कोलकाता, वैशाख ३ (नागरिक)- संयुक्त नेपाली केन्द्रीय सेवा संघले भारतको कोलकातास्थित भारतीय भाषा परिषद्मा सेतु बन्धन तथा नेपाली लोक सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
ऋषि आचार्य, सिड्नी, वैशाख २- गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले स्थापना गरेको सामाजिक कल्याणकारी कोषको लागि सिड्नीमा विश्वशान्ति महायज्ञ तथा श्रीमद्भागवत् पुराण संचालन भैरहेको छ।
धर्मराज अधिकारी, लण्डन, चैत २६- पूर्व गोर्खाहरुले अप्रिल २४ मा प्रधानमन्त्री डेबिड क्यामरुनलाई भेट्ने भएका छन। अप्रिल २४ गोर्खा सैनिकका लागि पिडादायी दिन भएको स्मरणमा विरोध स्वरुप प्रधानमन्त्री क्यामरुनसँग भेटगरी आफ्नो पीडा पोख्ने भएका हुन्।
चिरन शर्मा, लण्डन- नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिहं केसीले माओवादीसँग पटकपटक भएका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै समयमै संविधान बन्ने आधार नभएको बताए।
काठमाडौँ, चैत २२- अमेरिकास्थित सिकागोको आमोड सहरमा गुड्दै गरेको कारबाट हामफालेर एक नेपालीको मृत्यु भएको छ। विगत दश वर्षदेखि सिकागोमा बस्दै आएका दिनेश श्रेष्ठ (अमात्य) ले हामफालेका थिए। सो गाडी उनको श्रीमतीले चलाएकी थिइन्।
प्रकाश ढकाल, कोपनहेगन, चैत १८- बिपी कोइरालाको जीवनमा आधारित डकुमेन्ट्री डेनमार्कमा प्रदर्शनी गरिने भएको छ। जनसम्पर्क समिति डेनमार्कको आयोजनामा उक्त डकुमेन्ट्री प्रदर्शन गर्न लागिएको हो।
गोविन्द परियार, लन्डन- बिहानको सात बज्दै थियो। उत्तरपूर्वी लन्डनको उलविइच पार्कमा ढाका टोपी लगाएका केही वृद्धहरू गफिँदै थिए। पार्कको मध्यभागमा राखिएको 'वाइड स्त्रि्कन' टेलिभिजनमा लन्डन ओलम्पिकको झलक प्रसारण हुँदै थियो। म्याग्दी देवीस्थानका कर्णबहादुर पुन, ७१, का आँखा त्यो सरकारी टेलिभिजनमा परेको छैन। उनी कास्की पोखराका रुपसिंह गुरुङसँग भलाकुसारी गर्दै थिए।
चिरन शर्मा, लण्डन, चैत १०- नर्थ वेष्ट कलेज रेडिङमा बिजनेस म्यानेजमेन्ट अध्ययनरत सुवाश भण्डारीले आत्महत्या गरेका छन् । बेलायतको नर्थ ह्याम्टनमा बसोबास गर्ने भण्डारी मंगलबार बिहान काममा जार्दै गर्दा बाटोमा पर्ने नर्थह्याम्टन पार्कको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। श्रीमतीको ओड्नेमा झुन्डिएर आत्महत्या गरेको साथी बुद्धिबहादुर तामाङले बताए।