Nagarik News Blog

Nagarik News Blog


बिहीबार दिउँसो पौने १२ बजेको थियो। शुभतारा स्कुलबाट सानेपा चोक पुगेकोमात्र थिएँ, चोकभरि मोटरसाइकल र मान्छेको ताँती देखियो। सोचेँ, ठूलै दुर्घटना भएछ कि!
एक प्रहरीले 'रोक्नुस्, साइड लगाउनुुस्' भने। मैले मोटरसाइकल रोकेँ। उनले एक झट्कामा साँचो थुते।
एक निमेष त केही मेसो पाइन। सोधेँ, 'साँचो किन झिक्नुभयो?'
ती प्रहरीले जवाफ दिए, 'सुरक्षा जाँच भइराख्या छ।'
'साँचो किन लानुपर्‍यो त,' मैले भनेँ, 'मेरो जीउ चेक गर्नुस्, झोला हेर्नुस्।'
उनले झोला चेक गरेझैं गरे। उनको एउटा हातमा साँचोको मुठ्ठा थियो। मैले साँचो थुत्ने प्रहरीलाई सोधेँ, 'होइन, खासमा भएको के हो?'
उनले साउती मारेझैं भने, 'घटना भयो रे सर, यहाँ ललितपुरतिर।'
मैले आफ्नो परिचय दिँदै फेरि प्रश्न गरेँ, 'कस्तो घटना, भन्नुस् न!'
उनले 'हाम्रो हाकिम सा'बलाई सोध्नुुस्' भन्दै केही पर हुलमा रहेका प्रहरी नायब निरीक्षक (सई) तिर इसारा गरे।
लगभग आधा घन्टा बितिसकेको थियो। म सईतिर गएँ। हातमा वाकीटकी बोकेका उनलाई सरकारी प्रेस पास देखाएँ। यथार्थ बताइदिन अनुरोध गरेँ। उनले सुरुमा त खासै चासो दिएनन्। बारम्बार आग्रह गरेपछि भने, 'शंखमूलनेर एकजना न्यायाधीशलाई गोली हानेछन्, गोली हान्ने कालो पल्सरमा आएका थिए रे!'
मैले दायाँबायाँ आँखा घुमाएँ। चोकभरि रोकिएका मोटरसाइकल 'पल्सर' ब्रान्डका मात्र थिए। आफ्नो पनि त्यही, कालो पल्सर। अरू मोटरसाइकलतिर प्रहरीको ध्यानै गएको थिएन।
उनको बेलिविस्तार सुनेपछि मैले भनेँ, 'त्यसो भए चेक गर्नुस्, अनि जान दिनुस्, कि बाइकको बिल बुक, लाइसेन्स लिएर भोलि डाक्नुस् न, किन यो टन्टलापुर घाममा सास्ती दिनुहुन्छ?'
उनले मेरो सुझाव सुने-नसुनेझैं गरे। 'होइन सर, माथिबाटै आएको आदेश हो, मान्नैपर्‍यो,' उनी यति भन्दै अर्को मोटरसाइकलतिर लागे।
बिनाकारण रोकिएका पल्सरवालाहरू आ-आफ्ना गन्तव्य पुग्न ढिला भएको गुनासो गरिरहेका थिए। कोही सईको पछि लागेका थिए। धेरैजना 'बेकारमा यो बाटो आइएछ, कहाँ आएर फसियो' भन्दै थकथकाइरहेका थिए।
त्यही भीडमा एकजना अक्सिजन सिलिन्डर बोकेका व्यक्ति थिए। अस्पतालमा रहेका सिकिस्त बिरामीलाई अक्सिजन पुर्‍याउन ढिला भइरहेको उनले बताए। उनी आफ्नो समस्या प्रहरीलाई सुनाउँदै थिए, 'यो अक्सिजन तुरुन्तै बिरामीकोमा पुर्‍याउनुपर्छ, समस्या बुझिदिनुुस् न!'
सईको उत्तर आयो, 'होइन, त्यसरी मिल्दैन, माथिबाट आदेश नआउन्जेल तपाईंहरू यहीँ बस्नुपर्छ।'
अर्का एक अर्धबैंशे भन्दै थिए, 'सर, मेरो मोटरसाइकल यहीँ छोडेर जान्छु, उता पुगेर मैले हस्ताक्षर नगरे सबै काम रोकिन्छ, फर्केपछि लैजाउँला हुन्नँ?'
उनको बोली झर्न नपाउँदै सईले भने, 'हुँदैन, हुँदैन, यत्रा बाइक छन्, क-कसको मात्र हेर्ने? हरायो भने कसले जिम्मेवारी लिन्छ? एकछिन बस्नुस्।'
अर्का एक युवाले 'पावर एक्सरसाइज' गर्न खोज्दै सईलाई भने, 'मेरो अंकल पनि पुलिसमै हुनुहुन्छ, मलाई जान दिनुस्।'
सई पनि के कम, भनिहाले, 'को अंकल, फोन लगाउनुस् म कुरा गर्छु।' अंकलका भतिज मोबाइलको नम्बर डायल गर्न थाले। तर, उनको केही सिप चलेन।
हामी सबै लगभग एक घन्टा चर्को घाममा अपराधीझैं उभियौं। हाम्रो अपराध यत्ति थियो, हामी सबैले पल्सर बाइक चलाएका थियौं। कालो पल्सर, जुन काठमाडौंमा जहाँ जुनसुकै घटना भए पनि प्रहरीको पहिलो निशाना बन्ने गर्छ।
एक घन्टापछि चोकको आडैमा रहेको प्रहरी चौकीमा बाइकको साँचो लिन आउन उर्दी जारी भयो। हामी घाममा असिनपसिन हुँदै साँचो लिन चौकीतिर दगुर्‍यौं। त्यत्रा साँचोको थुप्रोमा सजिलै के भेटिन्थ्यो! फेरि अर्को आदेश आयो, 'लाइन लागेर आउनुस्!'
'पेट्रोल पम्पमा लाइन लागेझैं' बाइकको साँचो लिनेको लाइन तयार भयो। चौकीभित्र टेबुलमा असरल्ल साँचो छरिएका थिए। बाइकको बिलबुक र लाइसेन्स देखाउँदै साँचोहरूको थुप्रोमा आफ्नो खोज्नु थप कष्टकर भयो।
बाइको बिलबुक नभएकालाई अर्को समस्या थपियो, 'बिल बुक ल्याएपछि मात्र बाइक लान पाउने।'
आफ्नो बाइकको साँचो भेट्नेहरू 'विजयी मुद्रा' मा भन्दै थिए, 'गोली हान्छ पल्सर चढ्ने एउटाले अनि सास्ती पाउने अरू पल्सरवालाले!'

प्रतिक्रियाहरू (2)Add Comment
0
neeraj kumar
June 05, 2012
49.244.45.87
भोट: +10
...

पल्सर चलाउनु अपराध हैन.....
तर पल्सर चलाउने ले पदयात्रीको अधिकार (पेटी) समेत मिचेर बाहन चलाउनु निश्चय नै अपराध हो/ अहिले को समयमा पल्सर संस्कृति ले नै नया नेपाल को युवा-जमात को प्रतिनिधित्व गर्छ (उमेर पुगेका ले त पल्सर धकालन समेत सक्दैनन) र भन्नु परोइन आज को यो जमात कहिँ कुरेर बस्नै चाहदैन/गति नै उसको पहिचान हो / कान्तिपुर नगरी को सडक जाम अवस्था मा त झन यो जमात को चालक दक्षता अति स्पस्ट रुप मा देखिने गरेकै हो/त्यति बेला यहि जमात ले नगर ट्राफिक लाइ बाहन दाहिने देब्रे कसरि चलाउनु पर्छ भन्ने शिक्षा समेत दिन सक्ने उदाहरणीय कार्य गरेको प्रशस्त देखिएकै हो/ यस अवस्था मा बरु पदयात्री ले होस् पुर्याएर सके सम्म पेटी छेउ को पसल भित्र बाट हिडने बानि बसाउनु परेको छ/त्यति मात्र होइन आफ्नु बाहन कुदाउने क्रम मा अगाडी कुनै बाहन लाइ ठोकी हाल्यो भने “गाडी चलाउन आउदैन” भन्ने अमृत वाक्य समेत यो जमात को मुख मै हुन्छ/यस्तो सक्रिय जमात लाइ रोक्ने कार्य गर्नु ....
तर बाहन चलाउने भै नै सके पछि चालक ले कहिले काही ट्राफिक दाइ को मुख हेर्ने बानि पनि त बसाल्नु पर्ला नि/चाहे कारण जे सुकै होस्/ कम से कम यो जमात लाइ ट्राफिक प्रहरी भन्ने पनि संस्था हुदो रहे छ भन्ने थाहा त हुनु पर्यो नि/ बरु यस्तो भेट घाट को बेला पारेर ट्राफिक प्रहरी ले पनि “ अनुशरण गर्न मन लागे कृपया यो यो नियम हरु मान्ने गर्नुस है” भनि निवेदन गर्ने प्रक्रिया बसाल्ने कि?
-पल्सर पिडित बटुवा

0
Bharat Bikram Thapa
June 05, 2012
113.199.165.46
भोट: +14
...

Bato hidne manchhe pani ta kehi kam chhainan ni purai batai aafno jasto arera hidchhan ta ajhai sano batoma sudda hat samayera hidnu parne yeso sano batomata aghi pachi garera hide k bigrinthyo hola ra

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

ट्याग्स

कमेन्ट