अर्थ

२० दाल उद्योगलाई नगद अनुदान, निकासी अनुदानमा दुरुपयोगको आशंका

विज्ञान अधिकारी, काठमाडौं, असार ५- सरकारले निकासी व्यापार बढाउने उद्देश्यले दिने गरेको नगद अनुदान पाउनेमा सबैभन्दा बढी दाल उद्योग परेका छन्। निकासी व्यापार खस्किदै गए पछि यसमा सुधार ल्याउन सरकारले तीन वर्ष अगाडि देखि नगद अनुदान दिने व्यवस्था सुरु गरेको हो।
विस्तृतमा

हुवावेको टेण्डर स्वीकृत गर्ने तयारी

काठमाडौं, असार ५ (नागरिक)- एक करोड मोबाइलको टेण्डर खुलेको नौ महिनासम्म पनि निर्णयमा पुग्न नसकेपछि टेलिकमले दुई कम्पनीमध्य हुवावेको प्रस्ताव स्विकृत गर्ने संकेत स्वरुप परफरमेन्स बण्ड (धरौटी) मागेको छ।
विस्तृतमा

आयल निगमको घाटा ३८ करोड

काठमाडौं, असार ४ (नागरिक)- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि आयल निगमको घाटा ३८ करोडमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटेर प्रति ब्यारल ९६ डलरमा आइपुगेको छ।
विस्तृतमा

हुलाक महसुल बढ्दै

काठमाडौं, असार ३ (नागरिक)- आउँदो साउनदेखि हुलाक सेवाको महसुल बढ्ने भएको छ। सरकारले चिठीपत्र र पार्सल ओसारपसार शुल्क बढाउने निर्णय गरेको हो। २०५३ सालदेखि हुलाकको महसुल नबढेको भन्दै मन्त्रिपरिषदको केही दिनअघिको बैठकले बढाउने निर्णय गरेको हो।
विस्तृतमा

देशकै ठूलो सिमेन्ट उद्योग नियमित सञ्चालन नहुँदा करोडौंको घाटा

(1 vote, average 4.00 out of 5)
गाईघाट (उदयपुर), असार ३- नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुरस्थित जलजले सिमेन्ट उद्योग नियमित सञ्चालन हुन नसक्दा करोडौँको घाटा हुँदै आएको छ।
विस्तृतमा

विशेष आर्थिक क्षेत्रसम्बन्धी अध्यादेश आउँदै

विज्ञान अधिकारी, काठमाडौं, असार ३- सरकारले आर्थिक क्षेत्रसम्बन्धी कानुन अध्यादेशबाट ल्याउने भएको छ। भैरहवामा रहेको आर्थिक क्षेत्र बनेर कानुनकै अभावमा सञ्चालनमा आउन नसकेपछि अध्यादेशबाटै कानुन ल्याउने सरकारले तयारी गरेको हो।
विस्तृतमा

अध्यादेश जारी नभए मुलुक कालोसूचीमा

काठमाडौँ, असार २ - सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणलगायत तीनवटा विधेयक अध्यादेशमार्फत जारी नभए मुलुक कालोसूचीमा पर्ने जोखिम बढेको छ। सरकारसँग अध्यादेशबाट विधेयक ल्याउनुको विकल्प नभएकाले देशको गरिमा जोगाउन तीनवटा विधेयक जारी गर्नैपर्ने  परिस्थिति सिर्जना भएको छ।
विस्तृतमा

पढाइ इन्जिनियरिङ, पेसा कृषि

(3 votes, average 4.00 out of 5)
समुन्द्र पौडेल, तनहुँ, असार २- हरेक नेपाली बाबुआमा आफ्ना सन्तानलाई डाक्टर वा इन्जिनियर बनाउन चाहन्छन्। पढेलेखेपछि जागिरै खानुपर्छ खेतीपातीतिर आँखै लाउन हुन्नजस्तो गर्छन् युवाहरु पनि। तर, इलेक्ट्रोनिक इन्जिनियरिङ पढेका यहाँका एक युवा सगुन बाँस्तोला गाउँमै खेतीपाती गरेर नमुना किसान बनेका छन्।
विस्तृतमा

चितवन मिल्कको धुलो दुध बिक्री भएन

रमेशकुमार पौडेल, चितवन, असार २- देशकै सबैभन्दा ठूलो दुध कारखाना चितवन मिल्क प्रालिले उत्पादन गर्दै आएको धुलो दुध लक्ष्यभन्दा कम बिक्री भएको छ। चितवनको रामनगर ठिमुरामा रहेको कारखानाको गोदाममा चार सय टन धुलो दुध त्यत्तिकै थन्किएर बसेका छन्।
विस्तृतमा

महजोडीको नमुना कृषि फर्म, आफैं कामदार, आफैं मालिक

(12 votes, average 4.42 out of 5)
माधव ढुङ्गेल, जीतपुरफेदी, (काठमाडौं), असार १- लहलह सप्रेका गोलभेँडाका बोटमा भर्खर फल लाग्दैछ। सुत्ने बेलामा लामखुट्टेबाट बच्न मान्छेले हाल्ने जस्तै गोलभेंडाबारीमा झुल हालिएको छ। प्रधानमन्त्री बाबुराम भट्टराई झुलको ढोकाबाट प्लास्टिकको छाना भएको 'ग्रीन हाउस' भित्र पसे।
विस्तृतमा

निगमले जहाज चार्टरमा दिने

सुशील भट्टराई, काठमाडौं, असार १- जहाज अभाव झेलिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एक विदेशी कम्पनीका लागि आफ्ना जहाज 'चार्टर' मा उडाउने भएको छ। यसका लागि थप प्रक्रिया अगाडि बढाउन उसले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई पत्राचार गरेको छ। जहाज चार्टर गर्दा आम्दानी बढी हुने भएपछि निगम व्यवस्थापन यो प्रक्रियामा अगाडि बढेको हो।
विस्तृतमा
Page 7 of 9
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता