Nagarik News Blog

Nagarik News Blog

हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सोच्नुभएको हो भने गलत। ज्ञानेन्द्र सक्रिय रहँदा उनी जति त्रसित थिए त्योभन्दा बढी रहेछन्, बाबुराम। ज्ञानेन्द्रको सवारी हुँदा सडक अरु गाडीका लागि प्रतिवन्धित हुन्थे। बाबुरामको मुलुक फिर्ती सवारी हुँदा त्यो भन्दा चर्को भयो। उनको सुरक्षामा सरकारले सडक आफ्नो कब्जामा मात्र लिएन हिड्ने र पसल खोलेर गुजारा गर्नेमाथि नै धावा बोल्यो।

गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्षको उमेरमा हामी सबैलाई छोडेर यो धर्तीबाट बिदा लिनुभयो। म आमाको आत्माको चीर शान्तिको कामना गर्दछु। केही महिना अघिदेखि उहाँको उपचार नेपाल मेडिकल कलेज जोरपाटीमा भइरहेको थियो।

मक्किएको इमेज मर्मत गर्न के गर्ने ? कसैले सुझायो र उनी तयार भए। राजनीतिमा व्यस्त बाबुराम काठमाडौंको उत्तरी कुनो झोर पुगे। प्रधान मन्त्री रहेका यी गोर्खाली गाउँले सामान्य जनताको घरमा पुगे। उनीहरुसँग बसे। त्यही भान्सामा खाए। गाउँलेसँग रातिसम्म भलाकुसारी गरे। लाग्दो हो- अहो यी कस्ता असाधारण नेता।
दुई महिनाअघि यी कम्युनिस्ट नेताले चलाएको डोजरको याद गर्नुस् त। झोरमा गाउँलेको घरमा बास बस्ने बाबुरामले वाग्मती किनारमा उठिवास लगाएको हेर्न मन छ भने प्रसूति गृहसँगैको गल्लीबाट वाग्मती किनारतिर झरे हुन्छ। कसरी बाँचिरहेका छन् मानिस? उनले चलाएको डोजरका डोबमा कम्युनिस्ट नेता बाबुरामको चित्र अहिले पनि छरपस्ट अनुमान गर्न सकिन्छ।

नेपालको लोकतान्त्रिक आन्दोलनजस्तै बुझिनसक्नु छ नेपाली कांग्रेसको फुट पनि। काशीमा पढ्न बसेका बाहुन केटाहरूले औंठी र डिक्सनरी बेचेर खोलेको यो पार्टीजति सायद नेपालका कम्युनिस्ट पार्टीहरू पनि फुटेका छैनन्। जनक्रान्ति नथाल्दै डिल्लीरमण रेग्मीले सुरु गरेका पार्टी फुटाउने र छोड्ने शृंखलामा अब स्वघोषित जनजाति नेताहरू आइपुगेका छन्। जनक्रान्ति सकिएकै दिनदेखि कांग्रेसलाई कमजोर बनाउने खेल दरबार र भारतले खेल्दै आएका हुन्।सायद, दरबारको भूमिका चाहिँ एनेकपा (माओवादी)मा सरेको छ। भारत अहिले पनि सक्रियै छ।
कांग्रेसको पहिलो जननिर्वाचित सरकारलाई हटाउने वातावरण बनाउने बेला तुलसी गिरीहरूको हावभाव यस्तै थियो। अहिले पार्टी छाड्ने धम्की दिनेहरूको लक्षण पनि त्यससँग मिल्दोजुल्दो छ। उनीहरू राजा महेन्द्रका 'महानता'बाट प्रभावित भएका थिए। यिनीहरू अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बिन्तीपत्र चढाएर उनैको पछाडि लागेका छन्।

बिहीबार दिउँसो पौने १२ बजेको थियो। शुभतारा स्कुलबाट सानेपा चोक पुगेकोमात्र थिएँ, चोकभरि मोटरसाइकल र मान्छेको ताँती देखियो। सोचेँ, ठूलै दुर्घटना भएछ कि!
एक प्रहरीले 'रोक्नुस्, साइड लगाउनुुस्' भने। मैले मोटरसाइकल रोकेँ। उनले एक झट्कामा साँचो थुते।

रेडियो नेपालको नेटवर्क नै छैन। अल इन्डिया रेडियो पनि सुनिएन। सदरमुकाम मान्मा पुग्न चार घन्टा लाग्ने सुनाउँदै थिए घरवेटी। बिहान सात बजेतिर पाकिस्तानी रेडियोको फ्रिक्वेन्सी फेला पर्यो । धेरै त बुझिएन। 'नेपाल नरेशकी कत्लेआम' यस्तै सुनियो। २०५८ जेठ २० गते बिहान सबा सात बजे।

शाहरुख खानको दोहोरो भूमिका भएको हिन्दी सिनेमा 'डुप्लिकेट'को एउटा दृश्य अहिले अनायासै सम्झन पुगेँ। फिल्ममा शाहरुखमा बदमास र सज्जन पात्रको भूमिकामा अभिनय गरेका छन्। मनु दादा भन्ने बदमासले आफ्नैजस्तो अनुहार भएको अर्को व्यक्ति छ भन्ने थाहा पाएपछि बब्लुलाई मारेर परिचय फेरेर बस्ने षड्यन्त्र गर्छ।

बिहानै चिया लिएर मेरो कोठा छिर्नेबित्तिकै आमाले भन्नुभयो, ...बाबु आज त अफिस जानुपर्दैन होला नि? प्रेसको गाडीमा पनि तोडफोड गरे रे, पत्रकार पनि कुटिए रे। प्रेस पनि बन्द होला, अफिस न जा!'

विसं २०१९ को चैतमा बी.एस्सीको परीक्षा सकेर आफ्नो गाउँ लमजुङको दुराडाँडा जान लागेको थाहा पाएपछि काठमाडौंबाहिर कहिल्यै नगएका सहपाठी मित्र भाष्कर रिसालले पनि मसँगै पहाड जाने इच्छा गरे। दुराडाँडा पुग्न ६-७ दिनको पैदल बाटो हिड्नु पर्थ्यो। हामी त्रिशुली भएर हुलाकी मूल बाटो हुँदै गएका थियौँ। हिउँद भए पनि बेलाबेलामा पानी परेकाले ठाउँठाउँमा रातो माटोको चिप्लो बाटोमा लड्दैपड्दै गएका थियौँ। दरौँदी नदीको किनार पुगेपछि नदीमा सङ्लो पानी हेर्दा जँघार तर्न सकिने ठान्यौ। अनि, दुवै जनाले सुरुवाल फुकालेर काँधमा हाली नदी तर्ने तयारी गर्‍यौँ। कहिल्यै यसरी जँघार नतरेका साथीलाई समातेर नदीको छेउको भंगालोमा आधाजस्तो पुग्नै लागेका बेला पारिबाट एक जनाले कराएर भने - 'ए केटा हो मर्न मन छ कि क्या हो? देख्दैनौ माथिबाट भेल आएको? लेक बर्सेको देखेनौ?'

विश्‍व प्रेस स्वतन्त्रता दिवश मनाउन भृकुटीमण्डमा जुटिरहँदा हिजोमात्रै पत्रकार महासंघले जारी गरेको एउटा वक्तव्यले टाउको रिङ्ग्याङरह्यो। हिजै मुलुकमा एकदमै राम्रोसँग चलेको एउटा समाचार च्यानलका पत्रकारलाई तलब नदिएको ८ महिना सुरु भएछ। यो विषय पत्रकार महासंघमा पनि छरपस्ट भइसकेको थियो। त्यो चर्चित समाचार च्यानल एउटा उदाहरणमात्र हो।

नागरिक दैनिकको क्षेत्रीय संस्करण पूर्वेली नागरिक निकाल्ने जिम्मेवारी पाएर विराटनगर झरेको करिब दुई साता बित्यो। यसबीच नयाँ वर्षदेखि प्रारम्भ भएको पूर्वेलीका ७ अंक प्रकाशित भएका छन्। छोटो समयमै पाठकहरूमाझ पत्रिकाले मायाप्रीति गाँस्दै गएको अनुभव गर्न पाउँदा खुसी लाग्नु स्वाभाविकै हो। राजधानीमा बसेर करिब दुई दशकको पत्रकारिता यात्राका क्रममा बेला-बेला मोफसल झरेर समाचार लेख्नु मेरो रूचिको क्षेत्र हो।

एक वर्षअघि वीरगन्ज चिनी मिलनजिक डोमबस्तीमा क्यामरा बोकेर छिर्दा निलो आँखा भएकी एक बालिकाले ध्यान खिचिन्। झुपडबस्तीमा अभावमा बाँचेकी ८ वर्षीया काजल मली विछट्टै राम्री थिइन्। गलामा पोते, निधारमा टिका, ओठमा मिठो मुस्कानसहित सुनौलो केशमा सजिएकी उनी तस्बिरमा झनै आकर्षक देखिइन्। वर्ष दिनभरि उनको तस्बिर मेरो मनमा गढिरह्यो।


  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  Next 
  •  End 
  • »
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

ट्याग्स

कमेन्ट