दलाइ लामाले नेपाली समुदायलाई प्रवचन दिने

E-mail Print
(6 votes, average 3.67 out of 5)
चिरन शर्मा, लण्डन, जेठ १०- बौद्ध धर्म गुरु दलाई लामाले लण्डनको नेपाली समुदाय माँझ प्रवचन दिने भएका छन्। आगामी जुनको तेस्रो साता बेलायत भ्रमणमा रहने लामाले ब्रिटिश कम्युनिटी सेन्टर युकेको आयोजना हुने कार्यक्रममा प्रवचन दिन लागेका हुन्।

विदेशमा रहेका नेपालीहरुबीच लामाको यो पहिलो प्रवचन हो। लामा आफ्नो नियमित भ्रमणका क्रममा बेलायत आउन लागेको बताइएको छ।

त्यस क्रममा उनले बेलायतका उच्च अधिकारी, राजनैतीक ब्यक्तिहरुसँगको भेट्घाटका साथै नेपाली समुदायका व्यक्तिहरुसँग समेत भेट्ने छन्। प्रवचन कार्यक्रमका आयोजकहरुले कारिब ६ हजार ५ सय श्रोताहरुलाई प्रवचन सुन्न सकिने ब्यवस्था गरिएको छ।

कार्यक्रम संयोजक मेजर डमर घले भन्छन- 'दलाई लामा जस्तो प्रतिष्ठित व्यक्ति हाम्रो माझमा आउनु गर्वको कुरा हो, त्यसैले पनि कार्यक्रम निकै भव्य बनाइने छ। '

बौद्ध गुरुको नेपाली समुदायमा हुने उपस्थितले बेलायतमा रहेका नेपाली समुदायमा निकै सकरात्मक सन्देश जाने उनले बताए।

लामाले आगामी जुन महिनाको १५ तारिक देखि २३ सम्म बेलायतको भ्रमण गर्दैछन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

प्रवास

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता