नेपाल चिनाउँदै पूर्व मिस अष्ट्रेलिया

Friday, 22 June 2012 09:16 नागरिक
Print
(5 votes, average 4.20 out of 5)

ऋषि आचार्य, सिड्नी, असार ८- 'नेपाल पृथ्वीको स्वर्ग हो' सिड्नीमा आयोजित नेपाल प्रवर्द्धनसम्बन्धी एक कार्यक्रममा बोल्दै अष्ट्रेलियन सुन्दरी क्यारोलिन पेम्बर्टनले जीवनमा एक पटक नेपालको भ्रमण गर्न अनुरोध गरिन्।

नेपाली दुतावास क्यानवेरा र न्यु साउथ वेल्स बाणिज्यदुतको कार्यालयले संयुक्तरुपमा आयोजना गरेको नेपाल प्रवर्द्धन सम्वन्धी कार्यक्रममा सन् २००७ की मिस अष्ट्रेलिया समेत रहेकी क्यारोलिन पेम्बर्टनले नेपालको कला, सँस्कृति, प्रकृतिक सुन्दरता र सहासिक पर्यटनको प्रसंसा गरेकी थिईन। झण्डैआधा घण्टालामो प्रस्तुतिमा सन् २००५ मा तिन महिना नेपालमा बस्दा अन्नपुर्ण र सगरमाथा क्षेत्रमा पदयात्रा, चितवन र पोखराको भ्रमण गरेके बताईन। नेपालका बालवालिकाको शिक्षामा पहुच बढाउन भविष्यमा कार्यक्रम गर्ने लक्ष्य रहेको उनले बताइन्।

सन् २००५मा क्यारोलिनको दाजुले सगरमाथाको सफल आरोहण गरिसकेको जानकारी दिदै क्यारोलिनले भनि, 'सगरमाथा चढेर कीर्तिमान् राख्ने रहर मेरो पनि छ।' सथै अष्ट्रेलियाको राष्ट्रिय टेलिभिजन च्यानल ९ मा प्रसनरण हुने "गेटवे" ट्राभल सो मा नेपालवारे पनि कर्यक्रम बनाउन पहल गर्ने पेम्बर्टनलेको भनाइ थियो।

अष्ट्रेलियाका दुई दर्जन भन्दा बढी ट्राभल एजेण्ट, ट्राभल राईटर तथा पर्यटन सम्बन्धि संचारकर्मीको उपस्थिति रहेको उक्त कार्यक्रममा राजदुत रुद्रकुमार नेपालले नेपाल सरकारको पर्यटन सम्वन्धि नीति तथा कर्यक्रमबारे जानकारी गराएका थिए। "दक्षिण एसियामै नेपाल दोस्रो शान्त मुलुक भएको छ।" राजदुत नेपालले भने, "पर्यटन, जलविद्युत्, पुर्वधार निमार्ण जस्ता क्षेत्रमा नेपालमा लागनिको सम्भावना छ।"

 

उक्त कार्यक्रममा नेपाल पर्यटन वोर्डका सिड्नी प्रतिनिधी मन केसीले नेेपालको पर्यटकिय आकर्षण र महत्वबारे सहभागिहरुलाई जानकारी गराएका थिए। कार्यक्रममा अष्ट्रेलियन हिमालयन फउण्डेसनका अध्यक्ष साईमण्ड ब्लाडर्सनले हिमाल जति सुन्दर छ त्यति नै विकट रहेकाले त्यहाँको जिवन स्तर उकास्न पर्यटन मुख्य स्रोत भएको विचार राखेका थिए। फनउण्डेसनको तर्फवाट सागरमाथाको दक्षिण क्षेत्रका वासिन्दाको शिक्षा स्वास्थ्य र आय आर्जनमा सहयोग भैरहेको छ।

न्यु साउथ वेल्सका महावाणिज्यदुत दिपक खड्काले उपस्थित सवैलाई धन्यवाद दिदै अष्ट्रेलियामा रहेका हरेक नेपालीले एक जना पर्यटक नेपाल भित्र्याउन पहल गनुपर्ने विचार राखेका थिए। कार्यक्रममा सिड्नीमा रहेका नेपाली ट्राभल एजेन्टहरुका प्रतिनिधि पनि उपस्थित थिए। साथै नेपाली खानाका परिकारहरु र विभिन्न साँस्कृतिक नृत्यहरुपनि प्रस्तुत गरिएको थियो।

एक तथ्याङ्क अनुसार हरेक अष्ट्रेलिया वाट वर्ष आठ हजार भन्दा वढी पर्यटन नेपाल भ्रमणकालागि जाने गर्छन्।