प्रवास

दस बुँदे घोषणापत्र जारी गर्दै एनआरएन क्यानडाको सम्मेलन सम्पन्न

गैह्र आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् क्यानडा (एनआरएन क्यानाडा) को पाँचौ राष्ट्रिय सम्मेलन अल्वर्टाको एडमन्टन सहरमा  एडमन्टन घोषणापत्र जारी गर्दै सम्पन्न भयो। यही  मे १९ र २०  गरी दुई दिनसम्म चलेको सम्मेलन उद्‍घाटन सत्र र वार्षिक साधारण सभा गरी दुई चरणमा बाँडिएको थियो।
विस्तृतमा

दलाइ लामाले नेपाली समुदायलाई प्रवचन दिने

(6 votes, average 3.67 out of 5)
चिरन शर्मा, लण्डन, जेठ १०- बौद्ध धर्म गुरु दलाई लामाले लण्डनको नेपाली समुदाय माँझ प्रवचन दिने भएका छन्। आगामी जुनको तेस्रो साता बेलायत भ्रमणमा रहने लामाले ब्रिटिश कम्युनिटी सेन्टर युकेको आयोजना हुने कार्यक्रममा प्रवचन दिन लागेका हुन्।
विस्तृतमा

लगानीको म ग्यारेण्टी गर्छु : डा. महतो

(1 vote, average 5.00 out of 5)
धर्मराज अधिकारी, लण्डन- गैर आवासीय नेपाली सङ्घ (एनआरएन) आइसीसीका संरक्षक एवम् संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनआरएनको लगानी आफूले ग्यारेण्टी गर्ने विश्वास दिएका छन्।
विस्तृतमा

सेती बाढी पीडितलाई डेनमार्कबासीको सहयोग

प्रकाश ढकाल, कोपनहेगन, जेठ ६- माच्छापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखलामा गएको हिउँ पहिरोका कारण सेतीनदीमा आएको बाढीका पीडितहरुलाई डेनमार्कमा बसोबास गर्ने नेपालीहरूले सहयोग गरेका छन्।
विस्तृतमा

कोपनहेगन म्याराथुनमा भाग लिँदै नेपाली

(3 votes, average 5.00 out of 5)
कोपनहेगन म्याराथुनमा भाग लिँदै नेपाली
प्रकाश ढकाल, कोपनहेगन, जेठ २-  उनको कोठामा शारीरिक अभ्यास तथा व्यायाम गर्ने सामानहरु यत्रतत्र देख्न सकिन्छ र कोठाको एउटा कुनामा ट्रेडमिल (दौडन मिल्ने मेशिन) छ जहाँ उनी संधैजसो १० देखि १५ किलोमीटर दौडी रहन्छन। त्यति मात्रै हैन बाहिर मैदान र सहरका गल्ली हरुमा पनि दैनिक १० किलोमीटरसम्म दौडने गर्छन्।
विस्तृतमा

दूतावासको एक वर्ष उपलब्धिमुलक : राजदुत चालीसे

(3 votes, average 3.00 out of 5)
धर्मराज अधिकारी, लण्डन, जेठ १- बेलायतका लागि नेपाली राजदुत सुरेशचन्द्र चालीसेले गएको एक वर्षमा नेपाल- बेलायत सम्बन्ध उपलब्धि मुलक रहेको बताएका छन्। सन् २०११ र १२ मा दूतावासले आर्थिक कुटनीतिक, वेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण, नेपाली समुदायको सशक्तिकरण, नेपालको पर्यटन विकास लगायतमा विशेष भूमिका निर्वाह गरेको बताए।
विस्तृतमा

होचा चन्द्रबहादुरको अष्ट्रेलियामा भव्य स्वागत (फोटो फिचर)

(12 votes, average 5.00 out of 5)
होचा चन्द्रबहादुरको अष्ट्रेलियामा भव्य स्वागत (फोटो फिचर)
ऋषि आचर्य, सिड्नी (अष्ट्रेलिया) वैशाख ३१- सिड्नी विमानस्थलमा तालीको गड्गडाहट र बेलुन उडाएर संसारकै सबैभन्दा होचा व्यक्ति चन्द्रबहादुर डाँगीलाई सिड्नीबासीले भब्य स्वागत गरेका छन्। नेपालको राष्ट्रिय झण्डा बोकेका झन्डै ४० दर्शकहरु डाँगीलाई लिन विमानस्थल पुगेका थिए। डाँगीलाई यहाँको लोकप्रिय रेडियो नोभा एफ एम ९६.९ मेगाहर्जले एक हप्ताका लागि सिड्नी ल्याएको हो।
विस्तृतमा

सिड्नीमा साहित्यकार संरक्षण कोष स्थापना

(4 votes, average 4.50 out of 5)
ऋषि आचार्य, सिड्नी, वैशाख ३०- नेपाल र विश्वको कुनै पनि कुनामा रहेका नेपाली साहित्यकारहरुलाई सहयोग गर्ने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा साहित्यकार संरक्षण कोष कोष स्थापना गरिएको छ। सिड्नीबाट सञ्चालित साताको साहित्य डटकमले कोष संचालनको काम थालेको हो।
विस्तृतमा
Page 2 of 5
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता