कांग्रेस चितवन जिल्ला समिति भंग

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ६ (नागरिक) - कांग्रेसले विवादमा परेको चितवन जिल्ला कार्य समिति भंग गरेको छ। बुधबार पार्टी मुख्यालय सानेपामा बसेको कैन्द्रीय समिति बैठकले पार्टीको नीति विपरित काम गरेको भन्दै कार्यसमिति भंग गर्ने निर्णय गरेको हो।

'कांग्रेस विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४ र २०६६ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा ४३ बमोजिम नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवन विघटन गरिएको छ' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको हत्यामा अप्रत्येक्ष रुपमा सहयोग गरेको भन्दै चिवतन कांग्रेस सभापति विकास कोइरालामाथि केन्द्रीय समितिले दुई दिन अघि स्पष्टिकरण मागेको थियो। चितवन जिल्ला कार्यसमितिका बहुमत सदस्यहरुले पौडल हत्यामा कोइरालाको अप्रत्येक्ष सहयोग रहेको भन्दै कारवाही गर्न केन्द्रीय समितिमा लिखित माग गरेका थिए।

गत पुसमा चितवन कारागारमाभित्र पौडेलमाथि कुटपीट गरी उपचारका क्रममा राजधानीको न्युरो अस्पतालमा निधन भएको थियो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता