Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

सिड्नीमा साहित्यकार संरक्षण कोष स्थापना

E-mail Print
(4 votes, average 4.50 out of 5)
ऋषि आचार्य, सिड्नी, वैशाख ३०- नेपाल र विश्वको कुनै पनि कुनामा रहेका नेपाली साहित्यकारहरुलाई सहयोग गर्ने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा साहित्यकार संरक्षण कोष कोष स्थापना गरिएको छ। सिड्नीबाट सञ्चालित साताको साहित्य डटकमले कोष संचालनको काम थालेको हो।

साताको साहित्य डटकम का सम्पादक निष्प्रभ सजी का अनुसार शुरुवातको लागि अष्ट्रेलियन १००० डलर कोषमा जम्मा गरिएको छ। कोषमा एक वर्षभित्र १० हजार डलर जम्मा गर्ने लक्ष्य रहेको सजीले बताए।

लेखक अथवा साहित्यकारलाई आपतकालिन समयमा आफ्नो क्षमताले सकेसम्म यो कोषको रकम साताको साहित्यले परिचालन गर्नेछ।

सम्पादक सजीका अनुसार साताको साहित्य डट कमले यस कार्यका लागि संसारभरिबाट नेपाली साहित्यको सम्बृद्धिका लागि खटिरहेका साहित्यकर्मी र साहित्यिक संघ सस्थाहरूसँग निरन्तर सहकार्य गर्नेछ। "यो एउटा शुरुवात हो। यो मेरो वा उसको होइन, यो हाम्रो हो, र हाम्रै लागि हो। हामीलाई केही साथीहरूले यस कोषको लागि सहयोग रकम पनि घोषणा गरिसक्नु भएको छ।" सम्पादक सजिले नागरिकन्युजलाई भने " सर्जक तथा साहित्यकार प्रति डायस्पोराको पनि दायित्व हुन्छ भनेर यो अभियान शुरु भएको हो।" सिड्नीमा रहेका लेखकहरू डीला खरेल, प्रदिप चापागाईं, संजीव पाण्डे र नेपालबाट कवि सुमन घिमिरेले कोषको शुरुवातमै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैबीच सन २००९ देखि साहित्यिक अनलाईन ब्लगको रुपमा स्थापना भएको "साताको साहित्य", वेभसाइटको रुपमा सन २०११ मा परिणत भए पश्चात, यस वेभसाइटका पाठकहरू र लेखकहरू लाई थप उर्जा दिने उद्धेश्यले नेपाली नयाँ बर्ष २०६९ (अप्रिल २०१२) को अवसर पारेर "साताको साहित्य पुरस्कार"को स्थापना गरेको छ। यो पुरस्कार यस वेभसाइटमा बर्षभरी छापिएका रचनाहरू मध्ये पाठकहरूको प्रतिक्रिया र छनोटलाई मुल्याकंन गरेर उत्कृष्ट छानिएको रचनाका लेखकलाई प्रदान गरिने छ। छनौट क्रममा, पाठकहरूको प्रतिक्रियामार्फत् तिन उत्कृष्ट रचनाहरू सम्पादन समुहले छान्ने छ, र त्यस मध्यबाट पनि उत्कृष्ट छानिएको रचनाका लेखकलाई "साताको साहित्य सम्मान" पुरस्कार प्रदान गरिनेछ। उक्त सम्मान स्वरुप, लेखकलाई उसको साहित्यिक यात्रामा थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले दश हजार रुपैया र प्रमाण पत्र, साताको साहित्यको बार्षिक उत्सवको अवसर पारेर प्रत्येक बर्षको अगष्ट महिनामा प्रदान गरिने सम्पादक सजीले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता