहमति दिएपछि मात्रै सरुवा गरेका हौं।

सुरक्षा निकायको सहयोगबिना संविधान सभाको निर्वाचन सम्भव नरहेको बताउँदै गच्छदारले एआइजी र डिआइजीको सरुवा सम्बन्धमा बुधबार साँझ गृह मन्त्रालयले विज्ञप्ति जारी गर्ने जानकारी दिए। ‘विज्ञप्तिले धेरै कुरा प्रष्ट हुन्छ’, उनले भने- साँझसम्म कुर्नूस्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता