दक्षिण कोरियामा काम गर्न गएका एक नेपालीको मृत्यु

Friday, 01 June 2012 13:30 नागरिक
Print
(1 vote, average 3.00 out of 5)
खेम कार्की, दक्षिण कोरिया, जेठ १९- इपिएसमार्फत् दक्षिण कोरिया आएका ललितप्रसाद फोम्बोको मृत्यु भएको छ। फोम्बो फेन्थेक सहरको जिन्विम्यन उन्सानमी छिउ सानअफ कम्पनीमा कार्यरत् थिए। तेह्रथुम घर भएका २४ वर्षीय फोम्बोलाई श्वास/प्रश्वासमा समस्या आएपछि साथीहरुले अस्पताल पुर्‍याएका थिए।

महामहिम राजदूत कमानसिंह लामा र उपनियोग प्रमुख राजाराम बर्तौलाले घटनाबारे जानकारी लिएका छन्। घटनाबारे अस्पतालको रिपोर्ट आएपछि थप कुरा खुल्ने बर्तौलाले बताए।

उनको अस्पाताल लैजाँदै गर्दा बिहीबार बिहान करिब ६ बजे मृत्यु भएको बताइएको छ। पछिल्लो समय दक्षिण कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढेको छ। इपिएस प्रक्रिया लागु भएबाट १३ हजारको हाराहारीमा नेपाली आइपुगेका छन्।