अर्थ

ऋणपत्र खरिदमा अघोषित 'कार्टेलिङ'

सुदर्शन सापकोटा, काठमाडौं, असार १०- बैंकहरुले सरकारी ऋणपत्रको ब्याज बढाउने दबाबस्वरुप अघोषित 'कार्टेलिङ' (मिलेमतो) गरेका छन्। महँगोमा लिएको निक्षेप सस्तोमा लगानी गर्दा लागत बढेर नाफा प्रभावित हुन थालेपछि बैंकहरुले 'कार्टेलिङ' गरेका हुन्।
विस्तृतमा

कमजोर व्यवस्थापन संस्थानका साझा समस्या

नारायण सापकोटा, काठमाडौं, असार १०- सरकारी स्वामित्वमा स्थापना भएका सार्वजनिक संस्थानले अत्यधिक कर्मचारी, बढ्दो सञ्चित नोक्सान र कमजोर व्यवस्थापनलाई समस्याको रुपमा देखाएका छन्। सार्वजनिक संस्थान निर्देशन बोर्डमा सबै विवरण पेस गर्दै अधिकांश संस्थानले साझा समस्या देखाएका हुन्।
विस्तृतमा

मिहिन लंकाले काठमाडौं उडान गर्ने

(2 votes, average 5.00 out of 5)
काठमाडौं, असार १० (नागरिक)- श्रीलंकाको राष्ट्रिय ध्वजावाहक श्रीलंकन एयरलाइन्सको भगिनी वायुसेवा कम्पनी मिहिन लंकाले चाँडै नै कोलम्बोबाट काठमाडौं सिधा उडान गर्ने भएको छ।
विस्तृतमा

एनसेलका सामान भन्सारमा रोकिए

रामचन्द्र भट्ट, काठमाडौं, असार १० - - आजआज र भोलिभोलि भन्दाभन्दै एनसेलका उपकरण तातोपानी भन्सारमा रोकिएको तीन महिना भइसकेको छ।
- सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले स्वीकृत नदिँदा ग्रामीण टेलिफोन सेवाप्रदायक स्मार्ट टेलिकमले सेवा विस्तारका लागि सामान ल्याउन प्रतीतपत्र (एलसी) खोल्न पाएको छैन।
विस्तृतमा

मोबाइल गुणस्तरीय नहुनुको कारण ऊर्जा

काठमाडौं, असार ९ (नागरिक)- मोबाइल टेलिफोन गुणस्तरीय गर्न नसक्नुमा ऊर्जाले सबैभन्दा ठूलो भूमिका खेलेको सरोकारवालाहरुले बताएका छन्। उनीहरुले मोबाइल टावर चलाउन आवश्यक पर्ने बिजुली, प्रशासनिक झमेला, इन्टरकनेक्सन, पूर्वाधारको साझा प्रयोग गर्न नसक्नुले पनि टेलिफोन सेवा गुणस्तरीय हुन नसकेको बताए।
विस्तृतमा

पर्यटन विकासमा इलाम र पोखराले सहकार्य गर्ने

पोखरा, असार ९-पर्यटन प्रवर्द्धनको क्षेत्रमा संयुक्त सहकार्य गरेर अगाडि बढ्न इलाम र कास्कीका पर्यटन व्यवसायी सहमत भएका छन्। होटल सङ्घ इलामको नेतृत्वमा पोखरा आएको ४७ जनाको टोली र पश्चिमाञ्चल होटल सङ्घ पोखराबीच भएको छलफलमा दुई जिल्लाका व्यवसायीबीच सो विषयमा सहमति भएको हो।
विस्तृतमा

विदेशम रहेका नेपाललीलाई बचतको अवसर

(5 votes, average 4.20 out of 5)
काठमाडौं, असार ८ (नागरिक) - नेपाल राष्ट्र बैंकले पाँच वर्षे वैदेशिक रोजगार बचतपत्र २०७४ निस्कासन गरेको छ। गैर आवासीय र वैदेशिक रोजगारबाट नेपाल फर्केको तीन महिना नपुगेका नेपालीहरुका लागि एक अर्ब रुपियाँको यो बचतपत्र निस्कासन गरेको हो।
विस्तृतमा

स्वदेशी जागिर आधा घट्यो

विज्ञान अधिकारी/सुदर्शन सापकोटा, काठमाडौं, असार ८- राजनीतिक अस्थिरता, लोडसेडिङ र श्रम समस्याले विदेशी लगानीका नयाँ उद्योग खुल्न नसक्दा जागिर पाउनेको संख्या आधा घटेको छ। उद्योग खुल्न कम भएर नयाँ रोजगारी सिर्जनाको दर ९४ प्रतिशत घटेको हो।
विस्तृतमा

शोधनान्तर बचत १०० अर्ब नाघ्यो, अर्थतन्त्रका लागि सन्तोजनक

(2 votes, average 5.00 out of 5)
काठमाडौं, असार ८ (नागरिक)- आर्थिक वर्ष २०६८/६९ वैशाखसम्ममा समग्र शोधनान्तर स्थिति हालसम्मकै उच्च १ खर्ब १० करोडले बचतमा छ। मुलुकबाट बाहिरिने भन्दा भित्रने रकम बढेकाले यो बचत उच्च भएको हो। गत वर्षको यही अवधिमा १२ अर्ब ३२ करोडले शोधनान्तर स्थिति घाटामा थियो।
विस्तृतमा

नेप्सेमा वृद्धि जारी

काठमाडौं, असार ८ (नागरिक)- वाणिज्य बैंक, विकास बैंक र जलविद्युत समूहका परिसूचक बढेकाले बिहीबार समग्र सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ। एभरेस्ट बैंकको ठूलो परिमाणमा सेयर किनबेच भएकाले कारोबार रकम पनि दैनिक औसतको तेब्बरभन्दा बढी छ।
विस्तृतमा

यो सरकारले बजेट ल्याउन सक्दैनः पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौं, असार ७ (नागरिक)- पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सरकार कामचलाउमात्रै भएकाले बजेट ल्याउनै नसक्ने बताएका छन्। 'यो सरकारबाट बजेट ल्याउने विषयमा हामी सहमत छैनौं,' उनले भने, 'बजेट राष्ट्रिय सहमतिको सरकारले ल्याउँछ, यो सरकारले होइन।'
विस्तृतमा
Page 5 of 9
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता