सिड्नीमा राजदुत नेपालको स्वागत

E-mail Print
(4 votes, average 3.50 out of 5)

ऋषि आचार्य, सिड्नी (अष्ट्रेलिया), असार २- अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली राजदुत रुद्र कुमार नेपालको शुक्रवार सिड्नीबासी नेपालीले भब्य स्वागत गरेका छन्। नेपाली वाणिज्यदूत नर्थ सिड्नीस्थित कार्यालयमा आयोजना भएको कर्यक्रममा सिड्नमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुले राजदुत नेपालको स्वागत गर्दै कार्यकालको सफलताको कामना गरे।

'यहँको समुदायसँग सहकार्य गर्दै दुतावासले कार्यक्रमहरु अगाडि ल्याउँछ', नेपालले भने।

आफू राजनीतिज्ञ नभएर कुटनीतिक कर्मचारी भएकाले दुवै देशका सरकारहरु र जनस्तरबाट देशको छवि उच्च राख्न मद्दत गर्ने विचार राजदुत नेपालको थियो।

सिड्नीमा रहेका अधिकांस नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष गणेश केसी, मानवअधिकार तथा लोकतान्नित्रक नेपालीमञ्च अष्ट्रेलियाका पूर्व अध्यक्ष रमेश पाण्डे र एनआर एन ओसिनिया संयोजक मन के सीले अष्ट्रेलियाको नेपाली दुतावसलाई समुदायसँग सहकार्य गर्दै अघिवढ्न सुझाव दिएका थिए।

राजदूत नेपालले अष्ट्रेलियाका गभर्नर जनरल श्रीमति क्विनटिन ब्रियस समक्ष दुईहप्तअघि ओहोदाको प्रमाणपत्र पेश गरेका थिए। नेपाल र अष्ट्रेलियाबिच सन् १९६० मा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो। अहिले अष्ट्रेलियाले नेपालमा शिक्षा स्वास्थ्य, वन तथा वातावरणको क्षेत्रमा सहयोग गरिरहेको छ। सन् २००७ मा अष्ट्रेलियामा पहिलो पटक नेपाली आवासिय राजदुतावस स्थापना भएको हो। यस अघि जापानमा रहेको नेपाली राजदुतावसले अष्ट्रेलिया हेर्ने गथ्यो।

नेपालको परराष्ट्र सेवामा कार्यरत रुद्र कुमार नेपाल अष्ट्रेलियाको लागि दोस्रो नेपाली राजदुत हुन्। ३० वर्ष नेपलको परराष्ट्र सेवामा काम गरेका राजदुत नेपालले भारत, जापान, इजराल र अमेरिकामा रहेका नेपाली कुटनीतिक नियोगमा काम गरेका थिए। राजदुत नेपालले सन् १९९३ मा नेसनल युनिभर्सिटी अफ अष्ट्रेलियामा परराष्ट्र सम्बन्ध र ब्यापार विषयमा ग्रयाजुएड डिप्लोमा गरेका थिए। नेपालको पाल्पा पोखरा थोक गाविसमा जन्मिएका नेपाल राजदुत हुनु अघि परराष्ट मन्त्रालयको संयुक्त राष्ट्रसंघ शाखामा कार्यरत थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता