दस बुँदे घोषणापत्र जारी गर्दै एनआरएन क्यानडाको सम्मेलन सम्पन्न

E-mail Print
(0 votes, average 0 out of 5)
गैह्र आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् क्यानडा (एनआरएन क्यानाडा) को पाँचौ राष्ट्रिय सम्मेलन अल्वर्टाको एडमन्टन सहरमा  एडमन्टन घोषणापत्र जारी गर्दै सम्पन्न भयो। यही  मे १९ र २०  गरी दुई दिनसम्म चलेको सम्मेलन उद्‍घाटन सत्र र वार्षिक साधारण सभा गरी दुई चरणमा बाँडिएको थियो।
क्यानाडाका लागि महामहिम नेपाली राजदूत डा. भोजराज घिमिरेले कार्यक्रमको उद्‍घाटन गर्दै प्रवासमा रहेका नेपालीहरूसँग  मातृभूमिको ठूलो अपेक्षा रहेको  बताउँदै क्यानाडाबासी नेपालीहरूले नेपालको विकास र प्रतिष्ठाका लागि थुप्रै योगदान गर्न सक्ने कुरामा जोड दिनुभयो। प्रवासमा रहेका नेपालीहरू सबै जना नेपालका सद्‍भावना राजदूत भएकाले  नेपाली दूतावास  गैह्र आवासीय नेपाली  सङ्घसँगको  सहकार्यमा अघि बढ्ने तत्परता व्यक्त गर्दै  गैह्र आवासीय  नेपाली सङ्घको  नेपाली नागरिकताको निरन्तरतालगायतका मागमा सधैं आफ्नो साथ रहने बताए। साथै उनले नेपाली नागरिकताको निरन्तरताको सवालमा एनआरएन क्यानाडाले निर्वाह गरेको अग्रणी भूमिकाको पनि प्रशंसा गरे।

उद्‍घाटन कार्यक्रममा अल्वर्टा प्रान्तीय सरकारका  सभासद र एडमन्टन नगरका मेयरले शुभकामना दिँदै क्यानाडा एक बहुभाषिक, बहुसांस्कृतिक मुलुक  भएकाले  सबै भाषा र संस्कृति जगेर्ना गर्नु महत्वपूर्ण हुने बताउँदै नेपाली भाषा र संस्कृति संरक्षणका लागि एनआरएन क्यानाडा र  नेपाली मूलका स्थानीय संस्थाहरूको अहम् भूमिका रहनेमा जोड दिए। मन्तव्यकै क्रममा उनीहरूले क्यानडा आप्रवासीहरूकै मुलुक भएकाले उनीहरूको हकहित र पहिचानका लागि अल्वर्टा सरकार  र एडमन्टन नगरका तर्फबाट आफूहरू सदा सकारात्मक रहने प्रतिबद्धता जाहेर गर्दै सम्मेलन सफलताको कामना गरे।

कार्यक्रममा  अल्वर्टा सरकारका प्रमुख र एनआरएनएका अध्यक्ष जीवा लामिछानेबाट प्राप्त लिखित शुभकामना एनआरएन क्यानाडाका अध्यक्ष डा. विनोद केसीले पढेर सुनाएका थिए। नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन, नेप्लिज कम्युनिटी एसोसिएसन र नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गरीलगायत् क्यानडाका विभिन्न प्रान्तमा छरिएर रहेका एनआरएन क्यानाडाका  संस्थागत सदस्यका प्रमुखहरूले पनि सम्मेलन सफलताको शुभकामना दिएका थिए।

लामो समयदेखि नेपाली मूलका गैरआवासीय नेपालीलाई अनवरत् रूपमा स्वयम्सेवी ढङ्गले सेवा गर्दै आएका अग्रज नेपाली डायस्पोरा डा. कुन्जरमणि शर्मा, लक्ष्मण त्रिपाठी र डा. जपनारायणबहादुर श्रेष्ठलाई उनीहरूको योगदानको कदर गर्दै  कार्यक्रममा आउटस्टान्डिङ नेप्लिज डायस्पोरा मेम्बर इन क्यानडा नामक  सम्मानले विभूषित गरिएको थियो। 

नेप्लिज क्यानडियन सोसाइटी अफ एडमन्टनका अध्यक्ष मोहनाथ आचार्यको सभापतित्वमा सम्पन्न उद्‍घाटन कार्यक्रममा  एनआरएन अमेरिका क्षेत्रका  क्षेत्रीय सहसंयोजक रामचन्द्र खरेल, एनआरएनए आइसीसी सदस्य राधा बस्न्यात,  एनआरएन क्यानाडाका  सल्लाहकार तथा नेपालमा खुल्ला विश्वविद्यालय अभियानका अभियन्ता डा. द्रोण रसाली र पूर्व राजदूत डा. हर्षनारायण धौभडेलले पनि नेपालको विकासमा प्रवासीको भूमिका, गैह्रआवासीय नेपालीहरूको नेपाली नागरिकता निरन्तरता  र प्रवासमा नेपाली पहिचानको महत्व विषयमा मन्तव्य राखेका थिए।

सम्मेलनको दोस्रो सत्रमा एनआरएन क्यानडा अध्यक्ष र सचिवद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतिले पारित गरिएको थियो भने विधान संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत संशोधन प्रस्ताव पनि छलफलपछि परिमार्जनसहित पारित गरिएको थियो। सम्मेलनमा एनआरएनको फ्ल्यागसीप परियाजनाको रूपमा रहेको खुल्ला विश्वविद्यालय अभियान, प्रोफेसनल मेन्टरसीप कार्यक्रम, नेपाली भाषा साहित्य संस्कृति, जनसम्पर्क, महिला तथा बालकल्याण कार्यक्रम, नेपालमा नमुना गाउँ कार्यक्रम, नेपाल लाइब्रेरी फाउन्डेसन,सदस्यता विस्तार, नेपाल-क्यानाडा साँस्कृतिक गृहलगायत् कार्यक्रमका सम्बन्धमा विस्तृत छलफल गरिएको थियो। क्यानाडामा बसाई सरी आउने दक्ष नेपाली जनशक्ति  बढ्दै गएको सन्दर्भमा नया ठाउँमा उनीहरूलाई अवसरमा पहुँच बढाउन र  सहज व्यावसायिक जीवन सुरु गर्न टेवा पुर्‍याउने उद्देश्यले  प्रोफेसनल मेन्टरसीप कार्यक्रम एनआरएन क्यानाडाले हालसालै सुरु गरेको जानकारी अध्यक्ष डा. विनोद केसीले दिए।
- समाचार सङ्कलन तथा सम्प्रेषण सूचना तथा सञ्चार समिति, एनआरएन क्यानाडा

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता