Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

Nagarik News Blog

Nagarik News Blog


काठमाडौंमा 'गज्जब'को अभियान थालिएको छ। प्रधानमन्त्री बाबुराम भट्टराई दम्पति सडकमा कुचो लिएर निस्केकाले हो कि एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका नेपाली हाकिमले त अति उत्साहमा एसएमएसै गरे- मैले यति सफा काठमाडौं यसभन्दा पहिले कहिल्यै देखेको थिइन। काठमाडौंबाहिर भएकाले ठाने- होला। र उनको एसएमएस फर्काएँ- कतै माओवादीका अरू कार्यक्रमजस्तै प्रचार र पाखण्ड सिद्ध नहोस्।

काठमाडौँ आएको भोलिपल्ट आफ्नै टोलमा पनि सफाइ अभियान रहेछ। मेरी पत्नी घर अगाडि सधैँ बडारिएको सडकमा कुचो लगाउँदै थिइन्। र कुकुर पाल्नेहरूलाई गाली पनि गर्दै थिइन्। हाँसो उठ्यो तर केही भनिन। प्रातः भ्रमणका लागि निस्केँ।

बाटामा साना नानीहरू विद्यालयको ब्यानर बोकेर सफाइ अभियानमा संलग्न भएका रहेछन्। सँगैका शिक्षकलाई कम्ती साना नानीलाई धुलोमा नहिँडाएको भए हुन्थ्यो भने। उनले हो त भने तर मेरो सल्लाह उनलाई पटक्कै मन नपरेको अनुहारमै देखिन्थ्यो। त्यसपछि सामाखुसीको आत्मज्ञान प्रचार संघ नजिकैको बाटोबाट म्हैपीतिर लागेँ। मञ्जुश्री मार्गबाट केही अगाडि बढेपछि सफाइ अभियन्ताहरूको ठूलै हुलसँग भेट भयो। कलेजका विद्यार्थी तथा सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकृत जवानहरूको टोली सफाइमा लागेको थियो। सबैभन्दा अगाडि रहेका युवाकलाई सोधेँ- तपाईँलाई यसरी काठमाडौं सफा हुन्छ भन्ने विश्वास छ? उनले भने- विश्वास त छैन तर के गर्ने? यही प्रश्न टोलीको अगाडि हिँडेका सेनाका अधिकृतलाई पनि सोधेँ। उनी अनकनाए। मैले भने- भै गो। अप्ठेरो लागे केही नभन्नुस्। गन्हाउने सामाखुसीको पुलमा उभिएका प्रौढदेखि म्हैपी ओर्लँदै गरेका सुरक्षाकर्मी र सामान्य नागरिक गरी अरू आठ जनालाई यही प्रश्न सोधेँ। तीमध्ये छ जनाले यस्तो अभियानमा विश्वास छैन भने। एक जना महिलाले- हुन्छ कि भनिन् र अर्का एकजना पुरुषले- हुन्छ नि भने। म्हैपी उक्लेर ओर्लेपछिको परिक्रमाका क्रममा एउटा भुस्याहा कुकुरको सिनु सडककै छेउमा थुपारिएको देखेँ।

बर्दीधारी र स्कुले पोसाक लगाएकाहरू सरकारी इच्छामा सजिलै खटिन्छन्। पञ्चायतकालको सम्झना भयो। यस्तै सफाइ अभियान वर्षमा दुईचार पटक चलाइन्थ्यो । राजारानीहरूको जन्मोत्सव मनाउन। जिल्ला सदरमुकाममा कहिल्यै श्रम नगर्ने ठुलाठालुहरू सडक बढार्न तम्सन्थे। तमासै हुन्थ्यो। भोलिपल्ट सडक उस्तै हुन्थ्यो। किनभने जनताले त्यस्तो कामलाई तमासा र पाखण्डत्र ठान्थे।

सरकारले सडक छेउका घर भत्काउन सूचना दिन थालेछ फेरि। आँबुखैरेनीको २०३० सालभन्दा पनि पहिले सडकको बीचबाट ७५ फिट छाडेर बनाएको हाम्रो घर पनि भत्काउनु भनेर सूचना टाँसिएको छ रे। राज्यले भत्काउनै खोजे मेरो के लाग्छ? हुन त, यस्तै सूचना धेरै पटक टाँसिएको मैले थाहा पाएकै छु। भाइलाई भने- डुम्रे वा खैरेनी बजारबाट भत्काउँदै ल्याए भने हामीले पनि भत्काउनै पर्छ। बीचमा हाम्रोबाटै त नथाल्लान् नि !

लमहीबाट काठमाडौं आउँदा भने सडककै छेउमा समेत घर बनाइरहेको दृश्य थुप्रै देखियो। नागढुंगाबाट यतैसमेत सडकका छेउमा धमाधम घर बन्दैछन्। सरकारले चाहिँ- बनाएर त भ्याऊ, अनि भत्काउँला नि !भनेर पर्खेजस्तो पो देखिन्छ त। भत्काउनु छेन भने किन सूचना टाँसेर जनतालाई आतंकित बनाउनु? भत्काउने हो भने बनाउन दिएर किन नोक्सान गराउनु? जनताको सम्पत्ति पनि प्रकारान्तरले राज्यकै हो पनि भन्ने अनि जानाजान क्षति हुन किन दिने? यो राजकाजको मामिला बुझ्नै सकिएन।

काठमाडौंमा सफाइ अभियान थाल्ने सरकारका आँखा मधेसका ठूला क्रसर मेसिनमा पनि परेको भए पो। बाटाकै छेउमा यस्ता दैत्याकार क्रसरहरू चलाइएका छन्। बालुवा, ढुंगा, गिटीलगायत काठपातसमेत भारत खुलायाम र चोरी निकासी भइरहेको छ। तिनले राजमार्ग भत्काउने र प्रदूषण फैलाउने पनि गरेका छन्।
विकासका कामले गति पाउने बित्तिकै नेपाललाई नै तिनको सबैभन्दा ठूलो खाँचो पर्छ। तैपनि, त्यस्तो काम रोक्न सरकारले चासो लिएको देखिएन।

काठमाडौंका रैथाने ( यहाँ बस्ने नयाँ पुराना सबै)लाई रिझाउन सके सत्ता टिक्छ भनेर राजाहरूले पनि अनेकौँ प्रपञ्च र पाखण्ड गर्थे। बाबुराम भट्टराईको ढबढाँचा पनि उस्तैउस्तै पो छ त।

प्रतिक्रियाहरू (17)Add Comment
0
bijay K C
April 08, 2012
81.174.242.53
भोट: +28
...

You writer of this news or article are not going through the logic but you have agony of going to be swept of your illegally made home.if people are trying to do something good do not show your monkey view,would rather put your hand to them and try to do it daily.

0
dilip
April 08, 2012
2.90.111.95
भोट: +21
...

yasari hune nahune bhanera sodhdai aruko man khinna paardai ra photo khichdai hidnu ko saato tyati ber badaareko bhaye ta kehi na kehi paribartan ta jarur hunthyo holaa ni, gaf garna ra bhram failaauna baahek kehi aaudaina ni, yi patrakaar laai?

0
BM Adhikari
April 08, 2012
49.244.71.89
भोट: +44
...

अधिकारिजी तपाईंको लेखाइ पढ्ने बितिक्कै मलाई एउटा भनइ याद आयो, सक्छौ राम्रो गर सक्दैनौ नराम्रो नगर, सक्छौ मिठो बोला सक्दैनौ नमिठो नबोल । सरकारले अभियान चलएको छ भने साथ दिनुस्,भन्जो नहल्नोस्, मिडियामा थालु पल्तेर देश बन्दैन होला पक्कै, सक्नुहुन्छ साथ दिनुस सक्नुहुन्न चुपो लगेर बस्नुस्, भबिस्य कसैले देकेह्को छैन । यस अभियानले अरु नभए पनि हामी हामी जनता खुशी छौं। धन्यवाद ।

0
Bikal
April 08, 2012
83.248.196.49
भोट: +9
...

Everyone is entitled to their opinion but these comments reflect a sick mentality. we are already late in every fronts and there has to be a day when we start something good. It does not matter who the persons are it is the deed that counts. I hope the writer rises above his depressed and depleted mentality and tries to do something positive. I would rather you study the matter thoroughly and come up with the things that can be done to sustain cleanness in the country than passing cheap comments. Looking forward to a more progressive article...

0
Bikal
April 08, 2012
83.248.196.49
भोट: +18
...

It is a very depressing article that you have written. I hope you get over this depressing and depleted mentality and come up with constructive criticism. We are late in every fronts and it is already too let for us to have a clean environment. It is great that we are having some sort of start now. I am sure there are no one who would not like cleanliness. It does not matter who does the work, it is the deed that counts.
In a country plagued with corruption and crisis, activities like this needs encouragement.
Rather than passing cheap comments on such a good endeavor, please opt for a constructive journalism, Try to research into how a cleanness can be sustained and try to come up with something helpful.
Have a good day, breath clean air and live longer!

0
balkrishna
April 09, 2012
117.198.110.227
भोट: +8
...

Maile tapaiko news ke ka lagi padhne ? mero question patrakar mahodaya lai.

1. tapain ko or patrakarko daiwaito ke.
2. kukur mareko news lekne le ma ra mero srimiti le milera falyau aba tapain haruko palo bhaneko bhaya ke bhaya ke bigrinthyo.
2. aasabadi news kina na lekhne.

sadhai negative kati lekhne, kehi aasabadai kura lekhe pani news ramro hune thyo ni. la hamro suvakaman dr. bauram ra uptyaka basi sabai lai.

jai hos.‍

0
neparuzin
April 09, 2012
219.171.132.138
भोट: +4
...

Nepal ma yestai peet patrakarita garne bekti badi vako karan le nai aaja ko abastha samma aaepugeko ho ...........

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
amit timalsina
April 09, 2012
202.79.59.115
भोट: +5
...

govindajee , u r totally biased journalist. if there is a bias ,there is no journalism. u should be an objective person n do constructive criticism if u wanna be a good journalist. otherwise leave journalism do politics.

have a good day , breath clean air with postive thinking

0
yampa lama
April 09, 2012
49.244.169.26
भोट: -4
...

The article is good. As we have read a massive scale corruption has been occurred in the name of this "monkey Abhiyan". Government should active the bodies which are meant to clean the city like Metropolitan office. Create awareness among people. doing corruption is only motto of this program. let us see how long this program cleans the city.

0
jiban thapa magar
April 09, 2012
217.212.230.173
भोट: +4
...

fake article.i think u dont know how to wright abt articlr?if someone wants to do something well compaign then let them do n support them.nagarik publication must use senser before publishe like this unusual article.stop to write jpt article.

0
jiban thapa magar
April 09, 2012
217.212.230.173
भोट: +0
...

fake article.i think u dont know how to wright abt articlr?if someone wants to do something well compaign then let them do n support them.nagarik publication must use senser before publishe like this unusual article.stop to write jpt article.

0
Lila GC
April 14, 2012
223.205.115.112
भोट: +1
...

यो पत्रकार आफ्नो मात्र भलाई सोचने परेछन! बिरोध गरेको के का लगी हो? देशको अबस्यक्ताको लागी नसोचने पत्रुकर हो! निस्वार्थी बाबुराम र उनको प्रयासलाई पंचायती सैली संग दाज्नु भनेको गु र गोबर छुत्त्यौने लयाकत नभएको भने कसो होला?

0
Biru
April 14, 2012
183.101.53.59
भोट: +1
...

अधिकारि जि टपै पत्रीका को कुनै पद म हुनु हुन्छ वने एस्तो बएस वएर खबर नलेख्नु राम्रो हुन्छ । । । अर्को राजनीतिक फैइदा लिने हिसाब ले पित पत्र कारीता राम्रो हैन । । । १०० मा ११० जना ले राम्रो मनेको काम लाई नराम्रो वन्ने हुन्न वन्ने त बबा आम ले सिकैदिनु वएकै होला । । । पत्र कारी त को धार्मा निवौन नस्क्ने वए । । । आरु पनि धेरै कम होला त्यो गर्द राम्रो हुन्न र । । । बरु राजनीति गर्द राम्रो होला । । किन कि तेस म कालो लाई गोरो वन्न पाईन्छ नि त्यो अरु पार्टी को ल वने को छ वने । । हैन र । । ?

0
shiva
April 17, 2012
202.52.231.250
भोट: +0
...

yo baburam pani tyai dyang ko mula ho.Na yesle kehi garna sakcha baru yestai kaam garera afulai khub ramro chu bhanera dekhauna khojcha.YEsle gareko yo ra yo jastai aru kaam bhaneko pith ma chura ghoche ra khutta ma bhayko euta sano ghauma malam lagaune jastai ho.

0
gokul
April 17, 2012
61.246.3.5
भोट: -2
...

प्रधानमन्त्रिले राम्रो सुरुवात गरेका छन्। अब सफाई कार्यक्रम को दोश्रो चरन भनेको बागमती र बिष्णुमतिमा ढल मिसौनेहारु लाई रोक्नु पर्छ र लाइक गर्नुस् यदी सहमत हुनुहुन्छ भने |

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

ट्याग्स

कमेन्ट