कोपनहेगन म्याराथुनमा भाग लिँदै नेपाली

E-mail Print
(3 votes, average 5.00 out of 5)

प्रकाश ढकाल, कोपनहेगन, जेठ २-  उनको कोठामा शारीरिक अभ्यास तथा व्यायाम गर्ने सामानहरु यत्रतत्र देख्न सकिन्छ र कोठाको एउटा कुनामा ट्रेडमिल (दौडन मिल्ने मेशिन) छ जहाँ उनी संधैजसो १० देखि १५ किलोमीटर दौडी रहन्छन। त्यति मात्रै हैन बाहिर मैदान र सहरका गल्ली हरुमा पनि दैनिक १० किलोमीटरसम्म दौडने गर्छन्।

एक वर्षदेखि नियिमत दौड्दै आएका काठमाडौं महांकालका मनोज दाहालको उद्देश्य आइतबार डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना हुने 'कोपनहेगन म्याराथुन' सफलतापूर्वक सम्पन्न गर्नुछ।

यो प्रतियोगिता प्रत्येक वर्षको में महिनामा आयोजना हुने गर्छ। १९८० देखि प्रत्येक वर्ष हुँदै आएको खुल्ला म्याराथुनमा भाग लिन संसारका विभिन्न देशबाट प्रतियोगिहरू कोपनहेगन आउँछन्। प्रतियोगितामा भाग लिनेको संख्या न्यूनतम पनि १० हजार हुने गर्दछ।

४२ किलोमिटरको दौड ६ घण्टा भित्र पार गर्नु पर्ने हुन्छ। ६ घण्टा पछि पार गर्नेलाई कुनै मान्यता हुँदैन तर ६ घण्टाभित्र पार गर्ने सबैलाई विशेष सम्मान का साथ मेडल र प्रमाणपत्र दिने गरिन्छ। अघिल्लो वर्ष मात्र करिब २ हजार प्रतियोगी ६ घण्टा भित्र पार गर्न सकेको उल्लेख छ। यस पटक म्याराथुनमा ११ हजार ३ सय जनाले भाग लिने पक्का भएको छ। यस वर्षको म्याराथुनमा दाहाल दक्षिण एशियाबाट नै एक्लो हुन्। उनका अनुसार उनले चार घण्टामा दौड पूरा गर्ने लक्ष्य लिएका छन्।

पाँच वर्ष देखि डेनमार्क मा अध्यनरत दाहाल नेपालमा रहँदा कुनै खेलसँग सम्बधित नरहे पनि आफनो ज्यानको तंदुरुस्तीको लागि सामान्य व्यायाम र दौड भने गर्ने गरेको बताए। एक वर्ष अगाडी उनको तौल ७८ किलो रहेकोमा शारीरिक अभ्यास र दौड बाट उनले आफनो तौल १८ किलो घटाई सकेका छन्। त्यों पनि यही म्याराथुन मा भाग लिनको लागि।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता