Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Dec 07th

Nagarik News Blog

A short description about your blog


मक्किएको इमेज मर्मत गर्न के गर्ने ? कसैले सुझायो र उनी तयार भए। राजनीतिमा व्यस्त बाबुराम काठमाडौंको उत्तरी कुनो झोर पुगे। प्रधान मन्त्री रहेका यी गोर्खाली गाउँले सामान्य जनताको घरमा पुगे। उनीहरुसँग बसे। त्यही भान्सामा खाए। गाउँलेसँग रातिसम्म भलाकुसारी गरे। लाग्दो हो- अहो यी कस्ता असाधारण नेता।
दुई महिनाअघि यी कम्युनिस्ट नेताले चलाएको डोजरको याद गर्नुस् त। झोरमा गाउँलेको घरमा बास बस्ने बाबुरामले वाग्मती किनारमा उठिवास लगाएको हेर्न मन छ भने प्रसूति गृहसँगैको गल्लीबाट वाग्मती किनारतिर झरे हुन्छ। कसरी बाँचिरहेका छन् मानिस? उनले चलाएको डोजरका डोबमा कम्युनिस्ट नेता बाबुरामको चित्र अहिले पनि छरपस्ट अनुमान गर्न सकिन्छ।
नेपाली सिनेमामा भारतीय फिल्मको कपी सामान्य हो। बाबुराम त्यस्तै भारतीय सिनेमाको नक्कल गर्ने कुनै औशत कलाकारभन्दा फरक रहेनन्। कङ्ग्रेस महासचिव राहुल गान्धीले गरिबको घरमा रात बिताएको प्रसङ्गमा भारतीय मिडियामा 'सुपरहिट' के भएथे, बाबुराम कपी गर्न तयार भइहाले। प्रतिलिपि नै गर्नु थियो भने घरबास भएका झोरका बासिन्दा होइन, आफैंले भत्काएको सुकुम्बासीको टहरामा पुगेको भए हुन्थ्यो। संविधान बनाउन नसकेको र आफ्नै पार्टी फुटबाट जुटाउन नसकेको अवस्थामा काँठेको घरमा बास बस्दैमा बाबुरामको इमेज फेरिन्छ?

बाबुराम प्रपोगाण्डाका पर्याय नै हुन्। हेलो सरकारको हल्ला कम गरेनन् यिनले। जति हल्ला गरे, त्यसको १ प्रतिशत काम गरेको भए मुलुक धेरै सुध्रिन्थ्यो। यिनले मुगलिङका होटलमा छापा मार्न दिएको आदेशलाई मिडियाले हिन्दी फिल्म 'नायक' नै बिर्साउने शैलीका समाचार बनाए। यिनी यस कारण चाटुकार हुन : के गर्दा मिडियामा छाइन्छ, त्यही गर्ने हो यिनले।

सरकारबाट राजिनामा गरेपछि काम चलाउ बनेका माधव नेपालले अन्य मन्त्रीसमेत बोकेर सार्वजनिक बस चढेर राजधानी घुमेका थिए। गृह मन्त्री रहेका बामदेवले पनि रिङरोड घुमेर सुरक्षा अवस्था अनुगमन गरेका थिए। बाबुरामले यी दुई नेताका नाटकीय भूमिकालाई राम्रैसँगै पछ्याए। प्रपोगाण्डा हो भन्ने नबुझ्दासम्म लाग्थ्यो- अहो कोही त छ जनभावना बुझ्ने!

मुस्ताङ म्याक्स चढ्दा बाबुरामले अखबारका पाना रङ्गाएकै हुन्। मानौं यिनले मुस्ताङ म्याक्स चढेपछि अब गोल्छा समूहको करिब करिब बन्द हुन लागेको कम्पनी टिक्ने भयो। अब मुस्ताङ चढ्नेहरु ओइरिन्छन्। हो, उनी यी सबै हल्लामा सफल भए। पार्टी अध्यक्ष पुष्पकमल दाहालको लोकप्रियतालाई उछिन्न यिनले सबै हथकण्डा अपनाए।

मेयरको भूमिका निभाउँदै राजधानीका सडक फैलाउँदा धेरैले वाहवाह नगरेका होइनन्। तर ती भत्केका सडक किनारमा उडेको धुलोले अब धेरैलाई टट्याइसक्यो। जेठभित्र सडक पीच गर्ने उनको आश्वासन पनि सबैले सुनेका थिए।

सस्तो लोकप्रियता कमाउन माहिर बाबुरामले हरेक महिना आफ्नो निर्वाचन क्षेत्र जाने कार्यक्रम तय गरेका थिए। अहिले त्यसलाई लात मारे। हरेक महिना गोरखा गएपछि पत्रिका र टेलिभिजनका लागि उनको भ्रमण समाचारको विषय बनेन। समाचार बन्न छाडेपछि बाबुरामले गाउँ छिर्नु गलत ठाने र रोजे काँठ। त्यतिमात्र होइन, उनी हरिवंश र मदनकृष्णको खेती हेर्न पुगे। माधव नेपाल सरकारलाई हटाउन माओवादीले गरेको आम हड्ताल तुहाउन भूमिका खेलेका मह जोडीको खेती हेर्न जानुमा अरु कुनै कारण थिएन। 'मह जोडीलाई नेपाली समाजले आदर्श मान्छ र त्यहाँ जाँदा आफ्नो चर्चा थप चुलिन्छ,' बाबुरामले यही सोचे। अनि त्यही गरे।

हामी मिडियामा रहेकाहरुलाई बाबुरामको कस्मेटिक कुराले तान्यो। घटनाका हिसाबले उनको हरेक गतिविधि हाम्रा लागि समाचार रहे। बाबुरामले प्रपोगाण्डा गर्दै गए। हामीले त्यसलाई देश र विदेशव्यापी बनाइरह्यौं। किनकि बाबुराम रामभन्दा ठूला राम हुन। यिनको रामगिरीले मुलुकलाई कहाँ पुर्‍याउने हो, त्यो राम नै जानून्।

प्रतिक्रियाहरू (65)Add Comment
0
ramchandra baral
June 16, 2012
202.70.82.33
भोट: +34
...

nice coments,

0
Prakash Gautam
June 16, 2012
49.244.157.176
भोट: +47
...

YO malai ek pachhiye lagyo. Dojor chalaunu ma baburam ko communist charitra charapasta bhako chhaina.. baru ramro kam ko suruwat bhayeko chha..

0
jogi singh
June 16, 2012
2.98.253.136
भोट: +18
...

baburam le ta dojar matra chalaye tapaile ta 15000 nepali lai nirmamata purbak marnubhacha. kati bepatta ani kati gharbar bihin chan. tapaile kati janata ko uthibas lagaunubho janayuddha ko naamma. baburam ko yo kukarma ta kehi hoina...

0
aamakomaya
June 16, 2012
202.176.12.226
भोट: +10
...

timile positive lekhna chai janeko chaina ... kina yesto lekheko... laag lagdaina......baburam ko yo aabhiyaan sanga timro ke rish ....

0
नेपाली
June 16, 2012
124.41.238.160
भोट: +31
...

एस्तो वाइहात लेख लेखेर आफ्नो समय बर्बाद नगर्नु भए हुने हो ऋषिकेश दाहाल जी | राम्रो कुरालाइ तपाई अरुको नक्कल गर्यो भनेर भन्न मिल्दैन |

0
srijana
June 16, 2012
129.241.133.94
भोट: +31
...

राजनीति गरेर कपाल फुलाएका, बार्सौ जनतासँग बसेर युद्ध ladeka नेतालाई जनताका समस्या थाहा छैन होला र घर्-घर् जान आवस्यक् हुनु।।
हे भगवन्।। बाबुरामले काम गरेर देखाउलन् कि भन्ने कत्रो आसा थ्यो।।तर nautanki मात्र देखाउने रछन् इनि पनि।

0
paban
June 16, 2012
119.197.101.251
भोट: +15
...

bastab ma sahi bisleshan ho yo

0
lokendra
June 16, 2012
110.33.13.36
भोट: +11
...

Hrishikesh ji baburam prati garnu bhayako tippani sarai yathartha parak chha.agamidinmapani yastai tippani padhnapaiyos. Thanks a lot.

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
Ramprasad Paudel
June 16, 2012
49.244.181.76
भोट: +22
...

पत्रकारहरु खान पाउन्जेल एउटाको गुणगान गाउँछन् खान पाउन छोडेपछि तिनैको उछित्तो काढ्छन् । तपाइले गरेको पनि त्यही हो। पत्रकारहरु त्यतिकै पिटिँदैनन भन्ने बल्ल बुझ्दैछु ।

0
adhikariamir
June 16, 2012
49.244.155.100
भोट: +20
...

साच्चिँनै, यो बाबुरामको देखाउने हात्तीको दाँत जस्तो मात्र भाको छ । प्रोपागाण्डामा महिर तुलिहेका बाबुरामको हरेक चालले यो प्रस्ट गर्छ कि, यो सबै त जाने नबुजेका नेपाली लाई झन्, मुर्ख बनाउने रणनिती मात्र हो । हुन त कम्युनिष्ट सासनमा जनता गरीब, बेरोजगार अनि खान बस्न नपाउने भएनन् भने त कम्युनिष्टको भोट नै रितीने डर छ । अनि प्रगतीको नाउँमा , यो फोहोर खेल खेल्दै छन् बाबुरामका घातक सोचाइहरु !















0
sameer poudel
June 16, 2012
58.106.90.201
भोट: -1
...

yo wohiyaat bislesan bhayo.....try to be professional Dahal ji.

0
asish shrestha
June 16, 2012
49.244.219.34
भोट: -2
...

ramro manchi ko kura katne haru dhera huncha so tapali le pani euta asal manche ko kura katdai hunuhuncha

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
Suresh
June 16, 2012
212.21.59.5
भोट: -2
...

Rishikesh ji! Ramro sochnush ani ramra ramro blog haru lekhnus. yesta kura haru lekhera aafno samaya ani hami jasta pathak ko samaya khera na falnush. Jai Hosh!!

0
kiran
June 16, 2012
213.7.113.8
भोट: +10
...

Tito satya tar kehi naalaayak netaaharukaa andhaa bhaktaharulai satya pachadain Nepali janataako bidmabanaa

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
manik
June 16, 2012
78.101.198.118
भोट: -3
...

comment haru le nai batauchhan kati shudda sabda haru chhannu bhayeko rahechha lekhak jiu...
bakwaass!!!!!!!!

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
Bharat Regmi
June 16, 2012
141.0.10.146
भोट: +9
...

Baburam ji mero ghar ma pani khana aune ki,tapai jasto asafal,nalayak,kam nalagne ra kura matra badhi garne, neta lai ma bhat ta hoina laat chai dhinchu.yad rakhnus,tapai ko karyakarta ko ghar ma matra janu hola khana khana,sachikai nepali janata ko ghar ma pugnu bhayo bhane khana ta paunu huncha,tara tesma bish misiyeko huncha.tapai ko noutanki hamile buji sakeu.

0
Nepali Bahadur
June 16, 2012
178.152.57.207
भोट: +20
...

भोलि पर्सि आफ्नै खर्च मा चुनाब प्रसार गर्नु भन्दा अहिले नै गर्न पाए सरकारी पैसा मा मोज नि हुने अनि जनता मा बढी प्रभाब नि पर्ने भएको ले मौका मा चौका हान्नै पर्यो नि | टीबी मा वाई वाई को बिज्ञापन गर्या जस्तै हो | हिजो गाउँ मा गएर लुटेर खान्थे आज मागेर खान्छन | सुध्रिन त सुध्रिएका छन् नि ..

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
suresh
June 16, 2012
113.199.145.35
भोट: +7
...

baburam ko ta ejjat nai utaridiyo...haha ...LOL

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
Binak
June 16, 2012
115.69.58.41
भोट: +13
...

It is clear that Baburam is just after power. He is not realistic and wants to cheat Nepalese people again and again with false hopes.

0
रबि मर्हजन
June 16, 2012
82.145.216.56
भोट: +15
...

लेख एकदमै सार्न्दभिक छ । बाबुराम कस्तो मनुष्य हो भनेर सबैलाई थाहा भईसक्यो । थाहा पाई पाई पनि थाह नपाएको जस्तो गर्ने बाबुरामको हनुमानहरु धेरै छन् यहाँ ।

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
Dipsan
June 16, 2012
178.152.9.57
भोट: +5
...

Baburam Jasta ko support garni nepali janta dekhda laj lagera aau6.,.Thanks Rishsikesh ji yesta haru ko kukarma ko barema lekhdai januhos hami jasta nepali ko sath sadhai hun6 tapai lai.,.,.,,.

0
Jeewan Gorkhali.
June 16, 2012
88.90.199.78
भोट: -1
...

Birod ko nam ma birod matrai ho suruwat nai nagari ante kasari hunchha kura raheo sukumbasi ko kathmandu ko sarbajanik jagga kabja garera tahara banaune haru sukumbasi hoinan sukumbasi lai sarkar le bebasthit garnuparchha teo alag kura sarkar lai chetana hunu parchha tara adhikar ko nam ma jahapayo tehi kabja garna paindaina thapathali,hos ya manahara ma basne haru lai uchit bebastha sarkarle garnu parchha ,ra tini harule pani khusi sath teo thaun chhodnu parchha.
P.M. le gaunle ko ghar ma gayara basnu khanu kunai thulo kuro hoina ra teslai Nakkal gare ko bhannu pani mildai na sabai kura ko birod matrai garnu ramro hoina ,galat kuro galat ra thik kuro thik bhanu hamro artharth janata ko kam ho ktm ma dojar lagaya ra jun kam ko suruwat gare ka chhan PM lai dhannewat dinai parchha dhulo dhuwa ra hilo ta taba samma rahanchha jaba samma hamile afain lai asal nagarik ma parinat garna sakdainam .sabai sarkar le garchha bhane ra basnu nai hamro niyati vaisake ko chha ,asko artha sarkar ramro chha vane ko pani hoina hami sabai positive huna sakeun vane kanun ko palana garem vane afain pariwartan hunchha .
Birod garne le tesko solution dina pani saknu parchha tapain le pointed garnu bhayaka kura ko solution arko anka ma dinu hunchha vanne asa gardachhu Dahal ji.. .Dhanewat

0
krishna paudel
June 16, 2012
37.191.216.102
भोट: +0
...

nikainai aakpachiye ra sankrinata ra manasik daridrata le bhariyeko lekh.

0
maiya
June 16, 2012
141.48.223.1
भोट: +2
...

बाबुरामको दिमाग ले देश चलेको छैन कि तेस्को बुढी को दिमाग ले देश चलायको छ | आफ्नै दिमाग प्रयोग गरेको भय त पक्कै के ही राम्रो गर्थ्यो होला नी... यो त सबै नाटक भैहाल्यो नी |
सो केही गर्ने हो भने पहिले बुढी गच्छदार ग्रुप र प्रचन्डसंग डीवोरर्स गर बाउराम अनि केही गर्लाउ कि

0
youmesh
June 16, 2012
27.109.164.98
भोट: +3
...

thick kura ho

0
prakash123
June 16, 2012
113.199.139.99
भोट: +6
...

sambidhan lekhna sakera santi ra arthik bikash ko jag baaslna sakeko vaye ani raj neta hunthey aaile ko kam ta yen ko ram leela ko dhartware ko jasto vo........just dekhauti

0
khadka rana
June 16, 2012
83.37.44.50
भोट: +7
...

risi kesh ji ko comment ramro lagoo ..yo baburam 15 hajar nirdos nepali janata ko mirtu sanga jodiyako manchhe ho. ajja fayri khokro nara diya ra hidcha.

0
K.C.
June 16, 2012
202.58.97.66
भोट: +2
...

सबैले मान्छन् कि बाबुराम नेपालको एक राम्रो नेता हुन्, तर देश बनाउन र जनतालाई राहत दिन खोजेकै हुन् भने ............. एउटा/दुइटा गाउँ घुमेर मात्र जनता खुसि हुँदैनन्,ऋषिकेश दाहालले भनेझैं ............ बाबुराम लोकप्रिय हुन बढी खोजे ता कि जनताको सेवा भन्दा

0
Sandesh Pun
June 16, 2012
49.244.214.19
भोट: +0
...

पत्रकार को नाममा कलँक हो ऋषिकेश दाहाल भन्ने मान्छे ।।।

0
shredhar gaire
June 16, 2012
94.59.32.39
भोट: +4
...

लेख राम्रो छ तर बाबुराम ले गरेकोकाम पनी नराम्रो छैन बाबुराम ले गर्नु पर्ने धेरै काम अरुपनी छन सस्तो लोक प्रियता दिनेकाम पनी मिडियाले नै गरेको हो .कि बाबुराम ले नै म एस्तो गर्दै छु टि.भी रेडियो पत्रपत्रीका मा समाचार पर्सारन गर्न परो भनेर कतिको भन्छन त्यो पत्रकार लाई नै थाहा होला ,

0
Dr. Tara Koirala
June 16, 2012
125.60.240.237
भोट: -3
...

I think this article is purely one sided and written by a frustrated person. Lets give at least few credits to our PM even though there were lots of pitfalls.

0
krishnakd
June 16, 2012
49.244.4.158
भोट: -1
...

यो मिसन पत्रकारिता हो ब्यबसाहिक पत्रकारिता गर्ने मान्छे होइन रछ

0
Saroj
June 16, 2012
116.66.193.244
भोट: +1
...

Good analysis, Sir.

0
niraj dangi
June 17, 2012
92.96.11.180
भोट: +0
...

hera patrakar mitra timilai pani neta ko vasan ko samachar chapa vanera kasaile vaneko chaina timi pani sirjansil kura khoji gara chapa des ma bahu sankhak krishak chan unarko lagi ramro lekh leka vat mara kam nagar vai timi afno hit yesai ma cha

0
हरीश‌कर रावल
June 17, 2012
49.244.26.110
भोट: +10
...

कुरा जे भएपनि बाबुरामसँग जनताले धेरै आशा गरेका थिए । उनी पनि अरुभन्दा कम रहेनछन भन्ने चाही थाहा भयो ।

0
khim neupane
June 17, 2012
118.131.222.114
भोट: -3
...

patra kar eak pachhya bhayera hudaina tapai lai ta kp oli susil kamal thapa ko gudgauna paye ramro hunethiyo hola aba yo des ko sumanat chahane ho bhane baburam is the best priminister.only he.

0
roshan
June 17, 2012
124.41.203.134
भोट: +4
...

1 dum sahi kuro lagyo. Malai pani mawoist neta haru ma alikati baburam lai nai thik lagthyo. tara aja des ko prateyek ghatana kelauda baburam jasto khatarnak neta aru koi chhaina. khattam banaune vayo.

0
Unan
June 17, 2012
49.244.222.85
भोट: +2
...

Dear Rishikesh jee
I spent my 5 minutes time upon yours analysis but it made me more than 25 minute to thinking about it. I got your comments is just for comment not for any fair analysis. This kind of analysis would made people more negative attitude. May you haven't sense of positive thinking and creativeness. Please don't waste time for this kind of worthless and cheap analysis without any positive way outs.

0
Surendra Chhantyal
June 17, 2012
116.90.224.116
भोट: +9
...

राजा मर्दाको दिनमा मासु र भात खाने तपाईं नै होइन र दाहाल बन्धु ? la moj garnus .
smilies/grin.gif

0
T N Ghimire
June 17, 2012
113.199.129.228
भोट: -3
...

Risi jee please carry on.

Don't worry with the comments Whoever and whatever they make.

I like this.

T N Ghimire

0
vishal limbu
June 17, 2012
5.36.25.65
भोट: +2
...

i think what baburam has done and is trying to do is good for the country. no politicians before has done such! there will be birodh and pratikar whenever you start some thing new. but you will win. keep up baburam. YOU MADE US BELIVE IN CHANGE.

0
limbu
June 17, 2012
5.36.25.65
भोट: +0
...

waiyat lekh. des ra janatalai bias report report dina ma khappis chan nepali patrakar haru. yesto bias report lai pratikar garau hami sabai milera.

0
badri
June 17, 2012
49.244.217.79
भोट: +12
...

पत्रकारहरु खान पाउन्जेल एउटाको गुणगान गाउँछन् खान पाउन छोडेपछि तिनैको उछित्तो काढ्छन् । तपाइले गरेको पनि त्यही हो

0
Nilhari koirala
June 17, 2012
49.244.4.194
भोट: +2
...

लेख एकदमै सार्न्दभिक छ । बाबुराम कस्तो मनुष्य हो भनेर सबैलाई थाहा भईसक्यो । थाहा पाई पाई पनि थाह नपाएको जस्तो गर्ने बाबुरामको हनुमानहरु धेरै छन् यहाँ ।

0
Hari Simkhada
June 17, 2012
49.244.6.244
भोट: -1
...

कालोलाई कालो र सेतोलाई सेतो भन्दा पनि जस नदीने नेपाली जनता प्रती मेरो दुखेशो छ। किनकि बाबुरामले अर्थमन्त्री हुदाँ जति देश र जनताको लागी काम गरेका थिए, प्रधान मन्त्री हुदा खाली चर्चामा आउँन मात्र खोजेको देखीन्छ। त्येसैले यो लेख शत प्रतिशत सहि छ।

0
Rupesh Silwal
June 18, 2012
80.2.124.52
भोट: +0
...

yo dun have quality to be journalist you better go and sell vegetable in kalimati...

0
Nabrajsubedi
June 18, 2012
116.66.193.244
भोट: -2
...

bekar ko lekha. kina baburam mathi khaniyeko ?baburam nepal ko pride hun.

0
Sirjana2
June 18, 2012
49.244.145.101
भोट: +2
...

उनले गरेका कामका सकारात्माक पाटापनि त होलान समाजमा सकारात्मक सोच बडाउन योगदान दिनुपर्ने पत्रकारहरु वय्क्तिको ऊछित्तो काट्नमा व्यस्त छन्।

0
harish
June 18, 2012
129.177.138.109
भोट: +0
...

yo patrakar pani kaite nai dekhinchha tara baburam pani kaite nai rahechha,

ma ta vanchhu patrakar vanda baburam maha kiate

0
Subash Basnet
June 18, 2012
49.244.26.147
भोट: +1
...

Ghatiya lekh. Ramro kaam ma naramro lekhera afai popular banna khojera vaena ni bandhu..baru investigative journalism tira po jaane ki

0
Om Prakash Poudel
June 18, 2012
122.58.67.248
भोट: +2
...

सबै भन्दा पहिला हामी नेपालीहरुको सोचाई परिबर्तन हुन जरुरी छ
अनि मात्र देशले संब्रिदी हासिल गर्न संभब हुन्छ। सरकारको तलब खाने अनि आफ्नाहरुको काम गर्ने प्रबृती जब सम्म रहिरहन्छ तब सम्म नेपालमा सरकारी जागिरे भन्द अरु साधारन जनताको हित कल्पना गर्न गाह्रो छ।

0
prakash bhattarai
June 18, 2012
124.41.223.126
भोट: +1
...

badi vo aru lai j bhane ni maha jodi lai kina misako lekhak le yo galat ho

0
prakash bhattarai
June 18, 2012
124.41.223.126
भोट: +3
...

tapai kun party ko ho jankari pauna ..............patrakar mitra

0
yubaraj gurung
June 18, 2012
113.199.151.64
भोट: +3
...

baburam bastab ma kam vanda hallanai badi garaune kura bastabik ho ... thanks yo lekha ko lagi

0
सन्देश
June 18, 2012
202.45.147.126
भोट: +2
...

ठालू वन्न कम्युनिष्ट हुनेहरुको पारा यस्तो हो नि...

0
sandesh
June 18, 2012
202.45.147.126
भोट: +3
...

नेपाली नेताहरुको संस्कृति हो यो

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

ट्याग्स

कमेन्ट