अर्थ

नयाँ बजेटमा पाँच अर्ब बढीको माग

काठमाडौं, असार १२ (नागरिक)- आगामी आर्थिक वर्षको बजेटमा पाँच खर्बभन्दा बढी रकमको माग अर्थमन्त्रालयमा पुगेको छ। उच्च माग आएपनि राष्ट्रिय योजना आयोगले तोकेको चार खर्ब २९ अर्बको सिमामा झाने गृहकार्यमा मन्त्रालयका कर्मचारी जुटेका छन्।
विस्तृतमा

बैंकले नयाँ ऋणको ब्याज घटाए, पुरानाको उस्तै

सुदर्शन सापकोटा, काठमाडौं, असार १२- बैंकहरुले नयाँ ऋणीलाई कम ब्याजमा पैसा दिन थालेपनि पुरानाको भने घटाएका छैनन्। घरजग्गाको ऋण उठ्न नसकिरहेका बेला लगानी भइसकेको ऋणको ब्याज झार्दा नाफा अझ घट्ने भएकाले बैंकले नयाँ र पुराना ग्राहकबीच भेद्‍भाव गरेका हुन्।
विस्तृतमा

सुनको मूल्य घट्यो, प्रतितोला ५६ हजार ६ सय रुपैयाँ

(1 vote, average 4.00 out of 5)
काठमाडौं, असार ११-नेपाली बजारमा सुनको मूल्यमा दैनिक उतारचढाव भइरहेको छ।स्थानीय बजारमा हिजोको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर प्रतितोला रु ५६ हजार ६०० कायम भएको छ।
विस्तृतमा

१४ मेगावाटको मोदीखोला आयोजनामा विद्युत् उत्पादन बन्द

फलेवास (पर्वत), असार ११ -पर्वतको देउपुर-६ पातीचौरमा रहेको १४ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् आयोजनामा प्राविधिक समस्या हुँदा एक सातादेखि उत्पादन बन्द भएको छ।
विस्तृतमा

७ अर्बको मोबाइल किन्न टेलिकम र हुवावे सम्झौता

(4 votes, average 3.00 out of 5)
काठमाडौं, असार ११ (नागरिक) - नेपाल टेलिकमले झण्डै सात अर्ब रुपैयाँको मोबाइल चीनको हुवावेसँग किन्ने सम्झौता गरेको छ। टेलिकमले हुवावेसँग ६ अर्ब ७४ करोड रुपैयाँमा ४८ लाख मोबाइल किन्न सोमबार सम्झौता गरेको छ। टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंह र हुवावेका कमर्सियल मेनेजर लियन छि छाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
विस्तृतमा

बेरोजगार दर्ता गर्ने तेत्तीस सय पुग्यो

दमक, असार ११-श्रम विभाग झापाले अहिलेसम्म बेरोजगार दर्ता गर्नेको सङ्ख्या तीन हजार ३०० पुगेको जनाएको छ।विभागका सूचना केन्द्रका अधिकारी मोहनप्रसाद ढकालले मेची अञ्चलमा ठूलो सङ्ख्यामा बेरोजगारी भए पनि फारम दर्ता गर्नेको सङ्ख्या भने न्यून रहेको बताए।
विस्तृतमा

जलविद्युत् आयोजनामा असफलता

विज्ञान अधिकारी/ सुदर्शन सापकोटा, काठमाडौं, असार ११- आफैँले उच्च प्राथमिकतामा राखेको जलविद्युत र प्रसारण लाइन आयोजना निर्माणको लक्ष्यमा सरकार असफल देखिएको छ। सरकारले चालु वर्ष १ सय ७९ आयोजनामा लिएको लक्ष्यको जम्मा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
विस्तृतमा

अमेरिकी डलरको ९२ रुपैयाँ

(1 vote, average 5.00 out of 5)
काठमाडौं, जेठ ११ (नागरिक)- नेपाली रुपैयाँसँग अमेरिकी डलर आइतबार अहिलेसम्मकै महँगो भएको छ। एक अमेरिकी डलर खरिद गर्न ९१ रुपैयाँ ८८ पैसा खर्च गर्नुपर्ने भएको छ। सोमबारबाट भने डलरको मूल्य केही सस्तो हुनेछ।
विस्तृतमा

काठमाडौंबाट मलेसिया ११ हजारमा

(1 vote, average 4.00 out of 5)
सुशील भट्टराई, काठमाडौं, असार ११- मलेसियास्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले ११ हजार रुपैयाँमा काठमाडौंबाट मलेसिया उडान गर्ने भएको छ। एकतर्फी यो भाडा दर बढीमा १७ हजार रुपैयाँसम्म पुग्न सक्नेछ। यसमा कर समावेश गरिएको छैन। एयर एसिया एक्स सस्तो तर, लामो दूरीमा उडान गर्ने 'बजेट एयरलाइन्स' हो।
विस्तृतमा

पाइपलाइन निर्माणको प्रस्ताव वाणिज्य पठाउँदै

काठमाडौ, असार ११ (नागरिक)- आयल निगमले अमलेखगन्ज-रक्सौल पेट्रोलियम पाइपलाइन निर्माणको प्रस्ताव वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने भएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी)ले पाइपलाइन निर्माण गरिदिने औपचारिक प्रस्तावलाई मन्त्रालयमा पठाउन लागेको हो।
विस्तृतमा

मुख्य दलका अर्थविज्ञ राखेर बजेट बनाउन अर्थमन्त्री पुनको प्रस्ताव

(2 votes, average 5.00 out of 5)

विज्ञान अधिकारी, काठमाडौं, असार १०- अर्थमन्त्री वर्षमान पुनले मुख्य राजनीतिक दलका अर्थविज्ञ राखेर बजेट बनाउन विपक्षी दलका नेताहरुसँग प्रस्ताव राखेको बताएका छन्। 'मुख्य दलका अर्थविज्ञ राखेर बजेट बनाउँदा विश्वास पनि बढ्छ र अपनत्व पनि हुन्छ,' नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आइतबार गरेको अर्थसंवाद कार्यक्रममा उनले भने, 'यसबारे कांग्रेस सभापति र एमाले अध्यक्षलाई प्रस्ताव गरेको थिएँ।

विस्तृतमा
Page 4 of 9
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता