Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

प्रवास

बुद्धको जन्मबारे विवाद नगरौं : दलाई लामा

(16 votes, average 3.00 out of 5)
संगीता मरहट्टा, लण्डन, असार ८- तिव्वती बौद्ध धर्म गुरु दलाई लामाले बुद्धमार्गको विकास भारतबाट सुरु भएको बताएका छन्। एक सातादेखि बेलायत भ्रमणमा रहेका लामाले बुधबार अल्डरसोट स्थिति एक भव्य रंगशालामा आयोजित कार्यक्रममा सयौ नेपाली र बेलायती दर्शककाबीच गौतम बुद्ध नेपाल वा भारत जहाँ जन्मिभए पनि त्यसलाई ठूलो नमान्न आग्रह गरेका हुन्।
विस्तृतमा

नेपाल चिनाउँदै पूर्व मिस अष्ट्रेलिया

(5 votes, average 4.20 out of 5)
नेपाल चिनाउँदै पूर्व मिस अष्ट्रेलिया
ऋषि आचार्य, सिड्नी, असार ८- 'नेपाल पृथ्वीको स्वर्ग हो' सिड्नीमा आयोजित नेपाल प्रवर्द्धनसम्बन्धी एक कार्यक्रममा बोल्दै अष्ट्रेलियन सुन्दरी क्यारोलिन पेम्बर्टनले जीवनमा एक पटक नेपालको भ्रमण गर्न अनुरोध गरिन्।
विस्तृतमा

सिड्नीमा राजदुत नेपालको स्वागत

(4 votes, average 3.50 out of 5)
सिड्नीमा राजदुत नेपालको स्वागत
ऋषि आचार्य, सिड्नी (अष्ट्रेलिया), असार २- अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली राजदुत रुद्र कुमार नेपालको शुक्रवार सिड्नीबासी नेपालीले भब्य स्वागत गरेका छन्। नेपाली वाणिज्यदूत नर्थ सिड्नीस्थित कार्यालयमा आयोजना भएको कर्यक्रममा सिड्नमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुले राजदुत नेपालको स्वागत गर्दै कार्यकालको सफलताको कामना गरे।
विस्तृतमा

मिस नेपाल एनआरएन युकेको सद्‍भावना दूत

धर्मराज अधिकारी, बेलायत, जेठ २९- गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले मिस नेपाल २०१२ कि विजेता सृष्टि श्रेष्ठलाई एनआरएन युकेको सद्‍‍भावना दूतमा घोषणा गरेको छ। श्रेष्ठको सम्मानमा 'इभेण्ट्स एण्ड आइडीयाज'ले आइतबार स्लाउस्थित एज एसियामा आयोजना गरेको कार्यक्रममा एनआरएन युकेका अध्यक्ष कुल आचार्यले उनलाई सद्भावना दुत घोषणा गरेका हुन।
विस्तृतमा

जर्मनीको नेपाली दूतावास भवन बिक्री नहुँदा करोडौं नोक्सानी

(2 votes, average 4.50 out of 5)
चिरन शर्मा, जेठ २१- करिब एक दशकदेखि बिक्रीका लागि राखिएको बोनस्थित नेपाली दूतावास भवन र आवास भवन बिक्री हुन नसकेकाले नेपाललाई करोडौं नोक्सान पुगेको छ। सरकार र परराष्ट्र मन्त्रालयको असहयोगका कारण बिक्री प्रक्रिया अघि बढ्न नसकेको जर्मनीका लागि नेपाली राजदूत सुरेश प्रधानले बताएका छन्।
विस्तृतमा

अष्ट्रेलियाको उच्च शिखरमा नेपाली झण्डा

(14 votes, average 3.36 out of 5)
अष्ट्रेलियाको उच्च शिखरमा नेपाली झण्डा ऋषि आचार्य, सिड्नी, अष्ट्रेलिया, जेठ २०- सगरमाथा आरोहण दिवसको अवसर पारेर नेपाली युवाहरुले अष्ट्रेलियाको उच्च शिखर माउण्ट कोजुअस्किको सफल आरोहण गरेका छन्।
विस्तृतमा

दक्षिण कोरियामा काम गर्न गएका एक नेपालीको मृत्यु

(1 vote, average 3.00 out of 5)
खेम कार्की, दक्षिण कोरिया, जेठ १९- इपिएसमार्फत् दक्षिण कोरिया आएका ललितप्रसाद फोम्बोको मृत्यु भएको छ। फोम्बो फेन्थेक सहरको जिन्विम्यन उन्सानमी छिउ सानअफ कम्पनीमा कार्यरत् थिए। तेह्रथुम घर भएका २४ वर्षीय फोम्बोलाई श्वास/प्रश्वासमा समस्या आएपछि साथीहरुले अस्पताल पुर्‍याएका थिए।
विस्तृतमा

नेपाली दुतावास डेनमार्कमा गणतन्त्र दिवस

प्रकाश ढकाल, कोपनहेगन, जेठ १६-देशमा गणतन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै डेनमार्कस्थित नेपाली दुतावासले गणतन्त्र दिवसलाई एक भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रममा राजदुत मुक्तिनाथ भट्ट तथा दुतावासका कन्सुलर प्रकाश कुमार सुवेदीले आगन्तुक डेनमार्कबासी नेपालीहरुलाई स्वागत गरेका थिए।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  Next 
  •  End 
  • »
Page 1 of 5
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता