Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

गाडीमा ठोक्किएर साउदीमा एक नेपालीको मृत्यु

E-mail Print
(0 votes, average 0 out of 5)
सइन्द्र राई, खोटाङ, वैशाख २८– गाडीको ठक्करबाट साउदी अरबमा खोटाङका एक जनाको मृत्यु भएको छ। आफू कार्यरत् अलहेड कम्पनीको गाडीको ठक्करबाट खार्मी–९ का रामनाथ राईको बुधबार मृत्यु भएको हो। राईलाई ठक्कर दिने भारतीय चालक पक्राउ परेका छन्। राई यस वर्ष घर आउने तयारी गर्दै थिए।

साउदीस्थित दम्माम शहरको सडकको छेउमा विद्युतको पोल गाड्ने क्रममा गाडीले ठक्कर दिँदा राईको घट्नास्थलमै मृत्यु भएको सोही कम्पनीमा कार्यरत् अमरबहादुर राईले टेलिफोनमार्फत् जानकारी दिए।

रोजगारीका सिलसिलामा राई ९ वर्षअघि साउदी अरब गएका थिए। यसबीचमा जम्मा एक पटक ६ वर्षअघिमात्र बिदा लिएर घर आएका थिए।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता