Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

वायुसेवा निगम : वर्ष ५५, जहाज २

E-mail Print
(1 vote, average 5.00 out of 5)
सुशील भट्टराई, काठमाडौं, असार १७- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आकास छोएको ५५ वर्ष पुगेको छ। समकालीन हुन् वा पछिल्लो पटक सञ्चालनमा आएका, तीसँग दाँज्ने हो भने पनि निगमसँग अहिले कम्तीमा ५० ठूला जहाज हुनुपर्थ्यो। तर, विडम्बना अहिले यो जम्मा दुई 'थोत्रा' जहाजको भरमा अडेको छ।

खाडी मुलुक कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले सेवा सुरु गरेको डेढ दशकमा जहाज संख्या १ सय ९ पुर्‍याएको छ। अन्तर्राष्ट्रिय गन्तव्य १ सय १६ पुगेको छ। उसले ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यमा २ सय ५० भन्दा बढी जहाज खरिद अर्डरसमेत गरेको छ।

निगमभन्दा दुई वर्षपछि उडान सुरु गरेको थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले हाल ९० जहाजबाट ३५ देशका ६० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ। उसले ५७ जहाज अर्डर पनि गरेको छ। उता अफ्रिकाको गरिब राष्ट्र केन्याको सरकारी कम्पनी केन्या एयरवेजले एक दशकभित्र जहाज थपेर १ सय १५ पुर्‍याउने घोषणा गरिसकेको छ।

यी सामान्य उदाहरणमात्र हुन्। आखिर निगम किन पछाडि पर्‍यो त?, निगम व्यवस्थापनको 'रेडिमेड' जवाफ- 'राजनीतिक हस्तक्षेप।' त्यसमाथि व्यवस्थापन सम्हालेर बसेका उच्च अधिकारीहरू आफैं लाचारी पोख्छन्, 'हुन त हो, हामीसँग अहिले कम्तीमा एक दर्जन ठूला जहाज हुनुपर्थ्यो, तर के मिलेन के मिलेन।'

साढे पाँच दशक लामो अवधिमा निगमले विगतमै भएका जहाजबाहेक नयाँ एउटा पनि किन्न सकेन भने भएका गन्तव्य पनि कटौती गर्दै पाँचमा ओर्लेको छ। योसँग अहिले अन्तर्राष्ट्रिय उडान गर्न जम्मा दुई जहाज छन्। अनि देशभित्र उडाउन पनि दुइटै।
'हामीले अन्तर्राष्ट्रिय उडानमा नयाँ जहाज किन्न नसकेको २४ वर्ष भयो भने आन्तरिकका लागि २६ वर्ष,' निगमका प्रवक्ता सरोज कसजुले शनिबार नागरिकसँग भने, 'यो ठूलो विडम्बना हो। हामीले वर्षको एउटा वा नभए दुई वर्षमा एउटा र त्यो पनि नभए चार वर्षमा एउटा गरी अहिलेसम्म एक दर्जन ठूला जहाज किनेकै हुनुपर्थ्यो।'

जहाज किन्ने कुरा सार्वजनिक भयो कि सरकार, राजनीतिक दल, सर्वसाधारण सबैको चासो त्यसैमा हुने र जहाज ल्याउने कुरो त कता हो कता उल्टै 'अब कति कमिसन खाने हुन्' भन्ने विषयले प्राथमिकता पाउने गरेको गुनासो उनको छ।

तीन वर्षअघि १० अर्ब रुपैयाँमा दुई ठूला जहाज किन्न सुरु गरेको प्रक्रिया सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत निकायको 'हस्तक्षेप' पछि रोकिन पुग्यो। ग्लोबल टेन्डरबाट युरोपेली जहाज निर्माता एयरबसलाई जहाज आपूर्तिको ठेक्का दिएका निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित ६ उच्च अधिकारीले जेलसमेत जानुपर्‍यो। कतैबाट सहयोग नभएको व्यवस्थापनको गुनासो अझै छ।
एयरबसलाई साढे ५ करोड बैना पठाइसकेपछि जहाज खरिद प्रक्रिया रोकिएको थियो। बैना फिर्ता नहुने सम्झौता भए पनि अन्तिममा एयरबसले फिर्ता दिएको थियो। त्यसयता निगम व्यवस्थापनले जहाज किन्ने आँट गरेको छैन। साढे दुई दशकसम्म दुइटामात्र जहाज उडाउने र नयाँ एउटा पनि किन्न नसक्ने निगम सम्भवतः संसारकै पहिलो वायुसेवा हो।

'जहाज किन्न खोज्दा जेल जानुपर्ने बाध्यता आउँछ। यसरी त कर्मचारी हच्किन्छन्, अनि कसरी काम गर्ने?,' कसजुले भने, '१० अर्बको खरिदमा ५/६ करोड बैना पठाउनु ठूलो कुरो होइन। यो त दुई/तीन दिनको कमाइ हो। इमानदार भएर काम गर्दा पनि समस्या हुँदो रहेछ।'

व्यवस्थापन स्थिर नभएर पनि जहाज किन्न नसकिएको उनको भनाइ छ। 'कर्मचारीमात्र व्यवस्थापन होइनन्, सरकारले नियुक्त गर्ने सञ्चालक समिति पनि हो,' उनले भने, 'कर्मचारीले समितिको निर्देशन पालन गर्ने न हुन्।' भएका जहाज पनि पुरानो भएका भयै छन्। दुई/तीन दिनको फरकमा उड्ने दुइटा टि्वनअटर ४० वर्ष पुराना हुन् भने दुइटै बोइङ ७५७ पनि २५ वर्ष नाघिसके। 'हाम्रो जहाज मर्मत खर्च कूल आम्दानीको २३ प्रतिशत पुग्छ, अरू अन्तर्राष्ट्रिय वायुसेवाको बढीमा ८ प्रतिशत हुन्छ,' उनले भने, 'मर्मतमा खर्च गर्नुभन्दा नयाँ किन्नु नै वेश।'

'अरू देशका वायुसेवासँग दाँज्नुको अर्थ छैन, देश-देश पो दाँज्नुपर्छ,' कसजुले भने, 'हामी गरिब देश हौं, यहाँको राजनीतिक अवस्थादेखि निगमको अवस्था उस्तै छ, तर सबै निकायको सहयोग भए नयाँ जहाज पक्कै आउँछ।'
प्रतिक्रियाहरू (2)Add Comment
0
asok lama
July 01, 2012
218.250.24.94
भोट: +1
...

khai k comment dinu? desma aago nai baalda ta kasaila matlab nabaako thau ma comment garnu ko kunai artha nai dekhdina ma. hoina yo des ko uchcha nikaye ma basne haru sachchikai shikchhit tatha yogya byakti nai hun ra ? smilies/angry.gifsmilies/sad.gif

0
Samip Malla
July 01, 2012
77.23.133.154
भोट: +3
...

शान्ति प्रक्रिया भनेर ४ वर्ष र अरबौ खर्च गर्ने सरकारले सायद कम्तिमा एउटा अर्को जहाज थपेको भए युरोप, अमेरिका बस्ने नेपालीहरु घर फर्कन केहि सस्तो पर्थ्यो कि | सस्तो नभएपनि कमसेकम हामीले तिरेको पैसा नेपाल कै ढुकुटीमा नै जम्मा त हुन्थ्यो | जहाज प्रकरण र शान्ति प्रक्रियालाई मैले दाज्न खोजेको त हैन तर निस्कर्सहिन चार वर्ष र अरबौ खर्चको सदुपयोग सहि ठाउँमा भएको भए लाजै मर्दो "भिजिट नेपाल" दुइवटा जहाजको भरमा टार्न पर्दैनथ्यो कि भन्ने मेरो मनसाय हो | यो लेख/समाचार प्रधानमन्त्री कार्यालय सम्म जाओस भन्ने मेरो र आम नेपालीको चाहना हो | जय नेपाल |

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता