Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

बाढीले बगाउँदा अछाम र बाजुरामा पाँचको मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
ध्रुव बीसी, अछाम, असार ११- अबिरल बर्षासँगै आएको बाढीले अछाम र बाजुरामा ५ जनाको मृत्यु भएको छ। अछामको ढुङ्गाचाल्ना गाविस- २ डुफा गाँउका बिरबहादुर कामी र उनका २ वर्षीय छोरा ललि तथा सोही ठाँउका भैरे बुढालाई सोमबार खोलाले बगाउँदा मृत्यु भएको हो ।
२ जनाको घटनास्थलमै र बिर बहादुरको उद्दार गरेर घर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। सोमबार दिउसो गोठालो गएका उनीहरु साँझ गोठ फर्कदै गर्दा डुफा खोलाले बगाएको स्थानीय सर्जन थापाले बताए ।
यसैगरी बाजुराको बाह्रबिस-२ बदेडाका ६५ वर्षीय बलबहादुर सार्की र पाण्डुसैन-५ का ९ वर्षीय चन्द्र रोकायाको बाढीले बगाएर मृत्यु भएको हो।
सार्कीलाई शनिबार बिहान बाढीले बगाएको स्थानीय चेतराज जैशीले जानकारी दिए। रोकाया बाख्रा चराउन जंगल जाँदा बाढीले बगाएको थियो ।
शुक्रबार राती आएको बाढीले कुल्देवमाण्डौ गाविसमा लाखौको क्षति पुर्यानएको छ । रातभरिको अविरल वर्षासँगै आएको बाढीले गाविसमा रहेका विद्यालय, बाटोघाटो, खेतबारी, खानेपानी लगाएतका संरचनामा क्षति पुर्याकएको स्थानीयले जानकारी दिए।
बाढीले कुल्देवमाण्डौ-५, बानेगाउँका केरे खत्री र बुदे लुवारको घर बगाएको छ भने दुवै परिवार विस्थापित भएका छन्। त्यस्तै भानुदय उमाविको छात्रवास भवन र खानेपानी बगाएको शिक्षक अशोक शर्माले जानकारी दिए । बाढीले टाटे स्वास्थ्य चौकीमा रहेको रेडक्रस सोसाइटीको भवन र खानेपानी पनि बगाएको छ।
बाढीले खानेपानीको पाइपलाइन समेत बगाउँदा गाउँमा खानेपानीको समस्या भएको छ। अधिकांश रोपाइँ गरिसकेका खेत र रोपाइँका लागि राखिएको व्याड समेत बगाएपछि किसानहरु चिन्तित बनेका छन् ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता