अर्थ

आगामी बजेटबारे राष्ट्रपतिको चासो

(1 vote, average 1.00 out of 5)
काठमाडौँ, असार १३- राष्ट्रपति रामवरण यादवले नयाँ बजेटको तर्जुमा र समयमै बजेट ल्याउने विषयमा अर्थविद्हरुसँग छलफल गरेका छन्। राष्ट्रपति यादवले बजेटका लागि समय कम भइसकेको र अन्तरपार्टी सहमति पनि हुन नसकेको अवस्थालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने चासो व्यक्त गरेको भेटमा सहभागी अर्थविद् प्रा विश्वम्भर प्याकुरेलले बताए।
विस्तृतमा

बजेटका लागि राजनीतिक सहमति जुटाउँदै छु : अर्थ मन्त्री पुन

काठमाडौँ, असार १३ - अर्थ मन्त्री वर्षमान पुनले मुलुकको राजनीतिक सङ्क्रमणकालका कारण जनताको आकांक्षाअनुसारका कार्यक्रमसहितको बजेट ल्याउन नसकिए पनि राजनीतिक सहमतिका आधारमा बजेट ल्याउनुको विकल्प नभएकोमा जोड दिएका छन्।
विस्तृतमा

भारतीय उपायले पनि काम गरेन, डलर फेरि बढ्यो

काठमाडौं, जेठ १३ (नागरिक)- निरन्तर बढिरहेको डलरलाई कमजोर बनाउन भारत सरकारले दुईवटा महŒवपूर्ण निर्णय गरे पनि यसले बजारलाई सकारात्मक सन्देश दिन सकेन। भारतीय उपायले डलर नथामिएपछि नेपाली रुपैयाँ पनि अझ कमजोर भएको छ।
विस्तृतमा

ग्यास सिलिन्डरभित्र पानी

काठमाडौं, असार १३ (नागरिक)- खाना पकाउने ग्यास सिलिन्डरमा पानी भेटिन थालेको छ। 'पछिल्लो समयमा सिलिन्डरमा पानी भेटिएको समस्या बढी आउने गरेको छ,' ग्यास बिक्रेता महासंघ नेपालका कार्यवाहक अध्यक्ष अर्जुन देवकोटाले मंगलबार नागरिकसँग भने, 'सिलिन्डरमा पानी कसरी आयो भन्नेबारे अनुसन्धान आवश्यक छ।'  
विस्तृतमा

फलफूल पसलमा ब्ल्याकमा मल किनबेच

विष्णु पोखरेल, काठमाडौं, असार १३- कृषि सामग्री कम्पनीको आँगनमा मल किन्ने कुपन नपाएर किसानहरु भौँतारिरहेका बेला मंगलबार दिउँसो नजिकैको फलफूल बजारनेर तीन-चारजनाले बढी रकम लिएर धमाधम मल बेचिरहेका थिए।

विस्तृतमा

मल अभावले धान रोपाइँ ठप्प

पूवाञ्चल व्यूरो, असार १३ (नागरिक)- मोरङ हात्तीमुडाका जितेन्द्र राजवंशी गाईवस्तुको गोबर हालेर धान रोप्ने खेत तयारी गर्दैछन्। डिएपी-पोटास मल पर्खंदापर्खंदै नपाएपछि गोबर हालेरै भए पनि धान रोप्ने तयारीमा उनी पुगेका हुन्। ‘डिएपी अब आउँछ, अब आउँछ भन्दाभन्दै मनसुली र मोटा धान रोप्न पाइनँ,' उनले भने, ‘अब त मल आउँछ भन्ने विश्वासै छैन।'
विस्तृतमा

खिम्ती र भोटेकोशीसँग पिपिए संशोधन गर्न प्रस्ताव

(1 vote, average 5.00 out of 5)
रामचन्द्र भट्ट, काठमाडौं, असार १३- विद्युत प्राधिकरणले खिम्ती र भोटेकोशीको महंगो बिजुलीको खरिद बिक्री (पिपिए) को सम्झौता फेर्न दुवै आयोजनासँग प्रस्ताव राख्‍ने भएको छ। विदेशी लगानीमा बनेका दुईजलविद्युत आयोजनाले विद्युत प्राधिकरणलाई वर्षेनी ठूलो घाटा लगाएपछि प्राधिकरणले पिपिए सम्झौता फेर्न औपचारिक रुपमै प्रस्ताव राख्ने तयारी गरेको छ।
विस्तृतमा

मल पाउने छाँट छैन, पैसा जति बाटो खर्चमै

विष्णु पोखरेल, काठमाडौं, असार १३- रामेछापको हिलेदेवीका नेमबहादुर दर्नाल बारीका मकै पहेंलिन थालेपछि मलको खोजीमा राजधानी आएको तीन दिन भयो। तीन दिन बित्दा पनि उनले एकमुठी मल पाएका छैनन्। पाउने छनक पनि छैन। राजधानी आउनुअघि रामेछाप र धुलिखेलमा पनि उनले मल खोजे।
विस्तृतमा

देशको आर्थिक अवस्था गम्भीर रहेको एमालेको ठहर

काठमाडौं, असार १२- नेकपा (एमाले) केन्द्रीय अर्थ, योजना तथा अनुसन्धान विभागद्वारा गठित उपसमितिको बैठकले देशको वर्तमान आर्थिक स्थिति गम्भीर र संवेदनशील रहेको ठहर गरेको छ। सो विभागका प्रमुख पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आज बसेको बैठकले न्यून आर्थिक वृद्धि, उच्च मूल्यवृद्धि, उच्च बेरोजगारी, न्यून पुँजीगत खर्चलगायतका अर्थतन्त्र समस्याको रुपमा रहेको निष्कर्ष निकालेको हो।
विस्तृतमा

डलरको भाउ फेरि बढ्यो

काठमाडौं, असार १२ (नागरिक)- अमेरिकी डलरको मूल्य उतारचढाबले नेपाली बजार प्रभावित भइरहँदा फेरि डलरको भाउ बढेको छ। नेपाल राष्ट्रबैंकले भोलि बुधबारका लागि ९१ रुपैयाँ ५४ पैसा बिक्री मूल्य तोकेको छ। यो आजको बिक्रीमूल्यभन्दा ३४ पैसा बढी हो।
विस्तृतमा

लन्डन दुईतर्फी ३१, न्युयोर्क ६१ हजार

(4 votes, average 3.00 out of 5)
लन्डन दुईतर्फी ३१, न्युयोर्क ६१ हजार सुशील भट्टराई, काठमाडौं, असार १२ -सस्तो भाडामा लन्डन जान चाहनेलाई कतार एयरवेजले थप सहज बनाइदिएको छ। उसले प्रतियात्रु ३१ हजार ५ सय रुपैयाँमा काठमाडौंबाट लन्डनको दुईतर्फी टिकट बेचिरहेको छ। अमेरिकाको न्युयोर्क जान ६१ हजार १ सय ८० रुपैयाँ तिरे पुग्छ। यो पनि दुईतर्फी भाडा हो। कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले इकोनोमी र बिजनेस क्लास टिकटमा ३० प्रतिशत छुट दिएपछि उक्त भाडा दरमा लन्डन उड्न पाइएको हो। कम्पनीले १० दिनका लागि छुट दिएको भए पनि अब एक साता बाँकी छ।
विस्तृतमा
Page 3 of 9
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता