Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

होचा चन्द्रबहादुरको अष्ट्रेलियामा भव्य स्वागत (फोटो फिचर)

E-mail Print
(12 votes, average 5.00 out of 5)

ऋषि आचर्य, सिड्नी (अष्ट्रेलिया) वैशाख ३१- सिड्नी विमानस्थलमा तालीको गड्गडाहट र बेलुन उडाएर संसारकै सबैभन्दा होचा व्यक्ति चन्द्रबहादुर डाँगीलाई सिड्नीबासीले भब्य स्वागत गरेका छन्। नेपालको राष्ट्रिय झण्डा बोकेका झन्डै ४० दर्शकहरु डाँगीलाई लिन विमानस्थल पुगेका थिए। डाँगीलाई यहाँको लोकप्रिय रेडियो नोभा एफ एम ९६.९ मेगाहर्जले एक हप्ताका लागि सिड्नी ल्याएको हो।

रेडियोका प्रस्तोताहरु रायन फिज्जेराल्ड तथा माईकल विप्ङ्खली आफैले बस हाँकेर डाँगीलाई विमानस्थलबाट होटल लगेका थिए। डाँगी चढेको बसलाई नेपालको झण्डा, बेलुन तथा अन्य सामाग्रीले सिंगारिएको थियो। एक महिनादेखि रेडियोले डाँगी बारेको प्रोमोहरु बजाइएको थियो।

भतिजा दोलक डाँगी र एक जना सहयोगी सिद लामाका साथ डाँगी आइतवार साँझ इक्तेहाद एअरबाट सिड्नी ओर्लेका हुन्। चन्द्रबहादुरलाई भतिजा दोलकले काखीमा च्यापेर विमानस्थलबाट बाहिरिँदा शुभेच्छुकहरु उनको फोटो लिन तँछाड मछाड गरिरहेका थिए।

सोमबारदेखि पाँच दिनसम्म रेडियोले "आई ह्याब गट डाँगी फिभर" नाम गरेको रेडियो सो चलाउदै छ। एक हप्तासम्म डाँगीलाई रेडियोले सिड्नीमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी गराउनेछ। उनलाई अष्ट्रेलियाकै आकर्षक ओपेरा हाउसको ओपेरा बार, यहाँकै प्रख्यात नेपाली रेष्टुरेन्ट नेपाली किचेन, बोन्डाई वीचका अतिरिक्त अन्य विभिन्न पर्यटकीय तथा व्यवसायिक स्थानहरुमा भ्रमण गराउने कार्यक्रम छ।

डाँगी विश्वको सबैभन्दा होचो व्यक्ति भएको खवर पाएपछि दुई रेडियो प्रस्तोताहरु रायन फिज्जेराल्ड तथा माईकल विप्ङ्खलीले नेपालमा गएर उनको बारेमा कार्यक्रम बनाउने बारेमा छलफल चलाएका थिए। अन्तिममा डाँगीलाई नै सिड्नीमा ल्याउन सकियो भने याहाँको विकसित समाजका बारेमा देख्न र बुझ्न पाउने भन्दै निणर्यमा पुगेका थिए। एक वर्षअघि संसारकै होचा व्यक्तिको उपाधि पाएका चन्द्रबहादुर थापा मगर पनि सिड्नी आएका थिए। त्यति बेला थापामगर याँहाको पत्रपत्रिका तथा टेलिभिजनमा निकै छाएका थिए।

संसारकै सबैभन्दा होचा व्यक्तिको रुपमा गिनीज बुकमा नाम लेखाउन सफल चन्द्र बहादुर डाँगीको जम्मा उचाई मात्र ५४.६ सेन्टिमिटर छ। उनको तौल पनि १४ किलोग्राम मत्र छ। उनका चार जना दाजुभाई र दुई दिदीहरुको उचाई औसत छ। ७२ वर्षीय चन्द्रवहादुर डाँगीको जन्म नेपालको सल्यान जिल्लामा भए पनि अहिले दाङ जिल्लाको पुरन्धारा गाविसमा बस्दै आएका छन्। उमेरले बुढ्यौली अवस्थामा पुगे पनि डाँगीलाई विवाह गर्ने रहर भने छैन।

प्रतिक्रियाहरू (1)Add Comment
0
bubu ram
May 15, 2012
202.70.78.129
भोट: +3
...

के गर्नु र यिनको जन्म यस्तै देशमा भयो। यो देशले केही नगरे पनि सिड्नी (अष्ट्रेलिया) भव्य स्वगत गरेको समचार पढ्दा खुसि लाग्यो है

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता