अर्थ

अमेरिकी डलरको भाउ घट्यो

सुदर्शन सापकोटा, काठमाडौं, असार १५ - अमेरिकी डलरको मूल्य एकैदिन १ रुपैयाँ ५ पैसाले घटेको छ । राष्ट्र बैंकले शनिबार र आइतबारका लागि १ डलरको ९० रुपैयाँ ३५ पैसा तोकेको छ।  अघिल्लो साताको बिहीबार डलरको मूल्य अहिलेसम्मकै उच्च ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो। 
विस्तृतमा

साउनदेखि बिजुली महसुल बढ्ने

(2 votes, average 1.00 out of 5)

रामचन्द्र भट्ट, काठमाडौं, असार १५- सरकारले साउनदेखि बिजुलीको महसुल बढाउने भएको छ। मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई भने यसबाट असर पर्ने छैन। त्यसभन्दा माथि उपभोग गर्नेले प्रति युनिट कम्तीमा २ रुपैयाँ २० पैसादेखि ५ रुपैयाँ ५० पैसा बढी असुल्ने विद्युत महसुल निर्धारण आयोगको तयारी छ।

विस्तृतमा

आर्थिक मुद्दालाई सम्बोधन गर्न छुट्टै संयन्त्र निर्माणको प्रस्ताव

(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १५ (नागरिक)- निजी क्षेत्रले राजनीतिक अन्योलबाट आर्थिक एजेन्डालाई अलग राख्‍नु सुझाव दिँदै आर्थिक मुद्दालाई सम्वोधन गर्न छुट्टै संयन्त्र निर्माणका लागि प्रस्ताव गरेको छ। मुलुकका प्रमुख आर्थिक मुद्दामा निजी क्षेत्रसहित सबै सरोकारवाला रहने गरी सरकारले नै यस्तो संयन्त्र बनाउनुपर्ने माग निजी क्षेत्रको छ।
विस्तृतमा

नेप्से ४ अंकले बढ्यो

काठमाडौं, असार १५ (नागरिक)- वित्तबाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेकाले बिहीबार समग्र सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ। कारोबार रकम पनि दैनिक औसतभन्दा बढी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से ३.७२ अंकले बढेर ३७७.४७ कायम भएको छ।
विस्तृतमा

आगामी बजेटमा नयाँ कार्यक्रम - बेरोजगार परिवारको एकजनालाई रोजगारी

(3 votes, average 2.33 out of 5)
विज्ञान अधिकारी, काठमाडौं, असार १५ -विपक्षी दलको विरोधका बाबजुद सरकारले बेरोजगार परिवारको एकजनालाई कम्तिमा एक सय दिनको श्रममूलक रोजगारी दिने 'नयाँ' कार्यक्रम समेटेर बजेट निर्माण गरेको छ।
विस्तृतमा

एनआइसी-बैंक अफ एसिया गाभिन सहमत

सुदर्शन सापकोटा, काठमाडौं, असार १५ -नेपाल इन्डस्ट्रियल एण्ड कमर्सियल (एनआइसी) बैंक र बैंक अफ एसिया नेपाल एक-आपसमा गाभिन सहमत भएका छन्। दुवै बैंकले पुससम्म गाभिएर एक हुने लक्ष्यसहित बिहीबार औपचारिक सम्झौता गरेका छन्।
विस्तृतमा

एनआइसी र बैंक अफ एसिया गाभिँदै

(1 vote, average 5.00 out of 5)
सुदर्शन सापकोटा, काठमाडौं, असार १४- देशका दुई वाणिज्य बैंक एकआपसमा गाभिने भएका छन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एनआइसी बैंक र बैंक अफ एसिया एकआपसमा गाभिन सम्झौता भएको छ। यो अहिलेसम्मकै ठूलो मर्जर हो।
विस्तृतमा

निक्षेपकर्ताले राष्ट्र बैंकमा धर्ना दिए

काठमाडौं, असार १४-बैंक तथा वित्तीय संस्था निक्षेपकर्ता सङ्घले सर्वसाधारणबाट वित्तीय संस्थामा सङ्कलन हुने रकम सुरक्षित गरिनुपर्ने माग गर्दै बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा बिहान धर्ना दिएको छ।
विस्तृतमा

मल अभाव अझै चर्कने

विष्णु पोखरेल, काठमाडौं, असार १४ -सरकारी निकायले एक अर्कालाई पन्छाउदै निर्णय नगर्दा मुलुकभित्र चरम अभाव भइसक्दा पनि भारतबाट ल्याउने भनिएको ३० हजार टन मल अनिश्चित भएको छ।
विस्तृतमा

सेयर प्रमाणपत्र नभएपनि कर्जा दिन बैंक तयार

नारायण सापकोटा, काठमाडौं, असार १४ -नियामक निकाय राष्ट्र बैंक र धितोपत्र बोर्डले निर्देशन जारी गरेपछि सेयर प्रमाणपत्र नभएपनि रसिद र स्टक ब्रोकरको पत्रका आधारमा कर्जा प्रवाह सुरु गर्न बैंक तथा वित्तीय संस्था तयार भएका छन्।
विस्तृतमा

धितो मूल्यांकन लगायतका औपचारिकताले कर्जा उपयोगमा समस्या

काठमाडौं, असार १४ (नागरिक)- धितो मूल्यांकन, कर्जा तिर्न सक्ने क्षमतालगायतका औपचारिक प्रक्रिया पूरा गर्न गरिब किसान असमर्थ रहेकाले बैंकिङ क्षेत्रको कर्जाको उपयोगमा समस्या भएको आर्थिक सर्वेक्षणले देखाएको छ।
विस्तृतमा
Page 2 of 9
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता