सेती बाढी पीडितलाई डेनमार्कबासीको सहयोग

E-mail Print
(0 votes, average 0 out of 5)
प्रकाश ढकाल, कोपनहेगन, जेठ ६- माच्छापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखलामा गएको हिउँ पहिरोका कारण सेतीनदीमा आएको बाढीका पीडितहरुलाई डेनमार्कमा बसोबास गर्ने नेपालीहरूले सहयोग गरेका छन्।

डेनमार्कमा सक्रिय केही नेपाली युवाहरुको एवं डेनमार्कमा बस्ने पोखरेली युवाहरुको पहलमा गरिएको सहयोग संकलन अभियानमा जनसंपर्क समिति डेनमार्क र व्यक्तिगत रुपमा सबैले साथ रह्यो। अभियानमा २ लाख ९५ हजार रुपैयाँ संकलन भएको छ।

संकलित रकम बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने गरी नेपाल रेडक्रस सोसाइटी पोखरा शाखाले पाउने गरी पठाइएको कृष्ण गिरिले बताए। रकम पोखरामा कार्यक्रम गरी रेडक्रस पोखरा शाखा रकम हस्तान्तर गरिएको गणेश खडकाले जानकारी दिए।

डेनमार्कमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको सहयोगले पीडित परिवारलाई सहयोग पुर्‍याउन सकिएको आयोजकहरुले बताएका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता