अर्थ

कोरियन दूतावास नजिक धर्ना

(2 votes, average 1.00 out of 5)
काठमाडौँ, असार ७ - रोजगारीका लागि दक्षिण कोरियामा जान रोजगारी अनुमति प्रणालीअन्तर्गत परीक्षामा उत्तीर्ण भएका महिलाले कोरिया जाने माग गर्दै रविभवनस्थित कोरियन दूतावास नजिक आज धर्ना दिएका छन्।
विस्तृतमा

किसान आफैंले तरकारी बिक्री थाले

(3 votes, average 5.00 out of 5)
काठमाडौं, असार ७ (नागरिक)- व्यापारीले उचित मूल्य नदिएको भन्दै किसान आफैंले तरकारी बिक्री सुरु गरेका छन्। उपत्यकामा उन्नत प्रविधिबाट तरकारी उत्पादन गर्दै आएका किसानको समूहले कालिमाटी तरकारी बजारभित्र छुट्टै स्टल लिएर बुधबारबाट बिक्री सुरु गरेका हुन्।
विस्तृतमा

पाकिस्तानी मेला सुरु

काठमाडौं, असार ७ (नागरिक)-राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा बुधबारबाट पाकिस्तानी उत्पादनको मेला सुरु भएको छ। पाकिस्तानी दूतावास र रावलपिण्डी चेम्बर अफ कर्मसको संयुक्त आयोजनामा मेला सुरु भएको हो।
विस्तृतमा

'सहमतिमा बजेट ल्याऊ'

काठमाडौं, असार ७ (नागरिक) - पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट राजनीतिक अंक गणित भएकाले सहमतिमा ल्याउनुपर्ने बताएका छन्। 'बजेटलाई अंकको मात्रै गणित भन्न मिल्दैन। यसमा राजनीतिक विषय जोडिएको हुन्छ,' नेपाल आर्थिक पत्रकार समाजले बुधबार आयोजना गरेको अर्थसंवाद कार्यक्रममा उनले भने,
विस्तृतमा

पाँच बैंकमा 'हेलो पैसा' सुविधा

काठमाडौं, असार ६ (नागरिक) - मोबाइलको माध्यमबाट रकम आदानप्रदान गर्न पाँचवटा वित्तीय संस्थाले सहकार्य सुरु गरेका छन्। 'हेलो पैसा' नाममा मोबाइल वित्तीय सेवा सञ्चालन गर्न लक्ष्मी, बैंक अफ काठमाण्डू, सिद्धार्थ, कमर्ज एन्ड ट्रस्ट बैंक, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी र फाइनान्सिज कम्पनीबीच सम्झौता भएको हो। 'गाउँमा बस्ने सर्वसाधारणलाई सहरबाट पैसा पठाउन सजिलो बनाउन यस्तो सेवा ल्याइएको हो,' फाइनान्सिजका प्रमुख कार्यकारी अधिकृत सञ्जयबहादुर शाहले भने।
विस्तृतमा

सुन हालसम्मै उच्च, तोलाको ५७ हजार ७ सय

काठमाडौं, असार ६ (नागरिक)- विवाहको मौसम सुरु भएकै बेला नेपाली बजारमा सुन महँगिएको छ। वर्षको सुरुवातदेखि नै महँगिँदै आएको सुनको भाउले मंगलबार नयाँ कीर्तिमान राखेको हो।
विस्तृतमा

स्वतन्त्र मूल्यमा सेयर बिक्री गर्ने व्यवस्था हुँदै

(2 votes, average 2.00 out of 5)
नारायण सापकोटा, काठमाडौं, असार ६- धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई सेयर बजारमा आकर्षित गर्न स्वतन्त्र मूल्यमा सेयर निष्काशन गर्ने व्यवस्था गर्न लागेको छ। 'आगामी बजेटमा स्वतन्त्र मूल्यमा सेयर निस्काशनको व्यवस्था गर्न सरकारलाई सुझाव दिइने छ' बोर्डका अध्यक्ष बावुराम श्रेष्ठले मंगलबार नागरिकसँग भने 'यसका लागि अहिले अध्ययन सुरु भएको छ।'
विस्तृतमा

असारभित्रै राष्ट्रपति निवासमा सोलार बिजुली

काठमाडौं, असार ६ (नागरिक)- राष्ट्रपति निवास र त्रिभुवन विश्व विद्यालयको केन्द्रीय पुस्तकालयमा सोलार प्रविधिबाट बिजुली आपूर्ति गरिने भएको छ। दुई स्थानमा सोलारबाट बिजुली निकाल्न वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले कार्यक्रम सुरु गरिसकेको छ।
विस्तृतमा

नेप्सेमा गिरावट

काठमाडौं, असार ६ (नागरिक)- कारोबार भएका सबै समूहका परिसूचक घटेकाले मंगलबार समग्र सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ। कारोबार रकम पनि औसतभन्दा कम छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से १.१३ अंकले घटेर ३६१.५ कायम भएको छ। सोमबार नेप्से १.६५ अंकले बढेको थियो।
विस्तृतमा

अन्तरार्ष्ट्रिय बजारमा घटे पनि निगमले बढायो डिजेल र मट्टितेलको मूल्य

(2 votes, average 2.50 out of 5)
विज्ञान अधिकारी, काठमाडौं, असार ५-  अन्तरार्ष्ट्रिय बजारमा तेलको भाउ घटेर निगमको नोक्सानी कम हुँदै गएको बेला नेपाल आयल निगमले डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको छ।  इन्डियन आयल कर्पोरेशनले पठाउने नयाँ मूल्यमा निगम नाफा घाटा बराबरको स्थितिमा आउने अवस्था रहेकै बेला मंगलबार मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ बढाइएको छ।
विस्तृतमा

मुलक कालोसूचीमा पर्ने खतरा टर्‍यो

(2 votes, average 3.00 out of 5)
काठमाडौं, असार ५ (नागरिक)- राष्ट्रपति रामवरण यादवले पारस्परिक कानुनी सहायता अध्यादेश, २०६९ र सुपर्दगी अध्यादेश, २०६९ जारी गरेका छन्। नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष व्यक्त गरेका प्रतिबद्धता र राष्ट्रिय हितलाई समेत दृष्टिगत गरी नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।
विस्तृतमा
Page 6 of 9
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता